Featured News

धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
संविधान संशोधन, हाम्रो कर्तव्य अनि ​अधिकार
संविधान संशोधन, हाम्रो कर्तव्य अनि ​अधिकार
एपी पार्टि र नागरिक पार्टि विच एकीकरण : यस्तो बन्यो नयाँ कार्यसमिति (नाम लिस्ट सहित)
एपी पार्टि र नागरिक पार्टि विच एकीकरण : यस्तो बन्यो नयाँ कार्यसमिति (नाम लिस्ट सहित)
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव
मिसन ८४ को लागि तयारी गर्दै अगाडी बढ्न भव घलेको सुझाव

Posts List

Posts Slider

Health

जीवनको सन्तुलन: चट्टान, ढुङ्गा र बालुवा
जीवनको सन्तुलन: चट्टान, ढुङ्गा र बालुवा
  • पास्टर निकानोर तामांग

हालै मैले एक धर्मप्रचारकको धेरै नै सुन्दर र विचारणीय उपदेश सुन्ने अवसर पाएँ, जसले मलाई जीवनका प्राथमिकताहरू बुझ्न एउटा नयाँ दृष्टिकोण दियो। उहाँले जीवनलाई तीन भागमा विभाजित गर्ने एउटा अद्भुत अवधारणा बाँड्नुभयो—चट्टान, ढुङ्गा र बालुवा।

१. चट्टान (Rock): यो हाम्रो जीवनको सबैभन्दा बलियो आधार हो—ती कुराहरू जुन सबैभन्दा आवश्यक छन् र जसमा हामी कुनै पनि परिस्थितिमा सम्झौता गर्न सक्दैनौँ। प्रभु येशू ख्रीष्टमा मेरो विश्वास मेरो जीवनको सबैभन्दा ठूलो चट्टान हो। यसका साथै मैले मेरो परिवार, मेरो स्वास्थ्य र मेरो आर्थिक सुरक्षालाई पनि यसै चट्टानमा स्थापित गरेको छु।

२. साना ढुङ्गाहरू (Pebbles): यी ती कुराहरू हुन् जुन जीवनका लागि महत्त्वपूर्ण त छन्, तर मुख्य प्राथमिकता भने होइनन्। यसमा ती कामहरू पर्छन् जुन हामी आफ्नो इच्छा र समय अनुसार गर्छौँ—जस्तै कसैले बोलाउँदा प्रार्थना गर्न जानु, कतै वक्तव्य दिनु वा कुनै लेख लेख्नु। यी कामहरू अर्थपूर्ण छन्, तर चट्टानको मूल्यमा कहिल्यै होइनन्।

३. बालुवा (Sand): यसमा ती कुराहरू पर्छन् जसको हाम्रो जीवनमा कुनै खास महत्त्व हुँदैन। ती कुराहरू पूरा भए पनि ठीकै छ, नभए पनि कुनै हानि हुँदैन। यस श्रेणीमा मैले व्यर्थका कुराहरू सुन्न, अनावश्यक मानिसहरूलाई भेट्न र बिना वजह चिन्तामा अल्झिन पूर्ण रूपमा छाडिदिएको छु।

हाम्रो सबैभन्दा ठूलो समस्या के हो भने हामी बालुवा जस्ता बेकारका कुराहरूलाई प्राथमिकता दिन्छौँ र चट्टान जस्ता सबैभन्दा महत्त्वपूर्ण कुराहरूलाई पछाडि छाडिदिन्छौँ।

आजै आफ्ना प्राथमिकताहरू बदल्नुहोस् ! जुन कुरा कहिल्यै बदलिँदैन त्यसलाई चट्टानमा लेख्नुहोस्, आफ्ना कामहरूलाई ढुङ्गाहरूमा राख्नुहोस् र बेकारका कुराहरूलाई बालुवामा बग्न दिनुहोस्। यसो गर्नाले तपाईंको जीवनमा अद्भुत शान्ति र आशिष् आउनेछ। आमेन !

आत्मिकी लडाइँ र ख्रीष्टमा विजय (प्रार्थना शृंखला – भाग ३)
आत्मिकी लडाइँ र ख्रीष्टमा विजय (प्रार्थना शृंखला – भाग ३)
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
आराधना हाम्रो जीवनशैली हुनुपर्छ : मुकेश तामाङ्ग
महापाप विरुद्ध सतिसाल झैं एक्ला अभियन्ता
महापाप विरुद्ध सतिसाल झैं एक्ला अभियन्ता

Economy

सरकार, राजनीति र परमेश्वरको राज्य: मण्डलीको भूमिका र रणनीति
सरकार, राजनीति र परमेश्वरको राज्य: मण्डलीको भूमिका र रणनीति

मुकेश तामांग, निर्देशक, डुनामिस नेपाल

भूमिका

हाम्रो समाजमा राजनीतिलाई प्रायः ‘फोहोर खेल’ (Dirty Game) को रूपमा हेर्ने गरिन्छ। धेरै मानिसहरू, यहाँसम्म कि विश्वासीहरू पनि, राजनीति र सरकारको विषयबाट टाढै रहन रुचाउँछन्। तर, के राज्य सञ्चालन र राजनीतिको अवधारणा वास्तवमै धर्मशास्त्रको विपरीत छ त? बाइबलको गहिरो अध्ययन गर्ने हो भने, सरकार र राज्य सञ्चालनको मूल अवधारणा परमेश्वरबाटै आएको पाइन्छ। समाजका हरेक क्षेत्रमा—विशेषगरी सरकार र राजनीतिमा—परमेश्वरको राज्य र उहाँको धार्मिकता स्थापित गर्नु आजका विश्वासीहरूको महत्त्वपूर्ण बोलावट हो। यस लेखमा हामी सरकार, राजनीति र त्यसमा विश्वासीहरूले खेल्नुपर्ने भूमिकाका साथै रूपान्तरणका रणनीतिहरूबारे चर्चा गर्नेछौं।

राजनीति र राज्य सञ्चालनमा ईश्वरीय प्रबन्ध

हितोपदेश ८:१५-१६ ले स्पष्ट रूपमा भन्छ, “मेरो सहायताद्वारा राजाहरूले राज्य गर्छन्, र शासकहरूले न्यायको कानुन बनाउँछन्। मेरो सहायताद्वारा राजकुमारहरू र कुलीनहरूले, अर्थात् पृथ्वीका सबै न्यायकर्ताहरूले शासन गर्दछन्।” यस खण्डले राज्य सञ्चालन गर्ने नीति र न्यायको कानुन निर्माण गर्न परमेश्वरले नै राजाहरूलाई बुद्धि दिनुहुन्छ भन्ने तथ्यलाई प्रमाणित गर्छ। संसारका राज्यहरू परमेश्वरको नियन्त्रणभन्दा बाहिर छैनन्; बरु, येशू ख्रीष्ट यसै पृथ्वीमा राज्य गर्न आउनुभएको हो। जसरी थोरै खमिरले पूरै पिठोलाई खमिरमा परिणत गर्छ, त्यसरी नै विश्वासीहरू पनि समाजका प्रभावकारी क्षेत्रहरू (पहाडहरू) मा गएर परमेश्वरको राज्यको खमिर बन्नुपर्छ।

विगतमा अगुवा भन्नाले सुट-बुट लगाएर अगाडि उभिएर भाषण गर्ने व्यक्ति भन्ने बुझिन्थ्यो। तर, येशूले आफ्ना चेलाहरूका खुट्टा धोएर साँचो अगुवापनको चित्रण गर्नुभयो। सरकार र राजनीतिमा प्रवेश गर्नु भनेको शासक बन्नु मात्र होइन, तर येशूले जस्तै साँचो सेवक बनेर जनताको सेवा गर्नु हो।

स्वर्गको राज्य पृथ्वीमा: हाम्रो अधिकार र प्रतिज्ञा

बाइबलले भन्छ कि सात वर्षको संकष्टकाल समाप्त भएपछि आरमागेडोनको युद्ध हुनेछ। त्यहाँ शैतान र उसका झुटा अगमवक्ताहरू पराजित भएपछि, यस पृथ्वीमा हजार वर्षको शान्तिपूर्ण राज्य सुरु हुनेछ, जहाँ सिंहले पनि घाँस खानेछन्। लूकाको पुस्तकअनुसार, महिमाको शरीरमा विश्वासीहरूले त्यहाँ राजाहरूको रूपमा शासन गर्नेछन्। तर, त्यो भविष्यको कुरा मात्र होइन; येशूले हामीलाई “तपाईंको इच्छा जस्तो स्वर्गमा छ, त्यस्तै यस पृथ्वीमा पूरा होस्” भनेर प्रार्थना गर्न सिकाउनुभएको छ। कनान देश र अदनको बगैंचा स्वर्गकै छाया थिए। परमेश्वर चाहनुहुन्छ कि मानिसहरूले उहाँका सन्तानहरूमार्फत यसै पृथ्वीमा स्वर्गको सुशासनको स्वाद चाख्न पाऊन्।

भजनसंग्रह २:१-४ र ८ अनुसार, जब दुष्ट शासकहरू परमेश्वरको विरुद्धमा उठ्छन्, स्वर्गमा विराजमान परमेश्वर हाँस्नुहुन्छ। उहाँले आफ्ना जनहरूलाई भन्नुहुन्छ, “मसँग माग, र म तँलाई जाति-जातिहरू तेरो उत्तराधिकारको रूपमा र पृथ्वीको पल्लो छेउसम्म अधिकार दिनेछु।” गलाती ३:१३ अनुसार हामी अब्राहामका सन्तान हौं र यो प्रतिज्ञा हाम्रो पनि हो। हामीले आधिकारिक रूपमा आफ्नो राष्ट्र र सहरहरूलाई परमेश्वरको हातमा सुम्पिँदै अधिकार दाबी गर्नुपर्छ।

इतिहासका साक्षी: राज्य रूपान्तरणमा विश्वासीहरू

बाइबलको इतिहास हेर्ने हो भने, जब धर्मी मानिसहरू अधिकारमा पुगे, राष्ट्रहरूले फलिफाप र शान्तिको अनुभव गरे। मिश्र देशमा योसेफ प्रधानमन्त्री जस्तो उच्च पदमा पुग्दा उनको बुद्धिको कारणले गर्दा मिश्रले ठूलो अनिकालबाट संसारलाई नै बचाउन सक्यो। राजा दाऊद र सोलोमनको पालामा इस्राएलले सुशासन र शान्ति देख्यो। रानी एस्तरको साहसिक कदमले सिङ्गै यहूदी राष्ट्र जोगियो।

त्यसैगरी, बेबिलोनमा दानिएल, सद्रक, मेशक र अबेदनगोले परमेश्वरको उत्कृष्ट बुद्धि प्रदर्शन गरे। उनीहरूको ज्ञान र पवित्र आत्माको अगुवाइलाई देखेर तत्कालीन राजाहरूले पनि दानिएलको परमेश्वरलाई ‘राजाहरूका प्रभु’ भनेर स्वीकार गरे र उनलाई समस्त प्रदेशहरू र ज्ञानी पुरुषहरूमाथि प्रधान बनाए (दानिएल २:४७-४८)। आज पनि राष्ट्रका वर्तमान नेतृत्वहरू (जस्तै: बालेन सरकार लगायत अन्य नेतृत्व) लाई सही मार्गमा डोर्याउन क्रिस्चियन सल्लाहकारहरू र दानिएल जस्ता बुद्धिजीवी विश्वासीहरूको खाँचो छ।

सरकार र समाज परिवर्तनका तीन मुख्य रणनीति

प्रभावका पहाडहरू (विशेषगरी सरकार, मिडिया, कला, शिक्षा, आदि) मा रूपान्तरण ल्याउन विश्वासीहरूसँग स्पष्ट रणनीति हुनुपर्छ:

१. प्रार्थना र प्रशंसाको शक्ति: हाम्रो पहिलो र सबैभन्दा बलियो रणनीति भनेको प्रार्थना र प्रशंसा हो। यदि नेपालभरिका सम्पूर्ण मण्डलीहरूले महिनामा कम्तीमा एकपटक (सार्वजनिक बिदा वा शनिबारको दिन) जुम वा अन्य प्रविधिमार्फत एकसाथ भेला भएर राष्ट्रको लागि अन्तर्बिन्ती गर्ने हो भने, यसले देशमा ठूलो आत्मिक र भौतिक परिवर्तन ल्याउनेछ। १ तिमोथी २:१-२ ले हामीलाई राजाहरू र उच्च पदमा हुने सबैका निम्ति बिन्ती र मध्यस्थता गर्न सिकाउँछ, ताकि हामी शान्तमय र शान्तिपूर्ण जीवन बिताउन सकौं।

२. पवित्र आत्माको अगुवाइ र दूरदर्शिता: आज संसारका कतिपय देशहरूले सरकार चलाउन टुनामुना वा तन्त्रमन्त्र गर्नेहरूको सल्लाह लिने गरेका छन्, जसरी मिश्रका जादुगरहरूले गर्थे। तर विश्वासीहरूसँग पवित्र आत्मा (प्याराक्लेट) हुनुहुन्छ। पवित्र आत्माले आर्थिक मन्दी वा आउन लागेका सङ्कटहरूबारे अगमवाणीमार्फत पहिल्यै चेतावनी दिन सक्नुहुन्छ। योसेफ र दानिएलले जस्तै पवित्र आत्माको दूरदर्शिताद्वारा हामीले राष्ट्रलाई सङ्कटबाट बचाउन सक्छौं।

३. उत्कृष्ट चरित्र, दक्षता र विश्वसनीयता: सरकारमा जानको लागि केवल चाहना भएर पुग्दैन; दाऊद जस्तै उत्कृष्ट चरित्र, सिप र दक्षता आवश्यक पर्छ। जो व्यक्ति यो क्षेत्रमा प्रवेश गर्न चाहन्छन्, उनीहरू प्रमाणित/पत्याउन सकिने अगुवा (Credible), निडर र अगुवापनको क्षमता भएका हुनुपर्छ। यस्ता व्यक्तिहरूलाई समयमै पहिचान गरी आवश्यक तालिम दिएर तयार गर्नुपर्छ।

भ्रष्टाचारविरुद्धको लडाइँ र आत्मिक युद्ध

हाम्रो देशलाई प्रायः ‘तेस्रो विश्व’ (Third World Nation) भनेर चिनिन्छ। यहाँ आर्थिक प्रवाह ‘मृत सागर’ (Dead Sea) जस्तो भएको छ—जहाँ पानी भित्रिन्छ मात्र, बाहिर जाँदैन। अर्थात्, राष्ट्रमा भ्रष्टाचारको ठूलो पहाड छ। यसलाई भत्काउन बाइबलीय आर्थिक सिद्धान्त र पारदर्शी नीतिहरूको आवश्यकता छ।

एफिसी ६:१२-१३ ले स्पष्ट पारेको छ कि हाम्रो लडाइँ मानिसहरूसँग होइन, तर अन्धकारका शक्ति र तिनीहरूले सरकार र समाजमा ल्याउने झुट (Methodia) विरुद्ध हो। सैतान आफैले पनि बाइबलको कानिनी शक्तिलाई वन्ग्याएर प्रयोग गर्छ ; उसले केवल झुट र छलद्वारा मानिसहरूलाई फसाउँछ। तर येशूले क्रुसमा मृत्युलाई जितेर शैतानलाई निःशस्त्र पारिसक्नुभएको छ र हामीलाई सत्यको कम्मरपेटी, धार्मिकताको छातीपाता र आत्माको तरबारले सशस्त्र बनाउनुभएको छ।

निष्कर्ष

विश्वासी हुनुको अर्थ समाज र राष्ट्रको जिम्मेवारीबाट भाग्नु होइन। येशूले हामीलाई अर्को धर्म सुरु गर्न होइन, तर समाजमा साँचो सेवक बनेर परमेश्वरको प्रेम र न्याय स्थापित गर्न पठाउनुभएको हो। सरकार, राजनीति र प्रभावका अन्य क्षेत्रहरूमा परमेश्वरको राज्य ल्याउन हामीलाई दानिएल र योसेफ जस्ता मानिसहरूको आवश्यकता छ। वर्तमान नेतृत्वको लागि प्रार्थना गर्नु, उनीहरूको जीवनमा ईश्वरीय ज्ञानको घोषणा गर्नु र भविष्यको लागि योग्य व्यक्तिहरू तयार गर्नु हाम्रो दायित्व हो।

आगामी दिनहरूमा मण्डलीवाट परमेश्वरले छान्नुभएका धेरै योग्य व्यक्तिहरू राष्ट्र निर्माणको यो अभियानमा उत्कृष्ट चरित्र र बुद्धिका साथ खडा हुन सकून्। हामीले आफ्नो ठाउँबाट राष्ट्रका लागि प्रार्थना गर्न कहिल्यै छोड्नु हुँदैन, किनकि हाम्रो प्रार्थना र सहभागिताले नै नेपालमा परमेश्वरको इच्छा, जस्तो स्वर्गमा छ, त्यस्तै यहाँ पनि पूरा गराउनेछ। हामीसँग महिमाको आशा छ, र परमेश्वरको योजनामा नेपाल एक आशीषित राष्ट्र बन्नेछ।

धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
धार्मिक स्वतन्त्रता र मौलिक अधिकारको पक्षमा आवाज उठाउनुहुने माननीय सांसद राधिका रम्तेल एलपिजे फेलोशिप नेपालद्वारा सम्मानित
संविधान संशोधन, हाम्रो कर्तव्य अनि ​अधिकार
संविधान संशोधन, हाम्रो कर्तव्य अनि ​अधिकार
एपी पार्टि र नागरिक पार्टि विच एकीकरण : यस्तो बन्यो नयाँ कार्यसमिति (नाम लिस्ट सहित)
एपी पार्टि र नागरिक पार्टि विच एकीकरण : यस्तो बन्यो नयाँ कार्यसमिति (नाम लिस्ट सहित)

Latest News

जीवनको सन्तुलन: चट्टान, ढुङ्गा र बालुवा

हालै मैले एक धर्मप्रचारकको धेरै नै सुन्दर र विचारणीय उपदेश सुन्ने अवसर पाएँ, जसले मलाई जीवनका प्राथमिकताहरू बुझ्न एउटा नयाँ दृष्टिकोण दियो। उहाँले जीवनलाई तीन भागमा विभाजित गर्ने एउटा अद्भुत…

SDA को मञ्चमा बिसप नारायण शर्माको उपस्थिति : नेपाली इसाई वृत्तमा संस्थागत निष्ठा, सिद्धान्त र धर्मशास्त्रीय विचलनको गम्भीर बहस

सामाजिक सञ्जालमा सुरेन्द्र राउतको टिप्पणीले बहसलाई व्यक्तिगत आलोचनाबाट धर्मशास्त्रीय प्रश्नमा लैजान खोजेको देखिन्छ । उनको मूल तर्क छ “आदर व्यक्तिको हुन सक्छ, तर गलत शिक्षाको कहिल्यै हुँदैन।” उनले प्रश्न उठाएका…

सरकार, राजनीति र परमेश्वरको राज्य: मण्डलीको भूमिका र रणनीति

आगामी दिनहरूमा मण्डलीवाट परमेश्वरले छान्नुभएका धेरै योग्य व्यक्तिहरू राष्ट्र निर्माणको यो अभियानमा उत्कृष्ट चरित्र र बुद्धिका साथ खडा हुन सकून्। हामीले आफ्नो ठाउँबाट राष्ट्रका लागि प्रार्थना गर्न कहिल्यै छोड्नु हुँदैन,…

पूर्वी तराईको द्वन्द्व, धार्मिक सहिष्णुता र शान्ति निर्माणमा मण्डलीको भूमिका

धर्म परमेश्वरले होइन, मानिसले बनाएको हो । प्रभु येशू ख्रीष्ट यस संसारमा कुनै नयाँ धर्म स्थापना गर्न वा धर्म प्रचार गर्न आउनुभएको होइन, उहाँ मानव जातिलाई पापबाट उद्धार गर्न आउनुभएको…

विश्वासको प्रार्थना र यसका सिद्धान्तहरू : प्रार्थना शृङ्खला ४

प्रार्थना भनेको के हो? ग्रीक भाषामा प्रार्थनालाई ‘प्रोसिउखे’ (Proseukhe) भनिन्छ, जसको अर्थ हुन्छ— पिता परमेश्वरसँग आमनेसामने आएर घनिष्ठतामा कुराकानी गर्नु। प्रायः मानिसहरू प्रार्थना भन्नेबित्तिकै टाढा आकाशतिर हेरेर कराउने, घुँडा टेक्ने…