single page header banner

सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि

Pramodkhadka Pramodkhadka
सोमबार, कार्तिक 18, 2079
Social buttons loaded
समाचार सारांश
  • श्रावण १ आइतवार, काठमाण्डाै ।
  • सामाजिक एकता पार्टिकाे स्थायी समिति वैठक सम्पन्न भएकाे छ ।

श्रावण १ आइतवार, काठमाण्डाै । सामाजिक एकता पार्टिकाे स्थायी समिति वैठक सम्पन्न भएकाे छ । केन्द्रीय अध्यक्ष सि. बि. गहतराजको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सम्पन्न उक्त वैठकले पार्टिका महत्वपुर्ण पदाधिकारी लगाएतका जिम्मेवारीहरुमा परिवर्तन गरेकाे छ । महासचिव डा. बि. पी. खनालको ठाउंमा सहमहासचिव विदुर अधिकारीलाई पदाेन्नत गरि महासचिवकाे जिम्मेवारी दीइएकाे छ । त्यस्तै एक जना वरिष्ठ उपाध्यक्ष पछि थप गर्ने गरि वरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर कार्की र थलु प्रसाद (रोशन) खतिवडा लाई नियुक्त गरीत्एकाे छ भने उपाध्यक्षमा रमिला शर्मा आचार्य, सचिवमा शान्ति लामा, दामोदार श्रेष्ठ राम बहादुर पाठक (रूबेन), कोषाध्यक्षमा हिराकाजी महर्जनकाे ठाउंमा डिल्ली ब. तामाङ, विनय लामालाई सहकोषाध्यक्ष र प्रवक्तामा मुरारी पाण्डेलाई जिम्मेवारी दीइएकाे छ । यस्तै विभिन्न विभागहरुमा पनि जिम्मेवारी फेरवदल गरीएकाे छ । जसअन्तर्गत संगठन विभागमा सिवि गहतराज, अनुशासन विभागमा देवी प्रसाईं, सुरक्षा विभाग प्रमुखमा ध्रुव श्रेष्ठ (तुलसी), उद्योग वाणिज्य विभाग प्रमुखमा चन्द्रमाया श्रेष्ठ, पर्यटन विभाग प्रमुखमा रमिला शर्मा आचार्यलाई तोकीएकाे छ । त्यस्तै विधान संशोधन गर्नको लागि रोशन खतिवडाको संयोजकत्वमा विधान संशोधन सिफारिश कार्यदल गठन गरिएकाे छ ।

सामाजिक एकता पार्टी सामाजिक न्यायसहितको उन्नत लोकतन्त्रलाई वास्तविकतामा परिणत गर्दै संस्थागत गर्ने लक्ष्यमा अगि बढेको दावी गर्दै महासचिवकाे जिम्मेवारीमा रहेर यी सवै कार्यभारहरु पूरा गर्न आफू सक्रिय हुने उनले वताए ।

काे हुन नवनियुक्त महासचिव विदुर अधिकारी

नवनियुक्त महासचिव विदुर अधिकारी पार्टीका निवर्तमान सहमहासचिव हुन । उक्त पार्टीको स्थायी समितिले सर्वसम्मतिमा पदोन्नति गरेपछि महासचिव बनेका अधिकारी मोरङकाे वेलवारी नगरपालीकामा जन्मीएका हुन । विगत दशकदेखि एक अभियन्ता, मानव अधिकारकर्मी राजनीतिक विश्लेषक हुँदै २०२० देखि दलीय राजनीतिमा सक्रिय रूपमा संलग्न भएका अधिकारी दशकबढी अंग्रेजी विषय शिक्षकका रूपमा क्याम्पस/कलेजहरूमा अध्यापन गराएका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि .ए. अनि अंग्रेजी साहित्यमा एम.ए. सम्मकाे अध्ययन गरेका छन् । नागरिक स्वतन्त्रता र सम्प्रभुताको प्रखर पक्षधर भएकाे दावि गर्दै गर्ने उनी हरेक व्यक्तिको जीवनको सुरक्षा गर्नु नै राज्य र सरकारको दायित्व हो भन्छन् । उनी अझ अगाडि थप्छन बहुलवाद र विविधताभित्र सहभागितामूलक र समानुपातिक प्रतिनिधित्वद्वारा मात्रै सबै अल्पसंख्यक र सीमान्तकृत वर्ग र समुदायलाई समतामूलकलढंगले न्याय दिलाउन सकिन्छ ´ ।अल्पसंख्यक धार्मिक समुदायबाट आए तापनि राज्य स्वयंको भने कुनै धार्मिक वा साम्प्रदायिक चरित्र र पहिचान हुनुहुँदैन भन्ने उनको मत छ । `धार्मिक आस्था व्यक्तिको निजी स्वतन्त्रता हो, सार्वजनिक रूपमा व्यक्त गर्न, प्रचारप्रसार गर्न पाउनुपर्छ´ भन्ने उनको धारणा रहेको छ । सामाजिक एकता पार्टी सामाजिक न्यायसहितको उन्नत लोकतन्त्रलाई वास्तविकतामा परिणत गर्दै संस्थागत गर्ने लक्ष्यमा अगि बढेको दावी गर्दै महासचिवकाे जिम्मेवारीमा रहेर यी सवै कार्यभारहरु पूरा गर्न आफू सक्रिय हुने उनले वताए ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
समलिङ्गी सम्बन्धलाई विवाहको मान्यता दिनु हुँदैन : डा. सुन्दर थापा
समलिङ्गी सम्बन्धलाई विवाहको मान्यता दिनु हुँदैन : डा. सुन्दर थापा
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
पैसा व्यवस्थापनमा हाम्रो गल्तीहरू
पैसा व्यवस्थापनमा हाम्रो गल्तीहरू
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
पन्तियस पिलातस, पुरात्वविद्या र बाइबल
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
बाइबल कलेज द्वारा सुकुम्वासी वस्तीमा राहत वितरण
बाइबल माथि पुरातत्त्वविद्याको खोज
बाइबल माथि पुरातत्त्वविद्याको खोज
महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण
महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम