single page header banner

सन्निकट NCS महाधिवेशन : भव घलेको शुभकामना, समिक्षा, चुनौति र सुझाव I

Pramodkhadka Pramodkhadka
सोमबार, फाल्गुन 4, 2081
Social buttons loaded
समाचार सारांश
  • NCSको आगामी महाधिवेशनको सन्दर्भमा संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNITED NATIONAL NEPALI CHURCH COUNCIL) का संयोजक भव घलेले इतिहासको सामान्य समिक्षा वर्तमानको अवस्था र भावी चुनौतीहरुवारे चर्चा गर्दै महाधिवेशन सफलताको सुभकामना ब्यक्त गर्नु भएको छ I भव घलेले ३० वर्ष अघि एउटा लेखमा औंल्याएको एकताको आवश्यकता र आशाहरू उल्लेख गर्दै आजको सन्दर्भमा इसाई समाजको समिक्षा गर्ने प्रयास गर्नुभएको छ I उहाँले समाजको प्रारम्भिक नेतृत्व, विशेषतः डा.
  • तिर्थ थापाको योगदानलाई स्मरण गर्नुभएको छ र समाजले नेपाली चर्च एकता कायम राख्न, समस्या तथा चुनौति सम्बोधन गर्न, र समाजलाई सकारात्मक रूपले अघि बढाउन गरेको प्रयासको सराहना गर्नुभएको छ ।

NCSको आगामी महाधिवेशनको सन्दर्भमा संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद (UNITED NATIONAL NEPALI CHURCH COUNCIL) का संयोजक भव घलेले इतिहासको सामान्य समिक्षा वर्तमानको अवस्था र भावी चुनौतीहरुवारे चर्चा गर्दै महाधिवेशन सफलताको सुभकामना ब्यक्त गर्नु भएको छ I

भव घलेले ३० वर्ष अघि एउटा लेखमा औंल्याएको एकताको आवश्यकता र आशाहरू उल्लेख गर्दै आजको सन्दर्भमा इसाई समाजको समिक्षा गर्ने प्रयास गर्नुभएको छ I उहाँले समाजको प्रारम्भिक नेतृत्व, विशेषतः डा. तिर्थ थापाको योगदानलाई स्मरण गर्नुभएको छ र समाजले नेपाली चर्च एकता कायम राख्न, समस्या तथा चुनौति सम्बोधन गर्न, र समाजलाई सकारात्मक रूपले अघि बढाउन गरेको प्रयासको सराहना गर्नुभएको छ । वहाले नेपालका चर्च तथा ख्रीष्टियन समुदायको एकता, सहकार्य, र भावी मार्गको लागि नेपाल ईसाई समाज (Nepal Christian Society) को स्थापनाको उद्देश्य र प्रभाव, र अहिलेको अवस्थामा समाजले खेलेको भूमिकाको समिक्षा र प्रकाश पार्नुभएको छ।

३० वर्ष अगाडी लेखिएको त्यो आलेख र आजको अवस्था

निकट भविष्यमै NCS को महाधिवेसन सम्पन्न हुदै गरेको परिस्थितिमा ३० वर्ष अगाडी आफैले लेखेको चर्च र ईसाई समुदाय विचको एकतावारेको लेख (जुन संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद्को धोषणा पत्रमा पनि उल्लेख छ ) पढेको र ३० वर्ष अघि २६ वर्षको युवा अवस्थामा आफैले लेखेको त्यो लेख पढेर निक्कै रोमान्चित भएको स्मरण गर्दै भव घले भन्नुहुन्छ “मलाई थाहा छ त्यो लेखको अन्तिम निष्कर्ष थियो आदर्णिय डा तिर्थ थापा ज्यूको संयोजकत्व तथा नेतृत्वमा नेपाल ईसाई समाज जन्मिसकोको वा जन्मिन्दै गरेको अवस्था थियो र यस नेपाल ईसाई समाज नै एक मात्र ईसाई समाज र एकताको लागि छाता संस्था हुनेछ जस्ले सम्पूर्ण नेपाली चर्च तथा ख्रीष्टियन समुदायलाई एकै प्लाटफर्ममा र एउटै छानामुनि समेटेर लानेछ र लान सक्नेछ I सम्पूर्ण नेपाली चर्च तथा ख्रिष्टियन समुदायलाई एक ढिक्का बनाउनेछ र नेपाली चर्चको पक्षमा आवाज उठाउने, संयुक्त राष्ट्रिय दर्शनका साथ एकता, मिलाप, प्रेममा र सहकार्य गर्दै नेपाली चर्चका बिबिध समस्या र चुनौतिहरुलाई सम्बोधन गर्दै नेपाली चर्चलाई व्यबस्थित, शुरक्षित, सम्बर्धन्, प्रवर्धन, मार्गदर्शन गर्नेछ र नेपाली चर्चले हरेक क्षेत्रमा आत्मिक, सामाजिक, आर्थिक र राजनितिक क्षेत्रमा प्रभुको राज्य र महिॅमाको लागि चौतर्फी सकरात्मक प्रभाव ल्याउनेछ भन्ने समग्र सम्पूर्ण नेपाली ईसाई समुदायको सकरात्मक अपेक्षा र आशा हुनु स्वभाविक थियो। त्यो अपेक्षा र आशा नेपाल ईसाई समाज (Nepal Christian Society) ले कतिको र कहा सम्म पुरा गर्न सक्यो वा सकेन, यस्को उचित र ईमान्न्दारीता साथ मुल्यंकन र समिक्षा नेपाली ईसाई समुदायले, ईतिहासले, र पर्मेश्वर स्वयंले नै गर्नुहुनेछ I”

NCSमहाअधिबेशनको लागि प्रार्थना गरें र संयुक्त राष्ट्रिय नेपाली चर्च परिषदको घोषणा पत्रमा उल्लेखित ठिक ३० बर्ष अगाडिको एकताको बारे लेखेको लेखहरु मध्ये २६ बर्षको युवा अवास्थामा आफैले लेखेको अन्तिम लेख एक पटक पढें ।

तर ३० बर्ष अगाडी एकताको बारे एक २६ बर्षिय युवकले लेखेको त्यो पुरानो लेखलाई उक्त युवक लेखकले ५६ बर्ष पछि फेरी फर्केर हेर्दा नेपाली चर्चको एकताको अवस्था, समस्या र चुनौतिहरुमा केहि ठोस फरक वा परिवर्तन भएको जस्तो अहिले पनि नलागेको भन्दै संयोजक घले भन्नुहुन्छ “तर एउटा राम्रो कुराको बिकास चाहि भएको जस्तो लाग्यो, नेपाल ईसाई समाज जन्मे पछि स्थानिय स्तरमा सम्भवत प्रत्येक जिल्ला, गाउं/नगर पालिका, प्रदेशहरुमा ईसाई एकता/समाजको रुपमा संगठित भएर राम्रो एकता र सहकार्य भईरहेको देखिन्छ।”

दुइ गम्भीर सरोकार र चुनौती

ईसाई एकता, केन्द्र र प्रदेशमा भन्दा जिल्ला र स्थानिय गाउ तथा नगरमा राम्रो र बलियो देखिएको र यो राम्रो र उत्साहाजनक रहेको भन्दै भव घले चुनौति र प्रश्नहरु सहित ध्यानआकर्षण गराउनुहुन्छ ” ति जिल्ला तथा स्थानिय समाज वा एकता कानुनी रूपमा स्थानिय तहमा नै औपचारिक र कानुनी रूपमा प्रकृया पुर्याएर काम गरिहेको छ भन्ने लाग्छ । यसो भनिरहदा एउटा जटिल प्रश्न स्पस्ट रुपले खडा हुन्छ की ती आघिकारिक, औपचारिक, स्वत स्फुर्त रूपले जन्मेका र गठन भएका र सरकारबाट मान्यता प्राप्त ती गाउं, नगर, जिल्ला र प्रदेश समाज/एकता नेपाल ईसाई समाज (NCS)मा आबध्द हुन् या होईनन ? यदि हो भने यो अति उत्तम कुरा हो, हुनु पर्नै नै त्यसरीनै हो, होईन भने यो चुनौतिलाई कसरी समेटेर वा संबोधन गरेर लान सकिन्छ ? नेपाल ईसाई समाज (NCS) , नेपाल राष्ट्रिय मण्डली संगति (NCFN), नेपाल राष्ट्रिय ईसाई महासंघ (FNCN) जस्ता एकताको नाममा केन्द्रबाट जन्मेका र दर्ता भएका ख्रीष्टियन संघ, संस्था, महासंघ, समाज, संगतिहरुले समग्र रुपमा सम्पूर्ण मूलधारका नेपाली चर्च तथा खृीष्टियन समुदायलाई समेट्न सकेका छन् ? “

अर्को निकै गम्भीर सरोकारको बिषय भन्दै वहाले भन्नुभयो यि संघ, संस्था र महासंघ जस्ता कुनै पनि निकायले स्थानिय गाउ, नगर, प्रदेशमा फेरी आ-आफ्नै छुट्टा छुट्टै समाज, संगती, महासंघ आदी गठन र दर्ता गर्ने काम गरिन्दैछ ? यी तिनै वटा नेपालका चर्च तथा ख्रीष्टियन समुदायको प्रतिनीधि संघ संस्थाहरुका गतिविधिहरुका कारण केन्द्रमा जे जस्तो भए पनि स्थानिय गाउ, नगर, जिल्ला, प्रदेशमा स्वत स्फुर्त रूपमा निर्माण भएर जम्दै गईरहेको पवीत्र एकता र असल सहकार्यलाई कुनै पक्ष र कसैले कुनै हालतमा पनि विथोल्ने र फुटाउने काम नहोस् भन्ने चेतावनी सहित वहा थप्नुहुन्छ : “सकिन्छ भने वहांहरुले पनि समेट्न नसकेका र टुटेका, फुटेका र छुटेकालाई समेत समेटेर एउटै प्लाटफर्ममा ल्याउने काम गरी स्थानिय एकताहरुलाई राष्ट्रीय एकतामा जोडी प्रभावकारी रूपमा सहकार्य गर्ने प्रयास हुन सकोस् । संयुक्त राष्ट्रिय चर्च परिषद्ले यस महत्वपूर्ण कार्य तथा अभियानमा सहकार्य र साथ दिनेछ र दिदै आईरहेकोछ”

NCS हामी सबै नेपाली चर्च तथा खृष्टियन समुदायको हो, हुनु पर्छ, बनाउनु पर्छ र रहनु पर्छ

अन्त्यमा, घलेले संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद् (NCS) को लागि प्रार्थना र सफलताको कामना गर्दै नेपाली चर्चहरूलाई प्रेम, मिलाप, र एकतामा अगाडि बढ्न प्रेरित गर्नुभएको छ । वहाँ भन्नुहुन्छ “NCS हामी सबै नेपाली चर्च तथा खृष्टियन समुदायको हो, हुनु पर्छ, बनाउनु पर्छ र रहनु पर्छ। यो समग्र सम्पूर्ण नेपाली चर्चको पक्षमा सबै संग मिलेर, प्रेम, मिलाप र एकतामा सहकार्य गर्दै जानु पर्छ, NCS, NCS नै हो, NCS नै हुनु पर्छ, NCS नै भएर रहनु पर्छ र NCS, NCS कै रूपमा अगााडी बढ्नु पर्छ, NCS लाई NCS नै बनाउनु पर्छ । भविस्यमा NCS ले राम्रो उदारबादी, दर्शनकारी, परिपक्क, जिम्मेवारी, ईमान्दार, चरित्रवान, बौध्दिक, योग्य, निष्ठावन, प्रभु र नेपाली चर्च प्रती जवाफदेही भएर सबैलाई र सबै संग सहकार्य गर्न सक्ने, निशेध, प्रतिकार, प्रतिशोध र बहिस्कार जस्ता भावना र बिचार नभएको, पर्मेश्वरको डरमा रहेर काम गर्ने समर्पित अगुवा तथा नेत्रत्व सहित निरन्तर अगाडि बढ्न सकोस्। परिषद्को तर्फबाट पर्मेश्वरको हार्दिक आशिर्बाद सहित सफलताको शुभकामना” !

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
के परमेश्वर वास्तवमा नै हुनुहुन्छ ? ( परमेश्वरको अस्तित्व माथि गरिएको प्रश्न माथि बाइबलीय जबाफ)
सातै प्रदेशका लागि जागृतिको प्रार्थना कार्यक्रम सम्पन्न
सातै प्रदेशका लागि जागृतिको प्रार्थना कार्यक्रम सम्पन्न
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
नेपाली मण्डली इतिहासमा डेविड र प्रेमि मुखिया
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार  ख्रीष्टको लागि शहीद भए
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार ख्रीष्टको लागि शहीद भए
३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न
३ महीने आधारभुत साइट सिङ्गिङ्ग र स्टाफ नाेटेसन काेर्स तालीम सम्पन्न
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
भुटानी शरणार्थीको जीवनमा आधारित चलचित्र ‘सम्हालिएको जाती’ चाँडै दर्शकमाझ आउँदै
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
मेरो बलले र शरीरले साथ दिएसम्म परमप्रभुको नै सेवा गर्नेछु – वरिष्ठ पास्टर अब्दियल मुखिया
रेभ. तेज रोक्का
रेभ. तेज रोक्का
<strong>ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?</strong>
ख्रीष्टियानहरूले येशूलाई किन परमेश्वर भन्छन् ?
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम