single page header banner

कुनै पनि राजनीतिक दलसँग सम्बन्ध नरहेको राष्ट्रिय ख्रीष्टियन महासंघको स्पष्टोक्ति

Pramodkhadka Pramodkhadka
मंगलबार, पौष 6, 2079
Social buttons loaded
समाचार सारांश
  • गोविन्द विश्वकर्मा, काठ्माण्डौ ।
  • भदौ २२ ।

गोविन्द विश्वकर्मा, काठ्माण्डौ । भदौ २२ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले आफुहरुको कुनैपनि राजनीतिक दलसँग सम्बन्ध नरहेको जनाएको छ । आज (मंगलबार) महासंघले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै कुनैपनि राजनीतिक दल, मोर्चा तथा संगठनसँग आफ्नो सम्बन्ध नरहेको जनाएको हो । पछिल्लो समय महासंघका निवर्तमान अध्यक्ष सी.बी. गहतराज अध्यक्ष रहेको सामाजिक एकता पार्टीमा एकपछि अर्काे विवाद उठ्दै गएपछि महासंघले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको महासंघका सहमहासचिब तथा प्रवक्ता ज्ञानेन्द्रराज साप्कोटाले जानकारी दिनुभयो । कुनैपनि राजनीतिक पार्टीको विशिष्ट पदभार ग्रहण गरेको व्यक्ति महासंघमा संलग्न हुन नसक्ने पनि प्मारेस बिज्ञप्तिमा जनाइएको छ । सामाजिक एकता पार्टीमा आवद्ध रहेका केही विशिष्ट पदभार ग्रहण गरेका र महासंघमा पनि कुनै न कुनै पदभार ग्रहण गरी बसेका व्यक्तिहरुले हालै राजिनामा दिएको राष्ट्रिय ख्रीष्टियन महासंघका सहअध्यक्ष उद्धव चिमोरीयाले बताउनुभयो । नेपाली ख्रीष्टियन समुदायको स्वाभिमान र पहिचानका लागि सरकार तथा सम्बन्धित निकायसँग निरन्तर पैरवी गरिरहेको महासंघलाई पछिल्लो समय राजनीतिक क्रियाकलापमा संलग्न रहेको भन्दै बदनाम गर्नु खेदजनक भएको महासंघका कार्यवाहक अध्यक्ष रेभ. डा. फिलेमोन खड्का क्षेत्रीले बताउनुभयो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम