नेपालगन्जमा प्रि ख्रिस्टमस कार्यक्रम सम्पन्न
- जीएनएन चर्च वाँकेको आयोजनामा नेपालगंज स्थित मेरो प्लानेट रिसोर्टमा प्रि ख्रिस्टमस महोत्सव तथा सुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
- मुक्तिदाता येशु ख्रिस्टको जन्मोत्सव ख्रिस्टमसको ३ दिन अगाडी बाँकेमा भएका सवै जीएनएन चर्चहरुको सहभागितामा भव्य समारोह विच प्रि ख्रिस्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
जीएनएन चर्च वाँकेको आयोजनामा नेपालगंज स्थित मेरो प्लानेट रिसोर्टमा प्रि ख्रिस्टमस महोत्सव तथा सुभकामना कार्यक्रम सम्पन्न भएको छ । मुक्तिदाता येशु ख्रिस्टको जन्मोत्सव ख्रिस्टमसको ३ दिन अगाडी बाँकेमा भएका सवै जीएनएन चर्चहरुको सहभागितामा भव्य समारोह विच प्रि ख्रिस्टमस शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
सुभकामना कार्यक्रमको अध्यक्षता जीएनएन नेपालका संस्थापक तथा निर्देशक पास्टर प्रवजन शाहीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्त्वहरुलाई पनि निम्त्याइएको थियो । ख्रिस्ट जन्मोत्सवको यो सुभ अवसर ख्रिस्टको जन्म मृत्यु र पुनरुत्थानको सुसमाचार मानिसहरुलाई सुनाउने सु अवसर पनि भएकोले समाजका सवै प्रतिष्ठित व्यक्तिहरुलाई पनि कार्यक्रममा निम्त्याएर शुभकामना आदान प्रदान सहित सुसमाचार पनि सुनाइएको पास्टर शाहीले वताउनुभयो । कार्यक्रमको संचालन पास्टर प्रवजन उपाध्यायले गर्नु भएको थियो भने सहभागी सवै जीएनएन मण्डलीहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । परमेश्वरको वचन वाट वोल्दै पास्टर प्रवजन शाहीले ख्रिस्टको वलिदान त्यसको अर्थ र महत्व वारे प्रस्ट पार्नुभएको थियो ।




त्यसो त जीएनएन परिवार अहिले एक हप्ता देखि नेपालगंजका चोक र सडकहरुमा येशु ख्रिस्टको जन्म र मुक्तिको सुसमाचार प्रचार मा व्यस्त छ । विहान सवेरै पास्टर शाही ख्रिस्टमसका लागि बिशेष गरि सजाइएको आफ्नो गाडी तयार गर्नुहुन्छ र कतिपय रेकर्डेड सामाग्री, गीत, भजन गाडीमा सेट गरिएको माइकमा वजाउन सुरु गर्नुहुन्छ । मण्डलीका अगुवाहरु र साथमा सहयोगीहरु लिनुहुन्छ अनि सुरु हुन्छ ख्रिस्ट जन्मोत्सवको सुसंदेश प्रचार यात्रा । विभिन्न सडक र चोकहरुमा पुग्ने र विभिन्न पत्र पत्रिकाहरु बाँड्ने, मौखिक सुसमाचार सुनाउने, प्रोजेक्टरको माध्यमवाट सुसमाचार मुलक भिडियो र चलचित्रहरु प्रदर्शन गर्ने, गीत भजन र नृत्य अनि सडक नाटकहरु प्रस्तुत गर्ने ।

नेपालगंज जस्तो संवेदनशील स्थानमा एस्तो जोखिम मोल्न डर लाग्दैन भन्ने प्रश्नमा पास्टर शाही भन्नु हुन्छ " आखिर जोखिम मोल्ने परेपछि किन खरावीमा जोखिम मोल्ने ? भलाइमा जोखिम मोल्ने हो । मर्नै पर्यो भने भलाइ गरेर मर्ने ।" वहाँ थप्नुहुन्छ "हाम्रो मण्डलीको नाम नै सुसमाचार मण्डली हो, हाम्रो मण्डलीको दर्शन १ तिमोथी २:४ (सारा जगतका सवै व्यक्तिले येशु ख्रिस्ट नै मुक्तिदाता हुनुहुन्छ भन्ने सत्य सुसमाचार सुन्न पाउन र विश्वाशद्वारा मुक्ति पाई सत्य इश्वरको ज्ञानमा आऊन ।) हो । येही दर्शन लाइ वोकेर प्रभुले दिनु भएको महान आज्ञालाइ पुरा गर्दा आइपर्ने सवै जोखिम मोल्न म र हाम्रो मण्डली तयार भएको हो ।"

प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
खेलकुद वारे बाइबलले के भन्छ
एन.सि.एफ.मकवानपुरले गर्यो आत्मिक सभा सहितको जिल्ला भेला
आधुनिक विज्ञानको उदयमा बाइबलको प्रभाव
हाम्रो जीवनमा परमेश्वरको योजनाको पहिचान
नेपाली क्रिश्चियन समुदायद्वारा संविधान संशोधनसम्बन्धी सरोकार र सुझावसहितको ज्ञापनपत्र पेश







