single page header banner

जन जागरण र सामाजिक एकता पार्टीबीच एकिकरण

admin admin
बुधबार, आश्विन 15, 2079
Social buttons loaded
समाचार सारांश
  • काठमाडौं ।
  • जन जागरण पार्टी नेपाल र सामाजिक एकता पार्टी नेपाल एक भएका छन् ।

काठमाडौं । जन जागरण पार्टी नेपाल र सामाजिक एकता पार्टी नेपाल एक भएका छन् । 

आज शनिबार (०३ बैशाख) संखमुलस्थित एवान पार्टी प्यालेसमा आयोजित पार्टी एकिकरण घोषणा सभामा नेपाल राष्ट्रिय मण्डली संगतिका अध्यक्ष हनोक तामाङले दुई पार्टीबीच भएको तेह् बुँदे एकिकरण पत्र पढेर दुई पार्टी एकीकरण भएको घोषण गर्नु भयो ।

एकीकृत पार्टीको नाम सामाजिक एकता पार्टी नेपाल राखिएको छ । तेह् बँुदे घोषणा पत्रमा जन जागरण पार्टीका अध्यक्ष डा. वि.पि खनाल र सामाजिक एकता पार्टीका अध्यक्ष सि.वि गहतराजले हस्ताक्षर गर्नु भएको छ । 

एकीकृत पार्टीको अध्यक्षमा सि.वि गतहराज, वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, महासचिवमा डा.वि.पि खनाल र कोषाध्यक्षमा हिराकाजी महर्जन रहनु हुनेछ । 

त्यस्तै, उपाध्यक्षमा प्रेम कार्की, रोशन खतिवडा, तुलसी श्रेष्ठ, कृष्षभक्त महर्जन, अष्टमाया लामा, द्धारिका श्रेष्ठ,कालबहादुर वि.क छन् भने सह–महासचिव विदुर अधिकारी, प्रवक्ता मुरारीप्रसाद पाण्डे कोषाध्यक्षमा हिराकाजी महर्जन छन् । वरिष्ठ नेतामा माननिय लोकमणी ढकाल र निमडोल्मा आचार्य वरिष्ठ नेतामा रहने छन् । 
पार्टी पक्तिका अन्य पदाधीकारीहरु र सदस्यहरुलाई समायोजन गर्दै लैजाने जनाइएको छ । 

एकीकृत पार्टीको झण्डा, लोगो, विधान, सिद्धान्त, दर्शन र चुनाव चिन्ह जन जागरण पार्टीको नै यथावत रहने भएको छ । पार्टीको मूल दर्शन सुन्दर शान्त समृद्ध नेपाल रहेको छ भने राजनीतिक धार कल्याणकारी पुँजीवाद रहने छ । 

समान विचारधारा र सिद्धान्त वोकेका राजनीतिक दलहरुसँग सहकार्य र एकता गर्ने पार्टीले नीति लिएको अध्यक्ष गहतराजले बताउनु भएको छ । 
पार्टी एकीकरणपछि घोषणा सभामा अध्यक्ष गहतराजले अब हाम्रो पार्टी भित्र तेरो मेरो होइन अब हाम्रो भन्ने शब्द प्रयोग गर्दै जाने भन्दै एकीकृत पार्टी देशकै एक शक्तिशाली पार्टी वन्ने दावी गर्नु भयो । 

उहाँले एकीकृत पार्टीमा सामूहिक नेतृत्व हुने, फुट, उपगुट र विभाजनको मानसिकतामाबाट पार्टीलाई सधैं अलग राख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

‘पार्टीमा एकल निर्णयले प्रश्रय पाउनेछैन्,देश र जनताको पक्षमा पार्टीले गर्ने कुनै पनि निर्णय प्रेममा रहेर,पार्टी पक्तिमा छलफल गरेर मात्र अघि सर्वसम्मतले निर्णय गरेर मात्र पार्टीले कार्य सम्पादन गर्र्ने’ कुरा अध्यक्षले घोषणा सभामा भन्नुभयो ।

पार्टी एकिकरण घोषणा सभामा डा.वि.पि खनालले नेपाली समुदायको चाहाना अनुरुप पटक–पटकको छलफल र संवादपछि दुई पार्टीबीच एकिकरण भएको बताउनु भयो ।
उहाँले राष्ट्रिय राजनीतिदेखि निराश वनेका नेपाली जनताहरुको लागि सामाजिक एकता पार्टी  एक आशा वन्न सक्ने औंल्याउनु भयो । 

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
रुकुम र जाजरकोटका पास्टर अगुवाहरु भुकम्प प्रभावित क्षेत्रमा उद्धार र सहयोगमा जुट्दै
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
धार्मिक गुठी “निजी” हुने कि “सार्वजनिक” ?
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
इसाइहरुले नेतृत्व गरेकाे सवै राजनितिक दलहरुविच एकता हुन्छ : विदुर अधिकारी
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
ख्रिष्टियन संघ–संस्थामा नेतृत्व चयन गर्दा चुनाव गर्नु उचित छ कि छैन ?
ख्रिष्टियन संघ–संस्थामा नेतृत्व चयन गर्दा चुनाव गर्नु उचित छ कि छैन ?
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
ख्रीष्टियान किन हुने : सात मुख्य कारणहरु यस्ता छन
“आमेन” को अर्थ
“आमेन” को अर्थ
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम