मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
- इसाइहरुले नेतृत्व गरेका राजनितिक पार्टिहरुविचको एकतालाइ समर्थन र ऐक्यवद्धता जनाउँदै संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्का राष्ट्रिय तथा केन्द्रिय संयोजक भव घलेले यस्तो सुझाव दिनुभएको हो ।
- संयोजक घलेले शुरुवात राम्रो भएको भन्दै यदी गन्तव्य ठिक छ र शुरुवात राम्रो छ अनि गेट खुला राखीयो र बाटो फराकिलो बनाइयो भने पछि अरु गाडीहरु, पार्टिहरु, साथिहरु बिस्तारै प्रबेश गर्नेछन्, यात्रामा संगै जोडिन आउनेछन् भन्दै छुटेकाहरुलाइ पनि जोड्ने र नअटेकाहरुलाइ पनि अटाउने ठाउँ राख्नु पर्ने कुरालाइ जोड दिनुभयो ।
इसाइहरुले नेतृत्व गरेका राजनितिक पार्टिहरुविचको एकतालाइ समर्थन र ऐक्यवद्धता जनाउँदै संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्का राष्ट्रिय तथा केन्द्रिय संयोजक भव घलेले यस्तो सुझाव दिनुभएको हो ।
संयोजक घलेले शुरुवात राम्रो भएको भन्दै यदी गन्तव्य ठिक छ र शुरुवात राम्रो छ अनि गेट खुला राखीयो र बाटो फराकिलो बनाइयो भने पछि अरु गाडीहरु, पार्टिहरु, साथिहरु बिस्तारै प्रबेश गर्नेछन्, यात्रामा संगै जोडिन आउनेछन् भन्दै छुटेकाहरुलाइ पनि जोड्ने र नअटेकाहरुलाइ पनि अटाउने ठाउँ राख्नु पर्ने कुरालाइ जोड दिनुभयो ।
अरु केहि महत्वपुर्ण राजनितिक घटकहरुलाइ वाहिरै राखेर यो एकता पनि अपुर्ण तथा एकांकि हुनपुगेको र सवैको साझा हुनुपर्ने समुदायका अगुवाहरु पनि पक्षपाती भएको आक्षेप लागिरहेको सन्दर्भमा मण्डली परिषदका संयोजक घलेले सवैलाइ जोड्न र अटाउन विशेष जोड दिनुभएको छ ।
राजनिति समुहमा खेलिने फुटवल खेल जस्तो भएको भन्दै वहाँले भन्नुभएको छ `गोल जस्ले हाने पनि हुन्छ, मैले नै हान्छु वा मैले नै हान्नुपर्छ भनेर कसैले भन्न मिल्दैन तर जित समुह, खेलाडि र दर्शक सबैको हुने गरेर खेल खेल्नुहोस । यस्तो खेल खेलिन्छ वा यस्तो खेलको शुरुवात हुन्छ भने सवैले यो क्लबमा जोडिन ढिलो गर्नुहुन्न । हामी दर्शकहरुलाई त खेलाडीहरुले जितेको देख्न पाए, ताली बजाउन पाए पुग्छ। किनकी यो जित सबैको जित हुनेछ । सके सम्म दक्ष, अनुभबी, दर्शन, क्षमतावान, गोल छिराउन सक्ने, हुत्ति भएको, हुटहुटि भएको, बलिदानी, जोखिम र चुनौति मोल्न सक्ने, समर्पित, खेलाडीहरु चाहिन्छ।´
कुनै कसरमा यो एकता नफुटाउन र नटुटाउन चेतावनी दींदै वहाँले जोडिने र जोडाउने काम, प्रयास र प्रकृया जारी राख्दै अब अहिले देखिनै मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न अपिल गर्नुभएको छ । `तर यसको लागि हाम्रो निति, शिध्दान्त र आधार सवै पुर्ण रुपमा ख्रिष्ट केन्द्रित हुनु पर्यो वहाँले भन्नुभएको छ ।´
अझै अगाडि वहाँ भन्नुहुन्छ अबको एकता र अभियानः
प्रार्थानामूखी, दर्शनमूखी र कार्य वा सहकार्यमूखी हुनु पर्यो ।हाम्रो अभियान चौतर्फि हुनुपऱ्यो । आत्मिक, सामाजिक, आर्थिक, राजनीतिक । यो ४ वटा अभियानहरुलाई हांक्ने एक एक वटा सम्बन्धित समुह वा टिम हुनु पर्यो । उक्त टिम वा समुहरु एक आपसमा सहयोगी, सहयात्री, परिपुरक हुनु पर्यो । अनि एक दिन हामिले चौतर्फि रुपमा यो देशमा प्रभाव पार्न सक्छौं ।
माथि उल्लेखित मर्म र भावना अनुसार अगाडी वढ्न तयार हुने हो भने संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद यस्तै भावना, प्रयास, दर्शन र अभियानहरुलाई कदर गर्न, साथ दिन जन्मीएको एउटा संयुक्त राष्ट्रिय दर्शन तथा बृहत अभियान भएको भन्दै संयोजक घलेले यो राजनितिक एकता र सहकार्यलाइ परिषदको साथ समर्थन रहने बताउनुभयो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
अल्पसंख्यक भए भन्दैमा ख्रीष्टियन समुदायलाई नहेप्न सिबी गहतराजको चेतावनी
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
बाइबल : केहि रोचक जानकारी
सामाजिक एकता पार्टी एकतावद्ध भएर चुनावमा होम्मिनेछ : सीबी गहतराज
पुतलीसडक चर्चमा समलैंगिकता वारे कार्यक्रम
दिसालाई तुरुन्त मलमा रुपान्तरण गर्ने स्मार्ट शौचालयको आविष्कार







