जयमशी
डुनामिसमा प्रभावकारी प्रार्थनाबारे पाँचदिने विशेष कक्षाहरु सुरु हुंदै (निशुल्क)
डुनामिस सेवाको विधालयका निर्देशक मुकेश तामाङका अनुसार कक्षामा सहभागीहरूले प्रार्थना के हो, किन आवश्यक छ, कसरी गर्ने, विभिन्न प्रकारका प्रार्थनाहरू के-के हुन् तथा तिनका बाइबलीय सिद्धान्तहरूबारे विस्तृत शिक्षा प्राप्त गर्नेछन् । साथै, प्रभावकारी प्रार्थनाले व्यक्तिगत जीवन, सेवकाइ तथा मण्डलीमा ल्याउने परिवर्तनका विषयमा पनि छलफल गरिने जनाइएको छ ।

