single page header banner

प्रेरित पावलले विवाह गरे वा गरेनन् ?

adminsangam adminsangam
आइतबार, माघ 8, 2080
Social buttons loaded
समाचार सारांश
  • धेरै इसाइहरुको मनमा आउने प्रश्नहरु मध्ये यो प्रश्न पनि एक हो कि पावल ले विवाह गरे वा गरेनन् ?
  • कति जनाले गरे भने तर्क दिन्छन् भने कतिले विवाह गरेनन् भन्ने तर्क दिन्छन् ।

धेरै इसाइहरुको मनमा आउने प्रश्नहरु मध्ये यो प्रश्न पनि एक हो कि पावल ले विवाह गरे वा गरेनन् ? कति जनाले गरे भने तर्क दिन्छन् भने कतिले विवाह गरेनन् भन्ने तर्क दिन्छन् । हुनु त बाइबलमा  काही पनि आफ्नी श्रीमतीको नाम उल्लेख गरेका छैनन र आफ्नो श्रीमती छिन् भन्ने कुरा गरेको पाइदैन । यसैले पनि मानिसहरुले पावलले विवाह गरेनन् भन्ने तर्क दिन्छन् ।

बिशेष गरी उनले १ कोरिन्थी ७ः८ पदमा भनेका छन् कि …..तिनीहरु म जस्तै अविवाहित रहे तिनीहरुका निम्ति असल हुनेछ । यहि पदको आधारमा धेरै इसाइहरुले पावलले विवाह गरेनन् भन्ने तर्फ दिन्छन् । यो एक महत्वपूर्ण प्रश्न हो जस माथि हामी इसाइहरुले एक पटक बहस गर्नु नै पर्दछ । वास्तवमा पावलले विवाह गरे वा गरेनन त ? १ कोरिन्थी ९ः५ पदलाई हामी असल तरिकाबाट नियाल्ने हो भने, यहाँ लेखिएको छ , के अरू प्रेरितहरूजस्‍तै, प्रभुका भाइहरू र केफासलाई जस्‍तै हामीलाई पनि पत्‍नी लिएर हिँड्‌ने अधिकार छैन ररु, यहाँ पत्नी लिएर जाने अधिकार गरेका छन् । यसर्थ पावलले विवाह गरे कि भन्न पनि सकिन्छ । पावल विवाह गरे भन्ने आधार लाई दुई बुदाँमा उल्लेख गर्ने कोशिष गरेको छु ।

१.पावल एक ईश्वर भक्त थिए । यसैले उनले विवाह गरेका थिएनन भनी विश्वास गर्न गाह्रो पर्दछ । किनकि यदि हामी यहुदीहरुको नियम र यहुदी तालिमको बारेमा अध्ययन गर्दछौँ भने विवाह गर्नु एक अनिवार्य नियम जस्तै थियो । तसर्थ विवाह नगर्नु चाहिँ यहुदी तालिमको विरुद्ध हो ।

२.यदि हामी बाइबल अध्ययन गर्दछौँ भने यहुदी धार्मिक अदालत वा महासभाका सदस्य हुन विवाह हुनु पर्दछ । तर प्ररित २६ः ९,१०,११  मा लेखिएको छ कि, “नासरतका येशूका नाउँको विरुद्धमा धेरै कारबाई गर्नुपर्छ भन्‍ने म आफैलाई पनि विश्‍वास थियो। मैले यरूशलेममा त्‍यसै गरें, र मुख्‍य पूजाहारीहरूबाट अख्‍तियार पाएर धेरै सन्‍तहरूलाई मैले झ्‍यालखानमा हालेको मात्र होइन, तर तिनीहरूलाई मार्दा तिनीहरूकै विरुद्धमा मैले मेरो मत पनि दिएँ। अनि सबै सभाघरहरूमा तिनीहरूलाई बारम्‍बार सजाय दिईकन तिनीहरूलाई विश्‍वास त्‍याग गराउने चेष्‍टा गर्थे। तिनीहरूका विरुद्धमा क्रोधले उन्‍मत्त भईकन बाहिरका सहरहरूमा पनि मैले तिनीहरूलाई सताएँ। यसबाट हामी के थाहा पाउँछौँ भनी उनी पनि त्यस समुहमा सदस्य थिए  । यस समुहमा विवाहित व्यक्तिहरु मात्र यसका सदस्यहरु हुन सक्थे ।

यसैले पावलको विवाहको सन्दर्भ २ कुरा हुन सक्छ , कि त उनको श्रीमतीको मृत्यु भई सकेको थियो वा उनीले ख्रीष्टलाई चिने पछि उनको पत्नीलाई छोडिदिएका थिए । तर विवाह विच्छेदको बिषयमा कडा चेतावनी दिने व्यक्तिले यस्तो गरे जस्तो लाग्दैन । यसैले हामी के भन्न सक्छौँ भने पावलको विवाह कुनै समय भएको थियो तर उनले यो पत्र लेख्दा उनी एक्लै थिए । सम्भवतः उनको श्रीमतीको मृत्यु भई सकेको थियो वा यो पत्र लेख्दा उनी सँग थिएनन् (१ कोरिन्थी ९:५)

कसै(कसैको विचारमा पावल फरिसीको हैसियतमा विवाह भएको थियो। इतिहासले भन्छ कि महासभामा सामेल हुन एक मानिस विवाहित हुनुपर्दछ। यद्यपि पावललाई महासभाको सदस्य भनेर कहिले चिनिन सकेन तर विद्वानहरूले भने कि उनी सदस्य बन्ने बाटोमा थिए होलान्। उनी आफैं भन्छन, र म यहूदीहरुमा मेरो आफ्नै उमेर भन्दा धेरै मेरा मानिसहरु भन्दा अगाडि बढिरहेको थिएँ, म मेरा पुर्खाहरूको परम्पराको निम्ति अत्यन्त जोसिला थिए  गलाती १:१४

Resource:

https://www.gotquestions.org/apostle-Paul-married.html
https://www.compellingtruth.org/apostle-Paul-married.html

कोरिन्थीहरूलार्इ पावलको पत्रहरू , I.C.I.

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
ख्रिष्टियन आयोग माग्दै माइतीघरमा धर्ना
ख्रिष्टियन आयोग माग्दै माइतीघरमा धर्ना
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
कीर्तिपुरका चर्चहरू आइसोलेसन निर्माणका लागि दिने
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
पादरी गंगाप्रसाद प्रधानको १७० औँ जन्मजयन्तीमा ख्रीष्टियन सञ्चारकर्मीहरुको छलफल
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
विदुर अधिकारीको नेतृत्वमा विपद व्यवस्थापन समीति गठन
  प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ?
  प्रकाशको पुस्तकमा उल्लेख गरिएका सात मण्डलीहरू कहाँ छन् अहिले ?
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
जनजागरण पार्टि र सामाजिक एकता पार्टि विचकाे एकता भांडियो : सीबी गहतराज माथि लगाइयो गम्भीर आरोप
अनलाइन बाइबल कलेज ए बि सी – नेपालको संक्षिप्त परिचय
अनलाइन बाइबल कलेज ए बि सी – नेपालको संक्षिप्त परिचय
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
हजमोना रेकर्डिङ स्टुडियो उद्घाटन : फोटो फिचर
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम