single page header banner

पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल

admin admin
मंगलबार, आश्विन 21, 2079
Social buttons loaded
समाचार सारांश
  • निरोज तोलाङे, काठमाण्डौँ ।
  •  नेपाली समाजका बहुआयामिक र बहुप्रतिभावान इतिहासका धरोहर पादरी गंगाप्रसाद प्रधानको १७० औं जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली समाजका बहुआयामिक र बहुप्रतिभावान इतिहासका धरोहर पादरी गंगाप्रसाद प्रधानको १७० औं जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक दूरी कायम गरेर काठमाडौं उपत्यकाका विभिन्न सञ्चारक्षेत्रमा कार्यरत ख्रीष्टियन सञ्चारकर्मीले आइतबार उहाँको सम्झनामा भेटघाट तथा छलफलको आयोजना गरिएको थियो । यस भेटघाटको संयोजन युवा दर्शन पत्रिकाका प्रकाशक दिनेश श्रेष्ठले गर्नुभएको थियो । छलफलमा तुरही अनलाइनका सम्पादक कुमारसिहं बिष्टले बर्सेनि पादरी प्रधानको भूमिका र योगदानलाई पुनःपठन, वाचन र पुनरुक्ति मात्र नगरी पुनःसृजन गरेर लागि पर्नु चाहिँ विषय विज्ञजनको बुद्धिमानी भएको बताउनुभएको थियो ।

महान् व्यक्तिको गुणगान मात्र नगरी गुण ग्रहण गर्नु दूरगामी महत्वको विषय भएको वचन पत्रिकाका प्रकाशक तथा सम्पादक विश्वास थापाले बताउनुभयो । त्यसैगरी युवा दर्शन पत्रिकाका प्रकाशक  दिनेश श्रेष्ठले पादरीको योगदानलाई नेपाली समाजले अब अनुसरण गर्ने र सिर्जनात्मक रूपमा ग्रहण गर्ने हो भने अहिले देखापरेका भाषिक विवाद र समस्या समाधान गर्ने दृष्टिचेत प्राप्त गर्न सकिने बताउनुभएको थियो । छलफलमा उपस्थित सञ्चारकर्मीले बहुआयामिक क्षेत्रका साधक र आदर्शका संवाहक पादरी प्रधानले नेपाली भाषा, संस्कृति र साहित्यप्रतिको ऐतिहासिक योगदानको सामयिकता र सान्दर्भिकता अझै विद्यमान भएको धारणा व्यक्त गर्नुभएको थियो ।   काठमाडौंस्थित ठमेलको ठहिंटी टोलमा ४ जुलाई १८५१ अर्थात वि.स. १९०८ अषाढ २० गते बुबा रूपनारायण र माता राजमती प्रधानका कान्छो छोराका रुपमा जन्मिएका पादरी प्रधान बहुमुखी क्षेत्रका अग्रेणी साधक भएर पनि नेपाली इतिहासका ओझेल परेका सुन्दर फूल हुनुहुन्छ । उज्यालोमा ल्याइदैँ गरेका साधक सधैभरि अमर हुनुहुन्छ । उहाँको जीवनले संगालेका थुप्रै मिठा अनुभवका अध्यायहरू आज पनि जिवित छन् ।  छलफलमा सहभागी ख्रीष्टियन संचारकर्मीहरुले पेशागतरुपमा एकजुट भएर समुदायको आवाजको केन्द्र बन्नुपर्नेमा जोड दिनुभएको थियो । यो छलफलले यहि आउँदो असार २७ गते ललितपुरमा ख्रीष्टियन सञ्चारकर्मीहरुको एक भेला आयोजना गर्ने र भेलाद्वारा नै आगामी कार्यदिशा र रणनीति बनाउने निर्णय भएको कुरा सुमित नेपालीले बताउनुभएको छ ।   सधैभरि सबैका लागि प्रेरणाका पात्र बन्नुभएका पादर गंगाप्रसाद प्रधान नेपाली पहिलो पास्टर, प्रचारक, शिक्षक, समाजसेवी, सम्पादक, प्रकाशक, अनुवादक, साहित्यकार र संगीत प्रेमी समेत हुनुहुन्थ्यो । त्यसैको उपज उहाँ बहुआयामिक क्षेत्रका साधक र आदर्श हुनुहुन्छ ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
डुनामिस विद्यालयको दाेश्राे वार्षिक सम्मेलन सुरु भएको छ : फोटोहरु सहित
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
पा. साइमन पिटरकाेे माेटरसाइकल दिने देखि अमेरिका क्यानडा लगाएगतका देशमा भिसा मिलाइदिने सम्मकाेे आश्वासन (भिडियो सहित)
अल्पसंख्यक ख्रीष्टियन समुदाय र मिसन पत्रकारिता
अल्पसंख्यक ख्रीष्टियन समुदाय र मिसन पत्रकारिता
नेपाली इसाई इतिहासमा आज हामी कहाँ ?
नेपाली इसाई इतिहासमा आज हामी कहाँ ?
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
दुइ ख्रीष्टियन पार्टीहरु विचमा एकताको तयारि : वार्ताका लागि समिति गठन
३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न
३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
ख्रीष्टियन आस्थामाथि आक्रमण भएको भन्दै शान्ति सुरक्षाको मागसहित गृहमन्त्रीलाई ध्यानाकर्षण
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम