इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
- आमूल परिवर्तन नागरीक पार्टिका नेता तथा वाैद्धिक व्यक्तित्व विदुर अधिकारीले इसाइहरुकाे नेतृत्वमा भएका सवै राजनितिक दलहरुविच निकट भविष्यमै एकता हुने दावी गर्नुभएकाे छ ।
- ललीतपुर स्थित आफ्नै निवासमा जयमशी प्रतिनिधि संग कुराकानी गर्दै वहाँले यस्ताे वताउनुभएकाे हाे ।
आमूल परिवर्तन नागरीक पार्टिका नेता तथा वाैद्धिक व्यक्तित्व विदुर अधिकारीले इसाइहरुकाे नेतृत्वमा भएका सवै राजनितिक दलहरुविच निकट भविष्यमै एकता हुने दावी गर्नुभएकाे छ । ललीतपुर स्थित आफ्नै निवासमा जयमशी प्रतिनिधि संग कुराकानी गर्दै वहाँले यस्ताे वताउनुभएकाे हाे ।
नेपाल राष्ट्रकाे सन्दर्भमा परमेश्वरले इसाइहरुलाइ दिनुभएकाे ठूलाे वाेझ र जिम्मेवारीलाइ आत्मसाथ गरि सवैले आफ्ना अहं र द्वेषलाइ निर्मुल पारेर एकताकाे सुत्रमा वाँधिन अपिल गर्दै नेता अधिकारीले भन्नुभयाे ‘ म घटेर, हटेर, डटेर – आवश्यक पर्दा तल, माथी, यता, उता, जता- जस्ताे अवस्थामा रहन पनि लचिलाे भएर एकताकाे निम्ति पहलकदमी लिन तयार छु अब सवै साथीहरुले पनि आँफुलाइ हैन तर परमेश्वरलाइ र याे देश र जनतालाइ केन्द्रमा राखेर राजनितिक एकताकाे लागि लचिलाे हुनुपर्छ ।’ काे कुन ठाउँमा र कुन पदमा हुन्छ भन्ने कुरालाइ प्राथमिक नवनाउन सवैलाइ अनुराेध गर्दै एकताकाे खातिर आवश्यक पर्दा सदस्य मात्रै रहेर पनि याेगदान गर्न तयार हुनुपर्ने र एउटा सानाे गुट र समुहकाे अध्यक्ष, महासचिव, सचिव हुने लाेभ छाेडेर ठुलाे, शक्तिशाली र प्रभावकारी पार्टीकाे सदस्य हुन तयार हुनु वुद्धिमानी हुने कुरा वहाँले वताउनुभयाे ।
पवित्र धर्मशास्त्र बाइबलवाट याकुवकाे केही खण्डहरुलाइ उद्धृत गर्दै वहाँले भन्नुभयाे ” जहाँ डाह र स्वार्थपुर्ण अभिलाषा हुन्छ, त्यहाँ भाँडभैलाे र हरेक किसिमकाे भ्रष्ट काम हुन्छ त्यसकारण यस्ताे संसारीक,अनात्मिक र शैतानीक वुद्धिकाे जडताता वाट हामी सवै मुक्त हाैं र शान्तिप्रीय, काेमल, बिचारशिल , कृपापुर्ण र असल फलले भरिएकाे, पक्षपातरहित र कपटरहित स्वर्गीय शुद्ध बुद्धिमा आइ परमेश्वरले खाेजीरहेकाे त्याे मेलमिलाप कर्ता र शान्ती निर्माता बनाैं ।” नेता अधिकारी लामाे समय देखि इसाइहरुले नेतृत्व गरेकाे राजनितिक पार्टिहरुविच बृहत् राजनितिक एकताकाे लागि अभियानरत हुनुहुन्छ । सवै राजनितिकर्मी र इसाइ अगुवाहरुकाे विचमा समन्वय र संयाेजन गरिरहनुभएका नेता अधिकारी `मिसनकाे रुपमा राजनिती´ अभियानका पहलकर्ता पनि हुनुहुन्छ ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
निजि गुठि के हो : अर्थ व्याख्या र उपयोगिता
एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु
नेपाल वाइवल सोसाइटीको वृद्धी र विकासमा आफ्नो योगदान अतुलनीय रहेको तेज जीरेलको दावी
नेपाल राष्ट्रीय ईसाई समाजद्वारा सुदुरपश्चिमका मुख्यमन्त्रीको ध्यानाकर्षण
हामीले हाम्रो राष्ट्रका लागि अहिले के गर्न सक्छौं ?
ख्रिष्टियन आयोग माग्दै माइतीघरमा धर्ना
उत्पत्तिको पुस्तकको लेखक को हुन् ?







