single page header banner

सुसमाचार भनेको के हो ?

adminsangam adminsangam
शनिबार, माघ 28, 2080
Social buttons loaded
समाचार सारांश
  • परिचय सुसमाचार भनेको मानिसहरूलाई येशू ख्रीष्ट बारेमा सिकाउने वा भन्ने कार्य वा अभ्यास हो ।
  • यो एक मिशन पनि हो जुन हरेक ख्रीष्टियानहरुलाई पूरा गर्न बोलाइन्छ ।

परिचय

सुसमाचार भनेको मानिसहरूलाई येशू ख्रीष्ट बारेमा सिकाउने वा भन्ने कार्य वा अभ्यास हो । यो एक मिशन पनि हो जुन हरेक ख्रीष्टियानहरुलाई पूरा गर्न बोलाइन्छ । त्यसकारण, सुसमाचार भनेको संसारको मुक्तिको लागि, क्रुसमा पापहरू झुण्ड्याएर, मानवताको लागि येशू मर्नुभयो भन्ने सुसमाचार  हो । र त्यो, धर्मशास्त्र अनुसार, परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो, स्वर्गमा उक्लनुभयो, पिताको दाहिने हातमा सिंहासनमा हुनुहुन्छ ।  यूहन्ना १ः१२, यूहन्ना ११ः२५ 

सुसमाचार शब्दको उत्पत्ति र अर्थ

सुसमाचार शब्द ग्रीक भाषाको शब्द युआङ्गेलोन वा युआङ्गेलोस (εὐαγγέλιον)बाट आएको हो । यो शब्द युआङ्गेलोन (εὐαγγέλιον) दुई शब्दहरुको समिश्रणबाट निमार्ण भएको शब्द हो । यु (εὐ) यो अक्षर संरचनाको बिशेषण हो र जसको अर्थ असल वा राम्रो भन्ने हुन्छ । अर्को शब्द आङ्गेलोन वा आङ्गेलोस (αγγέλιον ) अक्षर संरचनाको नाम हो र जसको अर्थ सन्देश, सुचना वा समाचार पठाउनु भन्ने हुन्छ । 

सुसमाचारको साराँश 

सारांशमा सुसमाचार यो नै हो । पवित्र शास्त्रमा अरू कतै पनि यति छोटकरीमा सुसमाचारको सारांश दिइएको पाइँदैन । तसर्थ यो ज्यादै महत्वपूर्ण खण्ड हो । सही सुसमाचार जान्नु आवश्यक छ किनकि मुक्ति पाउने एउटै मात्र उपाय यही हो (१ कोरिन्थी १५ः२) । सही सुसमाचारलाई पक्रनु आवश्यक छ किनकि हरेक झूटा सुसमाचार परमेश्वरको श्रापमुनि छ भनेर पावलले चेताउनी दिएका छन् (गलाती १ः६–९)। हामीले सही सुसमाचारलाई जान्नु आवश्यक छ किनकि येशूले हामी हरके प्राणीलाई सुसमाचार प्रचार गर्नू भन्ने आज्ञा दिनुभएको छ (मर्कूस १६ः१५)। सुसमाचारको यो प्रस्तुतिचाहिँ पावलले विश्वासीहरूलाई गरेका हुन् (१ कोरिन्थी १५ः१) । यसले हामीलाई यो सिकाउँछ कि नयाँ विश्वासीहरूले सुसमाचार राम्ररी सिक्नुपर्छ ताकि उनीहरू यसका सत्यताहरूमा व्यक्तिगत रूपमा जग बसालिएको हुन सकून् र अरूहरूलाई प्रचार गर्न सकून् । साथै यसले यो पनि सिकाउँछ कि पुराना विश्वासीहरूले सुसमाचार झन् झन् राम्ररी सिक्नुपर्छ । हामी सुसमाचारको बारेमा सिकेर कहिल्यै भ्याउनेछैनौं । १ कोरिन्थी १५ को यस महŒवपूर्ण खण्डले सुसमाचार सम्बन्धी एक–एक आधारभूत सत्यतालाई समेट्दछ ।

सुसमाचारको सत्यता

ख्रीष्टको सुसमाचारका मुख्य तीन भाग छन् ः

१.पवित्र शास्त्रमुताविक मर्नुभयो (१ कोरिन्थी १५ः३)।

येशू नै पुरानो नियममा प्रतिज्ञा गरिनुभएको ख्रीष्ट हुनुहुन्छ । “ख्रीष्ट” भन्ने नाउँ “अभिषिक्त जन” भनी जनाउने ग्रीक शब्द हो । हिब्रूको “मसीह” भन्ने शब्दको उही अर्थ हुन्छ (भजनसग्रह २ः२; १३२ः१७ )। येशू अभिषिक्त अर्थात् चुनिएका जन हुनुहुन्छ । मसीह संसारमा पहिलो पटक आउनुहुँदा मानिसका पापका लागि मर्नुहुनेछ भन्ने कुरा (दनिएल ९ः२५–२६) अनि उहाँ पछि फेरि आउनुहुनेछ र दाऊदको सिंहासनबाट शासन गर्नुहुनेछ र पथ्वीमा परमेश्वरको राज्य स्थापना गर्नुहुनेछ (यशैया ९ः६–७) भन्ने कुरा अगमवक्ताहरूले बताएका थिए ।

२.ख्रीष्ट मर्नुको कारण ध्यान दिनु

हाम्रा पापहरूका निम्ति । मान्छे पापी छ र उसले परमेश्वरको व्यवस्थालाई भङ्ग गरेको छ । सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित हुनगएका छन् (रोमी ३ः२३), र पापको ज्याला मृत्यु हो (रोमी ६ः२३) । उक्त मूल्य हाम्रो निम्ति ख्रीष्टले तिरिदिनुभयो । मुक्ति सट्टापट्टाको एउटा कारोवार हो । ख्रीष्टले हाम्रो पाप लिदिनुभयो र हामीले चाहिँ उहाँको धार्मिकता लिन्छौं (२ कोरिन्थी ५ः२१)। बाइबलले भने जस्तै गरी आफू पापी हुँ भनी स्वीकार नगरेसम्म कसैले पनि मुक्ति पाउन सक्दैन ।

३. पवित्र शास्त्रहरूमुताविक पुनरुथान  यसले चाहिँ उहाँको मृत्युलाई एकदम विस्तृतरूपमा बयान गर्ने ती अचम्मका भविष्यवाणीहरूलाई जनाउँदछ। ती भविष्यवाणीहरू येशू जन्मनुभन्दा सयौं वर्ष अगाडि लेखिएका थिए। तीमध्ये दुईचारओटालाई भजनसंग्रह २२ बाट तल उल्लेख गर्दछौंः येशू क्रूसीकरणद्वारा मारिनुहुनेछ भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२ः१४–१६; यूहन्ना १९ः१६–१८) । क्रूसीकरणको मृत्युको यो हु–बहु बयान हो जुनचाहिँ दाऊद अगमवक्ताले ख्रीष्टभन्दा १००० वर्षअघि नै लेखे जुनबेला क्रूसीकरणको चलन आएकै थिएन । यो त रोमी साम्राज्य कालमा अर्थात् येशू जन्मनुभन्दा केही वर्ष अगाडिदेखि मात्र चलनमा आएको थियो ।

१.            हत्याराहरू र डाँकाहरूलाई दण्ड दिन रोमी सरकारले तिनीहरूका हात र पाउलाई काठको क्रूसमा काँटीले ठोकेर मर्नलाई छाडिदिन्थे ।

२.             सिपाहीहरू क्रूसको फेदमा येशूको वस्त्रका लागि चिठ्ठा खेल्नेछन् भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसङ्ग्रह २२ः१८) । येशूले पीडा भोगिरहनुहुँदा निर्दयी सिपाहीहरूले त्यसै गरे (मत्ती २७ः३५) ।

३.            येशूले क्रूसबाट उच्चारण गर्नुहुने शब्दहरूलाई पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो भजनसंग्रह २२ः१; मत्ती २७ः४६) ।

४.           येशू तिर्खाउनुहुनेछ भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसंग्रह २२ः१५; यूहन्ना १९ः२८) ।

५.            उहाँलाई मानिसहरूले गिल्ला गर्नेछन् भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसंग्रह २२ः६–८; मत्ती २७ः३९,४१–४३) ।

६.           मानिसहरू बसेर उहाँलाई एकटक लाएर हेर्नेछन् भनेर पवित्र शास्त्रले भविष्यवाणी गरेको थियो (भजनसंग्रह २२ः१७; मत्ती २७ः३६) ।

७.           ख्रीष्ट गाडिनुभयो (१ कोरिन्थी १५ः४) ।

उहाँको गडाइले उहाँ साँच्चै मर्नुभयो भनेर प्रमाणित गर्छ । उहाँ कुनै–कुनै झूटा शिक्षकहरूले भनेजस्तै केवल मुर्छा खानुभएको वा मरेको जस्तै मात्र देखिनुभएको थिएन । सिपाहीहरूले येशूका खुट्टाहरूलाई नभाँच्नुको कारण यो थियोः उहाँ मरिसक्नुभएको थियो     (यूहन्ना १९ः३१–३४) । उहाँको गडाइ हुँदा भविष्यवाणी पूरा हुन गयो । यो “पवित्र शास्त्रहरूमुताविक” भएको थियो । येशू एकजना धनी मानिसको चिहानभित्र गाडिनुहुनेछ भनेर बाइबलले भविष्यवाणी गरके ो थियो     (यशैया ५३ः९) । येशू जन्मनुभन्दा ७१० वर्ष अगाडि लेखिएको यो भविष्यवाणी त्यो बेला पूरा भयो जब एकजना धनी चेला आएर येशूलाई क्रूसबाट तल झारे र आफ्नै चिहानमा गाडे (मत्ती २७ः५७– ६०) ।

क.           ख्रीष्ट पवित्र शास्त्रहरूमुताविक बौरिउठ्नुभयो (१ कोरिन्थी १५ः४) ।

ख.         उहाँको बौरिउठाइको भविष्यवाणी भजनसंग्रह १६ः१० मा गरिएको थियो । येशू आउनुभन्दा यो १००० वर्ष अगाडि लेखिएको थियो ।

उहाँको बौरिउठाइले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर प्रमाणित ग¥यो (रोमी १ः४) । येशूले

आफू तेस्रो दिनमा बौरेर उठ्ने भविष्यवाणी गर्नुभएको थियो (मत्ती १६ः२१) अनि यदि उहाँ नबौरनुभएको भए उहाँ झूटा अगमवक्ता ठहरिनुहुनेथ्यो र आफू परमेश्वरको पुत्र भएको उहाँखो दाबी झूटा ठहरिने थियो ।

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

संगम श्रेष्ठ
संगम श्रेष्ठ
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम