संयुक्त ईलोहिम कादोश चर्च उद्घाटन : पास्टर माया सुनुवार
- ललितपुर, १९ भदौ ।
- ललितपुरको सातदोबाटोमा संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन आज एक भब्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।
ललितपुर, १९ भदौ । ललितपुरको सातदोबाटोमा संयुक्त ईलोहिम कादोश मण्डलीको उद्घाटन आज एक भब्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ ।आज सम्पन्न भएको चर्च उद्घाटन कार्यक्रममा रेभ. पास्टर ज्योति कुमार सुनुवारले परमेश्वरको वचनबाट उत्साहको वचन बोल्नुभएको थियो । सो कार्यक्रममा काठमाण्डौं उपत्यकामा रहनुभएका विभिन्न चर्चका पास्टरहरू, महिला पास्टरहरूका साथै विभिन्न लब्धप्रतिष्ठित व्यक्तिहरूको समेत आतित्यता रहेको थियो ।
मण्डली उद्घाटन कार्यक्रममा पास्टर माया सुनुवारले विदेशमा रहेर पनि नेपाली भाषी मण्डलीप्रति दिनुभएको योगदानको प्रशंसा गर्दै आफ्नै मातृभूमिमा फर्किनु भई नयाँ चर्च स्थापना गरी आफ्नो पास्टरीय सेवकाईलाई निरन्तरता दिनुभएकोमा खुशी व्यक्त गर्दै रेभ. पा. चेत बहादुर खरेल, रेभ. पा. जारन राई, पा. जोनाथन सुनुवार, पा. अष्टमाया लामा, आशा नेपालकी डाइरेक्टर विमला थापा, पास्टर बाला तामाङ, पास्टर डिसन डि.सी. लगायत अतिथिहरूले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

रोजगारीको लागि इस्राएल पुग्नु भएकि पास्टर माया सुनुवार इस्राएलमा कामका साथै करिब २० वर्ष मण्डली सेवकाई गरेपछि हाल नेपाल फर्कनु भएको हो । यहाँ आउनु भएपछि उहाँले मण्डली स्थापना गरी निरन्तर पास्टरीय सेवकाई मार्फत आफ्नो जीवनलाई परमेश्वरको काममा समर्पण गर्ने निर्णय गर्नुभए पछी यो मण्डली सुरु गर्नुभएको हो । रोजगारीको सिलसिलामा इस्राएलमा रहनु हुँदा पास्टर माया सुनुवारले नेपालमा विभिन्न क्षेत्रमा सेवा पुर्याउनुभएको थियो । नेपालबाट इस्राएलमा गएका नेपालीहरूलाई सहयोग गर्नेदेखि नेपालमा बाढी पहिरो लगायत अन्य विभिन्न समस्यामा परेकाहरूलाई समेत उहाँ तथा उहाँ सेवारत मण्डलीले सहयोग गर्ने गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
रेभ. डा. बाल कृष्ण शर्माको स्मृतिमा पास्टर रबर्ट कार्थक र शामूएल कार्थक
नेपाली चर्चमा २३ वर्षपछि इकानको पुनरागमन : सुधार, नवीकरण र आत्मिक जागृतिको अभियान ल्याउँदै
राष्ट्रिय ख्रीष्टियन महासंघको सुदूरपश्चिम प्रमुखमा रेभ.डा.नरीराम लुहार चयन
नेप्लिज-भुट्निज ख्रीष्टियन चर्चेज अफ अमेरिका (बिएनसीए) को नौं शिखर सभा सम्पन्न ।
येशूको ऐतिहासिकता– इतिहासकार योसेफसको गवाही
बाइबल बारे जान्नै पर्ने तथ्यहरू
NCFN अध्यक्षमा डा. किरण दास निर्वाचित







