Jaya Mashi

महापाप विरुद्ध सतिसाल झैं एक्ला अभियन्ता

पवित्र धर्मशास्त्र बाइबल १ काेरीन्थी ६ अध्यायकाे ९-१० पदमा स्पस्ट रुपमा अनैतिकहरु, व्यभिचारीहरु, समलिङ्गीहरु र पुरुषगामीहरु (स्त्रीगामीहरु) अधर्मी भएकाे र यीनिहरु परमेश्वरकाे राज्यका हकदार हुनेछैनन् भनेर परमेश्वरकाे वचनले भन्नुभएकाे छ । यसर्थ हामी सजिलै वुझ्न सक्छाैं कि समलैंगिकता कुन स्तरकाे पाप रहेछ भनेर । याे महापाप जसले परमेश्वरकाे राज्यकाे हकदार हुन वाट मानिस जातिलाइ वञ्चित गर्दछ यसवारे संसारभरका ख्रिष्टियनहरु लडांइ लडिरहेका छन र संघर्ष गरिरहेका छन ।

आदरणिय पाठकवृन्द याे गम्भीर विषयमा हामी निरन्तर श्रंखलावद्ध रुपमा विचार, विमर्श, छलफल र वहसलाई समेट्ने तयारी गरिरहेका छाैं ता कि हाम्राे सन्दर्भमा यस विषयवारे स्पस्ट हुन सकियाेस । अहिलेलाइ सामान्यतया विषय प्रवेश गर्दै नेपालमा याे दुष्टता कसरी प्रवेश गर्याे, अहिले याे कस्ताे अवस्थामा छ र भविष्यमा यसले कस्ताे रुप लीन सक्छ । यसका पक्षमा र विराेधमा के के भए र काे काे छन । समग्र पृष्ठभुमीवारे सिंहावलाेकन प्रस्तुत गर्ने काेशिस गर्नेछाैं ।

पाठकवृन्द १७ वर्षदेखि निरन्तर यस विषयमा अध्ययन, अनुसन्धान, छलफल र वहस मात्रै हैन यसका विरुद्ध झण्डै एक्लै जस्ताे ठींग सतिसाल झैं उभिनुभएका व्यक्ति हुनुहुन्छ डा. केवि राेकाया उहाँ मानवअधिकार आयाेगका पुर्व आयुक्त, पास्टर र एक चिरपरिचित ख्रिष्टियन अगुवा हुनुहुन्छ । हामिले वहाँ सँगकाे कुराकानिकाे आधारमा याे आलेख तयार पारेका छाैं र श्रृंखलावद्ध रुपमा यसका अरु थप पाटापक्षहरु खाेतल्नेछाैं र तपाईं समक्ष पस्कनेछाैं ।

पृष्ठभुमी : समलैंगिकता नेपालमा कसरी प्रवेश गर्याे

सर्वप्रथम बीसं २०६३ काे अन्तरिम संविधानमा यस विषयले प्रवेश पायाे । जब माओवादी शान्ति प्रक्रियामा प्रवेश गर्याे २०४७ सालकाे संविधानलाइ फालेर अन्तरिम संविधान बन्याे तब अन्तरिम संविधानमा जानेर या नजानेर विदेशिहरुकाे स्वार्थ र एजेण्डाहरु घुस्ने घुसाउने प्रक्रियामै लैंगीक समानता र लंगिक अधिकार सुरक्षित गर्ने नाममा समलींगी विषयले प्रवेश पायाे । यस अघि याे विषय हाम्राे समाजमा प्रवेश गरेकै थिएन । यस संवन्धि कुनै पनि समस्या हाम्राे समाजमा थिएन । याे नेपाली समाजकाे समस्या थिएन । अहिले पनि के भन्न सकिन्छ भने याे हाम्राे समस्या हैन । याे त अरु कसैकाे एजेण्डा हाे र उसले हामी माथी लादिरहेकाे छ । किनभने याे २०६३ साल अघि छंदै थिएन ।

समलैंगिकताले संविधानमा प्रवेश पाइसकेपछि

‌समलींगी अमेरिकी राजदुत जब अन्तरिम संविधानमा यस समलैंगिकता संवन्धि विषयले प्रवेश पायाे लगत्तै अमेरिकाले नेपालमा समलींगी राजदुत पठायाे । संविधानमा समलैंगिक अधिकार काे विषय समेटियाे र २०६३ सालमै अमेरिकाले नेपालका लागि राजदुतका रुपमा एक जना समलिंगी व्यक्तिलाइ पठायाे । याे संयाेग मात्र थियाे भन्न सकिँदैन । समलींगी राजदुत पठाउनुकाे पछाडि केही न केही कारण त अवश्यै थियाे । समलैंगिकता प्रमाेशनकाे स्वार्थ त्याे कदममा लुकेकाे थियाे भन्ने कुरा राजुदुत नेपाल आएपछि वहांले गर्नुभएको लविङ्ग र गतिविधिलाई ध्यान दिने हाे भने प्रष्ट हुन्छ । आफू समलींगी भएकाे कारण पनि तत्कालीन राजदुत त्यसमा केन्द्रित हुनु स्वाभावीक देखिन्छ ।

‌सर्वाेच्चकाे आदेश

त्यसपछि २०६३ साल मै दुई जना सर्वाेच्च अदालतका न्यायधिशले तत्कालीन सरकारलाइ समलींगीहरुकाे अधिकार सुनिश्चित गर्नका लागि कानुन वनाउ भनेर आदेश दियाे । यस अघि सम्म संविधानमा मात्र उल्लेख गरिएकाे समलैंगिकता याे आदेश संगै कानुन निर्माणकाे चरणमा पुग्याे ।(भलै सरकारले याे आदेसलाइ सुनेकाे नसुने झैं गर्याे) यसरी समलैंगिकताकाे विषयले क्रमिक रुपमा प्राथमिकता पाउंदै गयाे । यस विषयलाइ कानुनि मान्यता दिन ती प्रावधानहरुलाइ कानुनमा व्यवस्था गर्ने तिर सरकार अघि वढेन । तर पनि सर्वाेच्चकाे त्यहि आदेश पत्रलाइ आधार बनाएर समलींगि गतिविधिहरु तिव्र रुपमा अघि वढे । यस संवन्धि एनजिओहरु खडा भए । नेपालमै सर्वप्रथम सुनिल बाबू पन्तकाे नेतृत्वमा व्लु डायमण्ड साेसाइटि नामकाे समलींगीहरुकाे पहिलाे संगठन निर्माण भयाे । यहि दाैरान पहिलाे संविधान सभामा उनै सुनिलवावु पन्त नेकपा (संयुक्त)काे तर्फवाट समानुपातिक सभासद हुनुभयाे । पछि वहाँ नेकपा (एमाले) मा प्रवेश गर्नुभयाे । नेपालमा समलींगी गतिविधिहरु अझै तिव्र रुपमा बढ्दै गयाे । दिन दुई गुणा रात चार गुणा फैलंदै गयाे ।

‌एनसिसिएन, अन्तर धार्मिक परिषद र सिसिजिएन : पहिलाे विराेधि आवाज

डा. राेकायाकै पहल र नेतृत्वमा बनेकाे नेशनल काउन्सिल अफ चर्चेज अफ नेपाल ले सर्वप्रथम विज्ञप्ति प्रकासित गरेर नेपालमा वढ्दै गएकाे समलींगी गतिविधि वारेमा चिन्ता व्यक्त गर्दै विराेध जनायाे । ‌ डा. केवि राेकाया, केशव चाैंलागाइ र डा. विष्णु उप्रेतिकाे पहल र नेतृत्वमा वनेकाे अर्काे संगठन अन्तर धार्मिक परिषद (जसमा सवै धर्मका धर्म गुरुहरु र नागरिक अगुवाहरु काे प्रतिनिधित्व रहेकाे थियाे) ले पनि यस वारेमा कडा विराेध जनायाे । यसरी यस विषयलाई चिन्ता र विराेध गरिनु पर्ने विषयकाे रुपमा नागरिक समाज र वाैद्धिक तथा धार्मिक अगुवाहरुकाे ध्यानाकर्षण गर्ने काम भयाे । नेपालका प्राय सवै चर्च र ख्रिष्टियन संघ संस्था आवद्ध एउटा अर्काे संस्था प्राेफेसर नारायण प्रधानकाे संयाेजकत्वमा २०१० मा वन्याे जसकाे नाम थियाे ख्रिष्टियन सराेकार समूह (सिसिजिएन) । नेपालका सवै ख्रीष्टियनहरुकाे एउटा साझा संस्था वन्नुपर्याे भन्ने प्रयास अन्तर्गत याे संस्था वनेकाे थियाे । याे संस्था सिसिजिएन (CCGN) ले पनि नेपालका ख्रिष्टियनहरुकाे विचमा विभिन्न तह र स्तरमा छलफल गरि पत्रकार सम्मेलन गरेर नेपालका ख्रिष्टियनहरुकाे तर्फवाट समलैंगिकताकाे विषयमा साझा स्पस्ट धारणा सार्वजनिक गर्याे । ‌

अनि छायाे लामाे सुन्यता

यी सवै विराेधका मन्द स्वरहरु कुनै समय डढेलाे लगाउन सक्ने झिल्काे वाहेक अरु वढि केही प्रमाणित हुन सकेन । बिस्तारै त्यहि झिल्काे पनि खरानीले छाेपीए जस्ताे हुन पुग्याे । यसकाे विरुद्धमा पैरवी करिव सुन्यकै स्तरमा झर्याे । लामाे समय सुन्यता छायाे, कसैले पनि याे विषयमा रुचि देखाएन यस संवन्धि छलफल चिन्ता र विराेधकाे स्वर मत्थर भयाे तर समलींगी गतिविधिहरु भने रात दुई गुणा र दिन चाैगुणा गरेर वढ्दै गयाे । राजनितिक सामाजिक या नागरीक तह कहिंवाट पनि कुनै चिन्ता र विराेध नभैरहेका अवस्थामा एनसिसिएन,अन्तर धार्मिक परिषद र सिजिएन काे चिन्ता र विराेध आगाेकाे झिल्काेकाे रुपमा खरानी भित्र सुषुप्त रहन अभिषप्त भयाे ।

फेरि जाग्नुभयाे डा. राेकाया :

यस विचमा डा. राेकाया विदेश भ्रमणहरुमा व्यस्त हुनुभयाे तर याे भ्रमणकाे समयलाइ पनि वहांले समलैंगिकतावारे राष्ट्रिय अन्तराष्ट्रिय अवस्था र परिस्थितिकाे अध्ययन गर्ने माैकाकाे रुपमा उपयाेग गर्नुभयाे । यस्ताे अध्ययन पछि वहांले याे मुद्धा कति महत्वपुर्ण अनि गम्भीर रहेछ र अन्तराष्ट्रिय रुपमा यसकाे आयतन कत्राे रहेछ भन्ने वुझ्नुभयाे । याे एउटा समाज, संस्कृति र सम्प्रदायकाे मात्र नभएर विश्वव्यापी रुपमा समग्र मानवजातिकै अस्तित्व काे निम्ति पनि कति खतरनाक रहेछ भन्ने कुराकाे अझ गहिराे वाेध पछि वहाँले ३ वर्षदेखि यस वारेमा समाजका विभिन्न तह र तप्का, क्षेत्र र वर्गमा घनिभुत छलफलकाे थालनि गर्नुभयाे । फेरि यस मुद्दालाइ उठाउने अठाेट गर्नुभयाे । खरानी भित्र छाेपिएकाे त्याे भुङ्राे खाेस्रिने विचार गर्नुभयाे, अन्तत फेरि अगुल्टाे ठाेस्ने निर्णय गर्नुभयाे ।

सर्वाेच्चकाे अर्काे आदेश :

गत असारमा सर्वाेच्च अदालतका न्यायधिश तिल प्रसाद श्रेष्ठकाे एकल इजलासले प्रचण्ड नेतृत्वकाे तत्कालीन सरकारलाइ अन्तरिम आदेश दियाे । समलींगीहरुकाे विवाह दर्ता गर्नु र विवाह प्रमाणपत्र दिनु भनेर दिइएकाे उक्त आदेश धेरै गम्भीर र त्रुटिपुर्ण थियाे । संविधानमा समलैंगिकतावारे उल्लेख भएता पनि समलींगी विवाह गर्न पाउनेबारे या यस संवन्धि कुनै कानुन निर्माण भएकाे छैन तर यस्ताे कानुन विहिन अवस्थामा न्यायधिश तिलप्रसादकाे एकल इजलासले तत्कालीन सरकारलाइ विवाह दर्ता गर्नु र प्रमाण पत्र दिनु भन्ने अन्तरिम आदेश दियाे ।

भारतकाे महत्वपुर्ण सन्दर्भ :

भारतमा पनि यस्तै अवस्था उत्पन्न भएकाे थियाे । त्यहां पनि समलींगीहरुले विवाह दर्ता हुनुपर्याे र दर्ता प्रमाणपत्र पाउनु पर्याे भनेर सर्वाेच्च अदालतमा रिट दर्ता गरे । तर सामाजिक तथा सांस्कृतिक मूल्य मान्यता विरुद्ध हुने भन्दै साे रिट विरुद्ध स्वयं भारत सरकार पनि अदालतमा गयाे । त्यहाँकाे अदालतमा ६ महिना वहस भयाे र निस्कर्ष स्वरुप भारतिय सर्वाेच्च अदालतले कानुन निर्माण नभएकाे तथा कानुन अदालतले बनाउन नसक्ने भनी जिकिर गर्याे । ठिक यस्तै परिस्थिति तत्कालीन अवस्थामा नेपालमा उत्पन्न भएकाे थियाे तर हाम्राे सन्दर्भमा सर्वाेच्च अदालतले विवाह दर्ता गर्नु र प्रमाणपत्र दिनु भनि अन्तरिम आदेश जारी गर्याे ।

डा. राेकाया झन बढि सक्रिय हुनुभयो

अदालतकाे त्यस्ताे आदेशले डा. राेकायालाइ एक अर्थमा झन चिन्तित र अर्काे अर्थमा झन जाेशिलाे बनायाे । सत्यले स्वतन्त्र पार्दछ भनेझैं यसवारेमा इश्वरिय सत्यतालाइ स्पस्ट र गहिराे गरि वाेध गर्नुभएकाे वहांले आफ्नाे निरन्तरकाे पहलकदमि र प्रयासलाइ अझै गतिवान बनाउनुभयाे । वहाँ अझ वढि सक्रिय हुनुभयाे । निराश हुनुभयाे तर थाक्नुभएन, हार्नुभएन : वहांले सवै राजनितिक पार्टिका शिर्ष नेतृत्वलाइ भेटघाट र लविङ्ग गरेर फेरि अर्काे चरणकाे आफ्नाे अभियान सुरु गर्नुभयाे । राजनितिक पार्टिका नेताहरु संग कैयाैं घण्टा छलफल गर्नुभयाे । वुद्धिजीवी, अधिवक्ता, पत्रकार, सवै धर्मका धर्मगुरुहरु लगाएत समाजका सवै प्रवुद्ध वर्गका प्रतिनिधिहरु संग भेटघाट र छलफल गर्दा कसैले पनि यस विषयलाइ गम्भीर रुपमा लिएनन । कतिपयले यसलाइ राम्राे सँग वुझ्न पनि सकेनन् जतिले वुझे उनिहरुले केही गर्न चाहेनन् । हाम्राे देशकाे लागी, हाम्राे समाजकाे लागि हाम्राे समाजकाे भविष्यकाे लागी हाम्राे परिवारकाे लागि र समग्र मानवजातिकै लागी याे कति गम्भीर विषय हाे भन्ने कुरा वुझ्नुभएकाे र यसले कसरी हाम्राे सामजिक तथा पारिवारिक संरचना नै खल्वल्याउन र अलग थलग वनाउन सक्छ तथा समग्र मानवजातिकाे भविष्यकाे लागि नै याे एउटा गम्भीर विषय हाे भनेर पैरवि गर्न र समाजलाइ झक्झक्याउन वहांले छाेड्नुभएन । डा. राेकाया एक्लै हुनुभयाे, तर पनि लागिरहनुभयाे, थाक्नुभएन, छाेड्नुभएन, हार खानु भएन ।

अन्तिम आशा चर्चमा / ख्रिष्टियनहरुमा

आफ्नाे अथक प्रयासकाे वावजुद काेहि पनि वेलामा र मेलामा उत्रन तयार भएन । धेरै छलफल भयाे, धेरै कुराकानि भयाे, तर्क-वितर्क भयाे, वहस- विमर्श भयाे अन्तत: तरल भएर वग्याे आशातित ठाेस हुन सकेन मुर्त हुन सकेन । जब वहांलाइ लाग्याे सवै मेहनत वालुवामा पानी सरह हुंदैछ भन्ने तब फेरि इसाइ वृतमा केन्द्रित हुने फैसला गर्नुभयाे र ख्रिष्टियनहरुसंगकाे छलफललाइ प्राथमिकता दिनुभयाे । ख्रिष्टियन वृत भन्दा वाहिरकाे छलफललाइ सहायक बनाउनुभयाे । सुरुवाति चरणमा पनि यसमा ख्रिष्टियनहरुले नै पहलकदमि लिएकाे र याे विषयमा धेरै अघि देखि नै चासाे दिएकाे मात्रै नभएर मुखर भएकाे कारण पनि ख्रीष्टियनहरु संग नै वहांले घनिभुत छलफल चलाउन फेरि सुरु गर्नुभयाे । विशेष गरेर पास्टरहरु, अगुवाहरु, पत्रकारहरु संगकाे छलफललाइ वहांले प्राथमिकता दिनुभयाे ।

संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद

संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्का संयाेजक भव घलेसंगकाे लामाे छलफल पछि संयाेजक घलेले परिषदकाे कार्यालयमा यस विषयमा अन्तर्क्रिया कार्यक्रम आयाेजना गर्नुभयाे उपत्यकामा उपलव्ध धेरै पास्टर, अगुवा र प्रवुद्ध व्यक्तिहरु तथा पत्रकारहरुको उपस्थितिमा निकै नै घनिभुत छलफल सम्पन्न भयाे । भव घलेले नै यस विषयमा सर्वप्रथम केही प्रयास गर्नुभयाे । याे लामाे अन्तरालपछि फेरि भव घले र संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद् मार्फत इसाइ वृतमा यस विषयवारे सामुहिक छलफल, चिन्ता र सराेकार सुरु भयाे ।

मिडिया एड्भाेकेसी फाेरम (माफ)

विदुर अधिकारी संग डा.राेकायाकाे निरन्तरकाे भेटघाट र छलफल पछि वहांकै नेतृत्वमा भएकाे मिडिया एड्भाेकेसी फाेरम (माफ)ले रिपाेर्टर्स क्लवमा यस विषयमा अन्तर्क्रिया कार्यक्रमकाे आयाेजना गर्याे । त्यहाँ विभिन्न धर्मका धर्मगुरुहरु र धार्मिक अगुवाहरु, वकिलहरु, पत्रकारहरु र नागरिक समाजका अगुवाहरु तथा मानवअधिकारवादी अगुवाहरु सहभागी हुनुभयाे र वहाँहरुकाे विचमा पनि डा राेकायाले आफ्नाे लामाे प्रस्तुति राख्नुभयाे ।

नागरिक सराेकार मञ्च :

पा. डा. सुन्दर थापा र वहांकै नेतृत्वमा गठित नागरिक सराेकार मञ्चका डा. जाेमेश ओड र विदुर अधिकारि लगाएतका अगुवाहरु संगकाे निकै लामाे र निरन्तरकाे भेटघाट र घनिभुत छलफल पछि नागरिक सराेकार मञ्चकाे आयाेजनामा गाेदावरी भिलेज रिसाेर्टमा अर्काे अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयाे । कार्यक्रममा उपत्यकाका पास्टर अगुवा तथा प्रवुद्ध इसाइ व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे र त्यहाँ पनि डा. केवि राेकायाले प्रशिक्षण गर्नुभयाे । साेहि कार्यक्रममा सहभागी हुनु भएका वरिष्ठ पास्टर तथा इसाइ अगुवा मंगलमान महर्जनसंग अनाैपचारिक रुपमा विशेष छलफल भयाे र एनसिएस र एनसिएफले पनि सक्रिय रुपमा यस मुद्दालाइ बाेक्नु पर्याे भन्ने सल्लाह भयाे । लगत्तै पाटन क्वाइनाेनिया चर्च, भैंसेपाटिमा पास्टर मंगलमान महर्जन र प्रकाश सुव्वाकाे अगुवाइमा अर्काे अन्तरक्रिया कार्यक्रम आयाेजना भयाे र त्यहाँ पनि डा. केवि राेकायाले यस विषयमा प्रशिक्षण दिनुभयाे ।

एनसिएफ र एनसिएस :

जब मंगलमान महर्जन र प्रकाश सुव्वाले यस विषयमा केही पहलकदमी र जागरुकता देखाउनुभयाे त्यसपश्चात डा. राेकायाले एनसिएफ र एनसिएसका पदाधिकारिहरु संग संयुक्त रुपमा भेट्न चाहेकाे कुरा व्यक्त गर्नुभयाे । लगत्तै NCF र NCS का पदाधिकारीहरु संग NCF काे कार्यालयमा दुवै अग्रणि संस्थाका अध्यक्षद्वय हनाेक तामाङ्ग, प्रकाश सुब्बा र महासचिव द्वय शेर एसि, डिल्लीराम पाैडेल संग संयुक्त रुपमा छलफल सम्पन्न भयाे । फलस्वरुप NCF र NCS दुवै संस्थाले संयुक्त रुपमा पास्टर, अगुवाहरुकाे सहभागीतामा एउटा विशेष अन्तरक्रिया तथा छलफल कार्यक्रम भदाै २५ गते पुतलिसडक स्थित वेथशालाेम चर्चमा राख्ने निर्णय गर्याे र डा. राेकायालाइ वक्ताकाे रुपमा आफ्नाे प्रस्तुति दिन प्रस्ताव गर्याे ।

भदाै २५ गते पुतलिसडक स्थित वेथशालाेम चर्चमा हुने याे कार्यक्रम निकै विशेष र महत्वपुर्ण छ । यस कार्यक्रमले समलैंगिकतावारे नेपाली ख्रीष्टियनहरुकाे साझा मान्यता र साझा वाटाेकाे निर्क्याैल गर्नेछ । भने आगामि दिनमा पनि कैयाैं यस्ता मुद्दाहरुमा यसैगरी छलफल र चर्चा गर्ने परम्परालाइ पनि स्थापित गर्नेछ। वर्तमान सन्दर्भमा यी दुई संगठनहरु NCF र NCS भनेकाे नेपालकाे अग्रणि र सवैभन्दा ठुला चर्च संगठनहरु हुन । यसकाे आधिकारिकता र मान्यताकाे कारणले मात्रै पनि पुतलीसडकमा हुने याे कार्यक्रम ऐतिहासिक महत्वकाे कार्यक्रम हुनेछ । याे अन्तर्क्रिया कार्यक्रम ऐतिहासिक महत्वकाे छ तर यति मात्रैले पुग्दैन यस कार्यक्रम पश्चात् भावि याेजना र रणनिति निर्माणमा के कस्ताे पहलकदमि हुन्छ त्यसले नेपाली समाज, परिवार र समग्र मानव जाती र सभ्यताकाे अस्तित्व रक्षामा नेपाली चर्चहरुकाे याेगदान र भुमिकालाइ निरुपण गर्नेछ ।

अन्तमा / विट मार्दा

डा.राेकायाले लामाे समय सम्म प्राय सवै पार्टिका नेताहरु, हिन्दु धर्मगुरुहरु, वाैद्ध धर्मगुरुहरु, इस्लाम धर्मगुरुहरु लगाएत सम्पुर्ण धर्मका प्रतिनिधिहरु संग याे वारेमा छलफल गर्नुभयाे र आशा राख्नुभयाे तर निराशा वाहेक केही हात पार्नुभएन । विश्वव्यापी रुपमा नै याे विषयमा चासाे राख्ने ख्रिष्टियनहरु नै हुन । केही मात्रामा मुस्लीमहरुले पनि यसमा चासाे राखेका छन् तर हिन्दु, वाैद्ध धर्म र सम्प्रदायलाई यस विषयकाे पक्षधरकै रुपमा अन्तराष्ट्रिय समुदाय र स्वयं समलिंगी संगठनहरुले पनि लींदै आएका छन । यस सन्दर्भमा नेपालमा पनि अहिले सम्म केही हिन्दु तथा वाेद्ध धर्मका अनुयायी तथा प्रतिनिधिहरुले व्यक्तिगत रुपमा यस विषयमा बाेलेता पनि कुनै पनि हिन्दु तथा वाैद्ध धर्म संवन्धि संघ संगठनकाे साझा र संस्थागत धारणा अहिले सम्म आएकाे छैन । यस्ताे अवस्थामा नेपाली ख्रिष्टियन समुदायले यी र यस्ता नैतिक विषयहरुमा आफ्नाे साझा र संस्थागत धारणा निर्माण गरेर फेरी पनि आंफुहरु नेपाली समाज र राष्ट्रकाे अग्रणि तथा चालक चेतना शक्ति भएकाे प्रमाण दिएकाे छ ।

यस्ताे महानकार्यमा आफुलाइ अर्पण गर्ने आदरणिय डा. केवि राेकायालाई सर्वप्रथम धेरै धन्यवाद । कैयाैं मानविय सिमा र समस्या, कमि र कमजाेरीका वावजुद वहाँ नेपाली इसाइ समुदायकाे लागि ठुलाे सम्पती हुनुहुन्छ । जसले एउटा चरणमा युद्धका विभिषिकाहरुमा रगतपच्छे भएकाे नेपाली समाजलाइ शान्तिकाे सुनाैलाे क्षितिजमा पदार्पण गर्न ठुलाे र महत्वपुर्ण भुमिका खेल्नुभयाे । शान्ति छर्ने र मेलमिलाप सार्ने एउटा मेहनति खेतालाकाे रुपमा डा. राेकायालाइ नेपाली समाजले र विशेष गरि नेपाली इसाइ समाजले सदैव सम्झिरहनेछ । हामिले त सांच्चै गर्ववाेध गर्न सक्छाैं कि परमेश्वरले मण्डलीका हाम्रा अगुवालाइ याे महान काममा एक शान्तिकर्मीका रुपमा खटाउनुभयाे ।

अब अर्काे चरणमा फेरि परमेश्वरले डा. राेकायालाइ याे पाप विरुद्ध, याे महापाप- महाअपराध विरुद्ध अर्पण हुन वाेलाउनुभएकाे छ । यी सवै पृष्ठभुमि र प्रयासहरुलाइ हेर्दा वहाँ परमेश्वरकाे वाेलावटमा आज्ञाकारी हुनुभएकाे छ । आज्ञाकारिता र विश्वासयाेग्यताकाे वलियाे जगमा अवश्य मिठा फलहरु फल्नेछन । र परमेेश्वरकाे हातकाे सवैभन्दा उत्तम शिल्प मानवजातिले आंफुलाइ पेटभरी सन्तुष्ट गराउनेछ । डा. राेकायालाइ कांधमा कांध, हातमा हात मिलाएर साथ दिने भव घले, विदुर अधिकारी, डा. सुन्दर थापा, डा. मंगलमान महर्जन, प्रकाश सुब्बा, हनाेक तामाङ्ग, डा. जाेमेश ओड, डिल्लीराम पाैडेल र शेर एसी लगायत सम्पुर्ण सहायतताकर्मी र प्रार्थनाका याेद्धाहरु धन्यवादका पात्र हुनुहुन्छ ।

हाम्राे लंडाइ मासु र रगतकाे विरुद्ध हैन तर समलैंगिकताकाे एजेण्डा मार्फत परमेश्वरकाे सुन्दर सृष्टिलाइ नै ध्वस्त बनाउने, मानव जातिकाे अस्तित्व मेटाउने योजनामा तल्लिन अन्धकारकाे शक्ति, दुष्ट सैतान विरुद्ध हाे अ:त: आउनुहाेस एउटै हृदय, एउटै चाहना, एउटै मन र एउटै आवाज वाेकेर युद्ध मैदानमा उत्रिउं । वहाँकाे त्याे स्वर्गीय महिमालाइ पृथ्वीमा ल्याउं । येशुकाे महान महिमाले नेपाल राष्ट्र र नेपाली जातिलाइ भराैं ।

जयमशी ✝️♥️🙏🛐

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
8
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?