single page header banner

हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान

Pramodkhadka Pramodkhadka
बुधबार, मंसिर 21, 2081
Social buttons loaded
समाचार सारांश
  • वचन मनन – ‭एफिसी १ : १-६   [१ ] परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, ख्रीष्‍ट येशूमा विश्‍वासी एफिससमा भएका सन्‍तहरूलाई: [२ ] हाम्रा परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।
  •   [३ ] हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ।

वचन मनन – ‭एफिसी १ : १-६  

[१ ] परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित पावलबाट, ख्रीष्‍ट येशूमा विश्‍वासी एफिससमा भएका सन्‍तहरूलाई: [२ ] हाम्रा परमेश्‍वर पिता र हाम्रा प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्‍ति।  [३ ] हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर र पिताको प्रशंसा होस्, जसले हामीलाई स्‍वर्गीय स्‍थानहरूमा हरेक आत्‍मिक आशिष्‌ले ख्रीष्‍टमा आशीर्वाद दिनुभएको छ। [4 ] उहाँको सामुन्ने पवित्र र निष्कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्नुभयो। [5 ] उहाँको इच्छाको लक्ष्यअनुसार ख्रीष्ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्ना सन्तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो, [६ ] यस हेतुले कि उहाँले हामीलाई आफ्ना प्रिय पुत्रमा सित्तैँमा दिनुभएको आफ्नो महिमामय अनुग्रहको प्रशंसा होस्‌। 

 व्याख्या : 

एफिसीको पत्र पावलले एफिसी मा भएको मण्डलीलाई इ.सं ६० तिर लेखेका थिए। यस पत्र लेख्ने समयमा पावल सुसमाचारको कारण रोमको झ्यालखानामा थुनिएका थिए । उनले यो पत्र एफिसीका मण्डलीहरूलाई उत्साह प्रदान गर्न लेखेका हुन् । – यस पत्रको पहिलो आधा भागमा परमेश्वरले  गर्नुभएको कार्यको व्याख्या गरेका छन् भने पछिल्लो आधा भागमा मण्डलीले कसरी परमेश्वरले चाहानु भए अनुसारको कार्य गर्ने सक्छ भन्ने अभिप्राय अनुसारको निर्देशन दिएको पाइन्छ ।

आज हामीले पढेको खण्डमा पावलले मण्डलीलाई अभिवादन गर्दै ख्रीष्टमा भएको आफ्नो नयाँ पहिचान “ख्रीष्ट येशूको प्रेरित” देखाएका छन् । मण्डलीलाई प्रभुको अनुग्रह तथा शान्तिको आशीष दिएका छन् भने सबै आशिषको श्रोत परमेश्वरको बढाई तथा प्रशंसा गरेका छन्।

हामीले प्रभुसँग जोडिन पाउनु परमेश्वरको बोलावट हो । परमेश्वरले हामीलाई ख्रिष्टद्वारा परमेश्वरको स्वरूपमा जोड्नु भएको छ। परमेश्वर ले हाम्रो जीवनको लागि राख्नु भएको योजना यो हो कि हामी पापबाट निष्कलङ्क रहन सकौं। यहाँ मानिस प्रति परमेश्वरको प्रेम तथा  महान् योजना प्रकट गरिएको छ।

मनन को लागि केही प्रश्नहरू : 

  • यस खण्डको सुरुवातमा पावलले आफैलाई ख्रीष्टको प्रेरित भनि चिनाएका छन् ?  येशू  ख्रीष्ट मा तपाईको आफ्नै परिचय के हो ? मानिसको सामु आफूलाई के भनेर चिनाउनुहुन्छ ?
  • चार पदमा पावलले हामीलाई परमेश्वरले “उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर हामीलाई चुन्‍नुभयो” भनि लेखेका छन् । परमेश्वरले तपाइलाई पनि चुन्नुभएको हो भन्ने थाहा छ ? के परमेश्वरले जुन योजनामा बोलाउनु भएको छ सो तपाइको आफ्नै जीवनमा पुराभएको छ ?
  • पावलले येशू ख्रीष्टमा  परमेश्वर ले हाम्रो लागि गर्नु भएको महान् कामको लागि महिमा दिएका छन् । तपाइ को आफ्नो जीवनमा परमेश्वरलाई महिमा दिनु पर्ने कारणहरू के के देख्नु भएको छ ?

प्रार्थना: 

प्रभु पावलले एफिसीलाई लेखेको पत्रद्वारा तपाई ले हाम्रो लागि गर्नुभएको महान कार्य देखाउनु भएको छ, तपाइलाई धन्यवाद । तपाईले मेरो जीवनमा सृष्टि अघि बाटै राख्नु भएको योजना पुरा गर्न सकौं । मलाई सहायता र अगुवाई गर्नुहोस् ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
उपत्यकाव्यापी पुनरुत्थान (इस्टर) महोत्सव २०२३ को धन्यवाद तथा समिक्षा बैठक सम्पन्न
बाइबलमा गधा
बाइबलमा गधा
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
\’इस्टरमा २ दिन र ख्रीष्टमसमा ३ दिन विदा चाहिन्छ\’–सि.वि.गहतराज,अध्यक्ष,सामाजिक एकता पार्टी
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
मुक्ति : बाइबलिय  अर्थ 
मुक्ति : बाइबलिय अर्थ 
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
पुनरुत्थान र जीवन म नै हुँ – गणेश प्रसाद ढकाल
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
हामी निरन्तर उद्दार कार्यमा छौं : दल मर्दन कामी
नेपाली ख्रिष्टियन समुदायमा मण्डलीय एकताको आवश्यकता : सुसमाचार, परमेश्वरको राज्य विस्तार र साझा जिम्मेवारी
नेपाली ख्रिष्टियन समुदायमा मण्डलीय एकताको आवश्यकता : सुसमाचार, परमेश्वरको राज्य विस्तार र साझा जिम्मेवारी
 के हो मानिसको प्राण  र आत्मा : यसमा के कस्तो समानता र भिन्नता छ
 के हो मानिसको प्राण र आत्मा : यसमा के कस्तो समानता र भिन्नता छ
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम