single page header banner

सेवाकाईमा परिवारको भूमिका विषयक १५ दिने रिट्रीट तालिम सम्पन्न

Pramodkhadka Pramodkhadka
शुक्रबार, चैत्र 15, 2080
Social buttons loaded
समाचार सारांश
  • काठमाण्डौ २०८० मंसिर २९ ।
  •  जीएनएन मिनिस्ट्री अन्तर्गतका पास्टरहरु र उनीहरुका श्रीमतीहरुका लागि आयोजना गरिएको 15 दिने रिट्रीट तालिम सम्पन्न भएको छ ।

काठमाण्डौ २०८० मंसिर २९ ।  जीएनएन मिनिस्ट्री अन्तर्गतका पास्टरहरु र उनीहरुका श्रीमतीहरुका लागि आयोजना गरिएको 15 दिने रिट्रीट तालिम सम्पन्न भएको छ । डिसेम्बर 1 मा सुरु भएको यो तालिमको पहिलो चरण अन्तर्गतका कार्यक्रमहरु सम्पन्न भएका छन् । यस रिट्रीट तालिमको पहिलो चरणमा जीएनएन मिनिस्ट्रीमा आवद्ध हिमाली जिल्लाहरुका मण्डलीहरुलाई नेतृत्व गर्ने पास्टरहरु र नीहरुका श्रीमतीहरु गरि ७५ जना सहभागी थिए । तालिम GNN मुख्यालय नेपालगन्जस्थित बाइबल स्कूलमा संचालित भएको हो ।

रिट्रीट कार्यक्रम धेरै उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै GNN मिनिस्ट्रीका संस्थापक तथा निर्देशक पास्टर प्रवजन शाही वताउनुहुन्छ ‘हाम्रो मुख्य लक्ष्य यस रिट्रीट मार्फत वर्षभरि मिशनको सेवा गरिरहेका परमेश्वरका सेवकहरूलाई ताजा पार्नु , उनीहरूलाई परमेश्वरको शिक्षा र सिद्धान्तहरूमा अनि सेवाको भावनामा परिपक्व बनाउनु र उनीहरूलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्नमा निपुण बनाउनु हो।’ पास्टर प्रबजन शाहीले यस रिट्रीट र तालिमपछि सबै सेवक र उनका परिवार सेवाका लागि सबै हतियारले सुसज्जित भएर घर फर्किएको कुरामा आफू विश्वस्त रहेको वताउनुभयो । हामी आशा गर्दछौं कि सबै पास्टरहरू धेरै स्फूर्ति संग फर्किनुभएको छ । तालिममा सम्वन्धित बिषयका अनुभवी र दक्ष शिक्षकहरुले अध्यापन र्गनुभएको थियो । दोस्रो चरणको तालिम पुस १० वाट सुरु हुने पनि वहांले जानकारी दिनुभयो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम