single page header banner

अन्तत वाढी पहिरो पिडितको लागि मण्डली परिषदले पहल थाल्यो

Pramodkhadka Pramodkhadka
सोमबार, पौष 30, 2081
Social buttons loaded
समाचार सारांश
  • बाढी र पहिरोको चपेटामा नेपाल : राजधानी उपत्यकामै ठूलो जनधनको क्षति NCRS लाई उद्धार, राहत र पुनर्वासको लागि एकद्वार सहजकर्ता र संयोजनकर्ताको रुपमा स्विकार र समर्थन ललितपुर, ३० असोज ।
  • संयुक्त राष्ट्रिय मण्डली परिषदको पहलकदमीमा उपत्यकामा उपलव्ध पास्टर, अगुवा, बुद्धिजिवी, विज्ञ, संघसंस्था, दल, पत्रकार तथा अभियन्ताहरु लगायतको आपतकालीन सर्वपक्षीय वैठक सम्पन्न भएको छ ।

बाढी र पहिरोको चपेटामा नेपाल : राजधानी उपत्यकामै ठूलो जनधनको क्षति

NCRS लाई उद्धार, राहत र पुनर्वासको लागि एकद्वार सहजकर्ता र संयोजनकर्ताको रुपमा स्विकार र समर्थन

ललितपुर, ३० असोज । संयुक्त राष्ट्रिय मण्डली परिषदको पहलकदमीमा उपत्यकामा उपलव्ध पास्टर, अगुवा, बुद्धिजिवी, विज्ञ, संघसंस्था, दल, पत्रकार तथा अभियन्ताहरु लगायतको आपतकालीन सर्वपक्षीय वैठक सम्पन्न भएको छ । वैठकमा २०८१ असोज १०-१३ सम्म परेको अविरल वर्षाको कारण काठमाण्डौ उपत्यका लगायत मुलुकका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति पुर्याएकोले राहत व्यवस्थापन, वितरण तथा पुनर्स्थापना सम्बन्धी विविध विषयहरुमा घनिभुत छलफल भएको छ ।

संयुक्त राष्ट्रिय मण्डली परिषदका अध्यक्ष प्रेम सुव्वाको अध्यक्षतामा वसेको उक्त वैठकलाइ परिषदका राष्ट्रिय तथा केन्द्रिय संयोजक भव घलेले संयोजन गर्नु भएको थियो । उपस्थित सवै अगुवा तथा पास्टरहरुको सुझाव र सहमतिमा विभिन्न निर्णयहरु गर्नुअघि सुरुको प्रार्थना संगै हालको बाढी तथा पहिरोबाट ज्यान गुमाउनु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै पिडित परिवारहरुप्रति समवेदना व्यक्त गरिएको थियो ।

विभिन्न संघसंस्था, आन्दोलन, दल र सञ्चार क्षेत्रका ४० भन्दा बढी प्रतिनिधि तथा प्रमुखहरुको सहभागिता रहेको उक्त बैठकले कार्यान्वयन तहमा समेत एक द्वार नीतिको नेपाल सरकारले व्यक्त गरेको आकांक्षा र नीतिलाई पालना गर्दै राहत कार्यको लागि प्रयोग गरिने संस्थाको रूपमा एनसीआरएस (नेपाल क्रिस्चियन रिलिफ सर्भिस) लाई अनुमोदन गरेको हो । छलफलबाट राहात व्यवस्थापन सेवा संस्था (NCRS) लाई नेपाली चर्च तथा ख्रीष्टियन समुदायको तर्फबाट राष्ट्रिय रुपमा राहात व्यवस्थापन, वितरण तथा पुनस्थापनाको साथै प्राकृतिक प्रकोपको व्यवस्थापन तथा न्युनिकरण कार्यको लागि नेपाली चर्च तथा ख्रीष्टियन समुदायको आधिकारिक संस्थाको रुपमा स्वीकार तथा पहिचान गर्दै हालको बाढी पहिरो तथा प्राकृतिक प्रकोप लगाएत भविष्यमा विभिन्न प्राकृतिक प्रकोपको लागि नेपाली चर्चको तर्फबाट सहयोग व्यवस्थापन र प्रभावबारे पनि संयोजन गर्ने जिम्मेवारी दिइएको छ । त्यस्तै नेपाल सरकार लगायत हाल सक्रिय रहेको DRR नेटवर्क तथा अन्य सम्बन्धित संघसंस्था, नेटवर्कहरुसँग सहकार्य तथा समन्वय गर्दै तत्काल संयोजन कार्यमा लाग्न पनि वैठकले सुझाव दिएको छ ।

अन्तमा संयोजक भव घलेले छलफलका विषयहरुलाइ शंष्लेशन गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय चर्च तथा ख्रीष्टियन समुदाय, संघसंस्थाको तर्फबाट आवश्यक भौतिक तथा आर्थिक स्रोत साधन, प्रार्थनाको सहयोग सहित स्वयं सेवकको रुपमा विभिन्न क्षेत्रमा आ-आफ्नो ज्ञान, बुद्धि, सिप, योग्यता र अनुभवको आधारमा सहयोग तथा सेवा जुटाईदिन हुन अनुरोध गर्नुभयो । वहांले सवै मातहतका तथा सरोकारवाला निकायहरुलाइ युद्धस्तरमा राहत, उद्धार र पुनर्स्थापनाको कार्यमा लाग्न अपिल गर्नुभयो ।

वैठकमा नेपाल महिला विश्व संघकी श्रीमती द्रौपदी रोकाया, सल्लाहकार उत्तमकुमार परियार र डा. केबी रोकाया, एनसीआरएसका कार्यकारी निर्देशक रोमी केसी, अर्जुनकुमार मेन्डिज, तेज जिरेल, राजनितिज्ञ जितबहादुर घले, सीसीएन सचिव तथा राजनितीज्ञ विदुर अधिकारीलगायतले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

वैठकको अध्यक्ष तथा UNNCC का अध्यक्ष प्रेम सुब्बाले अन्तिम प्रार्थना सहित वैठक समापन गर्नुभयो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
रेभ. तेज रोक्का
रेभ. तेज रोक्का
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
वजिन्दर सिंह नेपाल आउने : १ लाख मानिसहरुकाे उपस्थितिमा विशाल जागृती तथा चंगाइ सभा हुने
राजनीति र धर्म वारे : बीपी विचार
राजनीति र धर्म वारे : बीपी विचार
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
चर्च माथिको अतिवादी आक्रमण संविधान र गणतंत्र माथिको आक्रमण हो
चर्च माथिको अतिवादी आक्रमण संविधान र गणतंत्र माथिको आक्रमण हो
बाइबल माथि पुरातत्त्वविद्याको खोज
बाइबल माथि पुरातत्त्वविद्याको खोज
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
गृह मन्त्रालयमा धर्म गुरुहरुको भेला : धार्मिक सद्भाव कायम राख्ने निर्णय
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम