खेलकुद वारे बाइबलले के भन्छ
- के बाइबलमा खेलकुद छ ?
- पवित्र म.
के बाइबलमा खेलकुद छ ?

पवित्र म. भण्डारीको जन्म एक हिन्दु परिवारमा कास्कि जिल्ला को भण्डारढिक गाउँमा भएको हो वहाँले कलेजको पढाइको क्रममा प्रभुलाइ चिन्नुभयो। बाइबल कलेजको अध्ययन नेपालबाटै सुरू गरे पनि द. कोरिया गएर उच्च शिक्षा अध्ययन गर्नुभयो। MDiv र THM को पढाइ द. कोरियाको टर्च ट्रिनिटि विश्वविद्यालयवाट र PhD को अध्ययन द. कोरियाकै यन्से विश्वविद्यालयवाट गर्नुभयो। हाल जुआन प्रेस्वेटेरियन चर्चमा नेपाली पास्टरको रूपमा सेवा गरीरहनुभएका भण्डारी विभिन्न बाइबल कलेजमा पनि पढाउनु हुन्छ ।
- पवित्र म. भण्डारी
वर्तमान समयमा खेलकुद मानिसकोलाई अपरिहार्य बनेको छ। खेलकुदको किसिम र तरिका पनि अनगिन्ती छन्। कति खेलकुद समुहमा खेलिन्छन् भने कति समुहमा खेलिन्छन। यस्ता खेलहरूले मानिसलाई स्वस्थ बस्न, सामाजीक रुपमा एकतामा बाँधिन र अनुशासनमा जिउन सिकाउँछ। बाइबलको समयका मानिसहरुले कस्तो खेलकुद खेल्ने र हेर्ने गर्थे होला? ऐतिहासीक अध्ययनमा प्राचिन खेलकुदहरूबारे जान्न सकिए पनि, यो पोस्टमा बाइबलमा खेलकुद बारे के र कसरी उल्लेख गरिएको छ सो केलाउने प्रयास गरिने छ।
बाइबलमा विशेष गरी यि तिन खेलहरूको बारेमा लेखिएको छ: कुस्ती, बक्सीङ र दौड।
उत्पत्ति 32:24
यसरी याकूबचाहिँ एकलै छोड़िए। अनि एक जना व्यक्ति उज्यालो नहोउञ्जेल तिनीसित कुश्ती लड़े।
१ कोरिन्थी 9:24
के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड।
१ कोरिन्थी 9:26
यसकारण लक्ष्य नराखी म दगुर्दिनँ। हावामा मुक्का हान्नेले जस्तै म मुक्का हान्दिनँ।

वर्तमान खेलहरूमा नियम पुर्वक खेल्नु पर्छ तर कुनै खेलाडीबाट नियम उलंघन भयो भने सोहि अनुसार सजाय र जरिवाना पनि तिर्नु पर्ने हुन्छ, साथै उ अयोग्य ठहरिन सक्छ । बाइबलको समयमा पनि खेल नियम अनुसार नै खेलिन्थ्यो। पुरा समय सम्म नखेलि इनाम प्राप्त हुँदैनथ्यो।
२ तिमोथी 2:5
प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्म कुनै खेलाडीले पनि इनाम पाउन सक्दैन।
१ कोरिन्थी 9:25
खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।
हिब्रू 12:1
यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले, हरकिसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड धैर्यसाथ दौडौं।
गलाती 5:7
तिमीहरू राम्रै दौडिरहेका थियौ। कसले तिमीहरूलाई सत्यता पालन गर्नमा बाधा दियो?
यस समयमा खेलकुदका ठूला ठूला इनामहरू छन् । ओलम्पिक मेडल , वल्डकप मेडल आदि ठूला इनामको सपना धेरै खेलाडीहरुले गरेको पाइन्छ । बाइबलको समयको खेलकुद पनि मनोरञ्जनको माध्यम मात्र नभएर इनामको लागि पनि थियो।
१ कोरिन्थी 9:25
खेलमा भाग लिने खेलाडी सबै थोकमा आत्मसंयमी हुनुपर्छ। तिनीहरू नष्ट भएर जाने मुकुट पाउनलाई यसो गर्दछन्, तर हामीचाहिँ अविनाशी मुकुट पाउनलाई यसो गर्दछौं।
१ कोरिन्थी 9:24
के तिमीहरूलाई थाहा छैन, दौड़मा दगुर्नेहरू सबै दगुर्छन्, तर इनामचाहिँ एउटैले मात्र पाउँछ? तिमीहरू इनाम प्राप्त गर्ने किसिमले दौड।
बाइबलमा कुनै पनि खेलकुदलाई नै महत्व दिएर उल्लेख गरेको नभई खेलहरु द्वारा विश्वासीको आत्मिकी जीवनमा शिक्षा दिइएको छ । हामी सवै आत्मिकि दौड मा छौं , दुष्ट र पाप संग कुस्ति खेल्दै, शैतानले ल्याएको चुनौतिलाई बक्सीङ हान्दै अघि बढ्दै छौं । नियम विचार गर्दै अघि बढौं , धैर्यता का साथ लागि रहौं विचमा नछोडौं परमेश्वर बाट अविनासी इनाम हामीले प्राप्त गर्ने छौं।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
संयुक्त नागरिक पार्टी : संक्षिप्त परिचय
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
समाजसेवी लक्ष्मण गुभाजू सम्मानित
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
प्रभुसँग लामो सम्बन्ध राख्यौं भने उहाँले हामीलाई आशिष दिनुहुन्छ
के येशू भारत हुँदै नेपाल आउनुभएको थियो ?
महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण







