बिस्वासको कदम
- पा.
- चेतराज जोशी परमेश्वरले तपाईलाई सफल बनाउनको लागि – उहाँ तपाई उहा जस्तो बनोस् भन्ने चाहनुहुन्छ , उहाँले गर्न चाहेको झै तपाइ गरेको चाहानुहुन्छ, र तपाई उहासँग भएको चाहनुहुन्छ – यहि नै बिस्वासको कदम हो, तपाईले साहसी भई विश्वासमा बाहिर निस्कनु पर्छ।
- पा. चेतराज जोशी
परमेश्वरले तपाईलाई सफल बनाउनको लागि – उहाँ तपाई उहा जस्तो बनोस् भन्ने चाहनुहुन्छ , उहाँले गर्न चाहेको झै तपाइ गरेको चाहानुहुन्छ, र तपाई उहासँग भएको चाहनुहुन्छ – यहि नै बिस्वासको कदम हो, तपाईले साहसी भई विश्वासमा बाहिर निस्कनु पर्छ।
यहोशू र इस्राएलीहरू यर्दन नदी पार गरेर प्रतिज्ञा गरिएको देशमा जान तयार हुँदै गर्दा, परमेश्वरले तिनीहरूलाई बलियो र साहसी हुन तीन पटक भन्नुभयो: “बलियो र साहसी होओ। बलियो र धेरै साहसी हुनुहोस्। बलियो र साहसी हुनुहोस्” (यहुशु 1: 6-7, 9 )।
परमेश्वरले आफैले यो कुरा दोहोराउनु भयो किनभने यहुशुले आफ्नो उदेश्य पूरा गर्न डर र निरुत्साहलाई जित्नुपर्ने थियो। यो कुरा तपाईं हामी सबैलाइ समान हुनेछ। यो कुरा महत्त्वपूर्ण छ , दोहोराएर पढ्नुहोस कि डरले तपाईंलाई परमेश्वरले तपाईंको लागि राखेको बाटो र योजना सुरु गर्नबाट रोक्छ। र निरुत्साहले तपाईंलाई भूमि समाप्त गर्न र कब्जा गर्नबाट रोक्छ। अथवा तपाईंले आफ्नो उदेश्य प्राप्त गर्न देखि रोक्छ।
तर तपाईं यहोशु जस्तै साहसपूर्वक अगाडि बढ्न सक्नुहुन्छ, किनभने:
परमेश्वोर तपाइको साथमा हुनुहुन्छ। तपाईलाई थाहा छैन तपाई के बाट गुज्रदै हुनुहुन्छ, तर तपाई यो पक्का गरि थाहा पाउनुहोस कि परमेश्वोर तपाईको साथमा हुनुहुनेछ। यहोशू १:५ ले भन्छ, “तिमी बाँचुन्जेल कोही पनि तिम्रो विरुद्धमा खडा हुन सक्नेछैन। किनकि म मोशासँग भएझैँ तिमीहरूसँग हुनेछु। म तिमीलाई त्याग्ने छैन” ।
परमेश्वरले आफ्ना प्रतिज्ञाहरू पुरा गर्नुहुन्छ। त्यो सत्यले तपाईंलाई आत्मविश्वास दिन सक्छ। यहोशू १:६ ले भन्छ,”बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्।
परमेश्वोरले तपाइलाई यसो गर्न भन्नुभएको छ। यहोशू १:९ ले भन्छ, तँलाई मेरो आज्ञा छ बलियो र खूबै साहसी हो, नडरा, निराश नहो, किनकि तँ जहाँ गए पनि, परमप्रभु तेरा परमेश्वर, तेरो साथमा हुनुहुनेछ।”
जब यहोशू र इस्राएलीहरू यर्दन नदीमा पुगे, तिनीहरूले सम्भवतः परमेश्वरले मोशाको लागि जस्तै पानी दुई भाग पार्ने आशा गरेका थिए। तर यो समय फरक थियो। परमेश्वोरले तिनीहरूलाई भन्नुभएको थियो, “जब तिनीहरू पानीमा भित्र पस्छन्, तब मात्र त्यो रोकिनेछ। नदी बग्न बन्द हुनेछ र थुप्रोमा खडा हुनेछ” ( 3:13 )। तर मोशाको समयमा लाल समुद्र पहिले नै दुई भाग गरिएको थियो।
यहाँ यो घटनाको बिन्दु छ: पहिलो चरण सधैं डरलाग्दो हुन्छ। अक्सर, परमेश्वोरले चमत्कार गरेको हेर्नको लागि तपाईंले विश्वासमा पहिलो कदम चाल्नु पर्छ।
मलाइ तपाईंको लागि एक व्यक्तिगत प्रश्न सोध्न दिनुहोस्। तपाईको यर्दन नदी के हो? अर्को शब्दमा, आफ्नो गन्तव्यमा पुग्नको लागि तपाईंले पार गर्नुपर्ने ठूलो बाधा के हो?
के परमेश्वरले तपाईंलाई केही गर्न भन्नुभएको छ, र तपाईं त्यसो गर्न डराउनुभएको छ? परमेश्वरले भन्नुभएको छ, “बलियो र साहसी होओ।” उहाँले तपाईलाई बताउनुभएको छ र उहाँ तपाईसँग हुनुहुन्छ, उहाँले आफ्नो प्रतिज्ञाहरू पुरागर्नुहुन्छ, र उहाँले तपाईंलाई यो गर्न आदेश दिनुभएको छ। अब उहाँ तपाईलाई बाहिर निस्कने प्रतीक्षा गर्दै हुनुहुन्छ। बिस्वासको कदम चाल्नुहोस। डर र निराशाको सामना गर्नुहोस। आमेन।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
महासंघद्वारा पूर्ण धर्म निरपेक्षताको प्रत्याभुत गराउनका लागि राष्ट्रपतिको ध्यानाकर्षण
ख्रिस्टियन समुदायको पहिचानका लागि नागरिक अभियान गठन
नेपाली इसाई इतिहासमा आज हामी कहाँ ?
पेन्टाटुक भनेको के हो र यसको महत्व
बाइबलीय अर्थमा विवाह र परिवारको परिभाषा
NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)
राष्ट्रिय युवा आयोगको आयोजनामा शैक्षिक करियर विकास तथा परामर्श कार्यक्रम सम्पन्न







