डुनामीस वाइवल विधालयमा विहानी कक्षा पनि सुरु हुने
- विगत लामाे समय देखि अगुवाहरुलाइ सुसज्जित र शशक्तिकरण गर्दै मण्डली निर्माणमा सहायता गरिरहेकाे डुनामिस वाइवल स्कुलमा विहानी कक्षा पनि सुरु हुने भएकाे छ ।
- यहि भदाै १७ गतेबाट कक्षाहरु सुरु हुन गैरहेकाे र कक्षा विहान ६:२० देखि ९:३० सम्म सञ्चालन हुने विधालयका निर्देशक मुकेश तामाङ्गले जानकारी दिनुभयाे ।
विगत लामाे समय देखि अगुवाहरुलाइ सुसज्जित र शशक्तिकरण गर्दै मण्डली निर्माणमा सहायता गरिरहेकाे डुनामिस वाइवल स्कुलमा विहानी कक्षा पनि सुरु हुने भएकाे छ । यहि भदाै १७ गतेबाट कक्षाहरु सुरु हुन गैरहेकाे र कक्षा विहान ६:२० देखि ९:३० सम्म सञ्चालन हुने विधालयका निर्देशक मुकेश तामाङ्गले जानकारी दिनुभयाे । कक्षाहरु ६ महिना काे हुने पनि वहाँले वताउनु भयो ।
यस अघि विधालयले वर्षकाे एक पटक दिवा कक्षा सञ्चालन गर्ने गरेकाे थियाे । गत अगस्ट १ तारिखमा दिवा कक्षा अन्तरगतकाे १६ औँ व्याचकाे दिक्षान्त समाराेह सम्पन्न भएकाे थियाे भने ३ वर्षे डिग्री काेर्ष अन्तरगत दाेश्राे व्याचका कक्षाहरु साँझ ५ वजे देखि ७:३० वजे सम्म निरन्तर सञ्चालन भैरहेकाे छ ।
किन विहानकाे कक्षा सुरु गर्नु पर्याे भन्ने प्रश्नकाे उत्तर दिंदै निर्देशक तामाङ्ग भन्नुहुन्छ `विभिन्न काम र सेवाकाइमा व्यस्त अगुवा तथा विश्वासीहरुले दिवा कक्षामा सहभागी हुन नसकेकाे गुनासाे गरेपछी वहाँहरुकाे अनुराेधलाई ध्यान दिएर याे बिहानकाे कक्षा सुरु गरिएकाे हाे ।´ परमेश्वरकाे वचन द्वारा शशक्त र सुसज्जित हुन चाहानुहुने सम्पुर्ण विश्वासी तथा सेवकहरुलाइ डुनामीस वाइवल विधालयका यी कुनै पनि कक्षाहरुमा जाेडिएर भरमग्दुर फाइदा लिन वहाँले आग्रह गर्नुभयाे ।
प्रतिक्रिया
सम्बन्धित खबर
यो पनि पढौँ
छुटाउनुभयो कि ?
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
जीवनभरकोे लागि विवाह : दिक्षान्त समाराेह सम्पन्न (तस्बिरहरु सहित)
अल्पसंख्यक ख्रीष्टियन समुदाय र मिसन पत्रकारिता
UNNCC द्वारा NCFN को नवनिर्वाचित नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना
मैले चिनेको स्व. पास्टर रामचन्द्र गौतम
सामाजिक सञ्जालमा पत्रकार अपिल त्रीपाठीकाे चर्काे विरोध सुरु भएकाे छ
संयुक्त नागरिक पार्टी : संक्षिप्त परिचय
गुड फ्राइडे र इस्टर सण्डेको सन्देश महत्वपूर्ण छ







