Jaya Mashi

संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद : स्थापनाको उद्देश्य र पृष्ठभूमि

‘राष्ट्रिय नेपाली चर्च एकता : आजको आवश्यकता’

नेपाल धर्मनिरपेक्ष गणतान्त्रिक राष्ट्रको रूपमा स्थापित भइसकेको अवस्थामा नेपाल देशको विकास निर्माण, परिवर्तन तथा रूपान्तरणमा नेपाली चर्च तथा ख्रीष्टियान समुदायको महत्वपूर्ण भूूमिकालाई नकार्न सकिदैन । नेपाली ख्रीष्टियान समुदाय, राष्ट्रको एउटा महत्वपूर्ण समुदायको रूपमा स्थापित भई राष्ट्र निर्माण, सामाजिक, आर्थिक र आत्मिक वा धार्मिक विकास र सुधारको साथै राज्यको शान्ति, समृद्धि, सुशासनको लागि निरन्तर प्रार्थनासहित समाज र राष्ट्रको लागि स्वास्थ्य, शिक्षा, कृषि लगायतका विभिन्न प्राकृतिक प्रकोपहरूको बेला राहत, उद्धार र पुनस्थापना जस्ता कार्यहरू र विभिन्न क्षेत्रमा नेपाल सरकारसँग समन्वय गरेर सकृय सहयोगको भूमिका खेल्दै आइरहेका छौं । यस महत्वपर्ण कार्यमा निरन्तर साथ दिन नेपाली चर्च तथा ख्रीष्टियान समुदाय एकत्रित र एकजुट भएर व्यवस्थित,
सुध्रित, सुरक्षित भएर वृहत राष्ट्रिय एकता, मेलमिलाप र सहमति गरी अस्वस्थ प्रतिस्पर्धा र दोहोरोपन विना नेपाल देश र नेपाली चर्च तथा ख्रीष्टियान समुदायप्रति इमान्दार, जिम्मेवार र जवाफदेही भएर काम गर्नुपर्ने आवश्यकताको महसुस गरी नेपाली चर्च तथा ख्रीष्टियान समुदायको विशुद्ध धार्मिक परिषदको रूपमा “संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद United National Nepali Church Council (UNNCC)” को स्थापना गरिएकोबारे नेपाल सरकार तथा राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्च तथा ख्रीष्टियान समुदायलाई जानकारी गराउन चाहन्छौं । तसर्थ यस परिषदबारे जानकारी सहित घोषणा गर्न यो अवधारणा दस्तावेज तयार पारेका छौं ।

हालसम्मको नेपाली चर्च एकता प्रयासहरू प्रशंसायोग्य, सकरात्मक र प्रगतिशील भएतापनि यथार्थमा नेपाली चर्च पूर्ण एकता हुन नसक्दा झन विभिन्न समूहमा अनेकता र विभाजित भएर जाँदैछन । चर्च एकताको प्रयासका लागि विभिन्न परिस्थिति र काल खण्डमा विभिन्न ख्रीष्टियान संघ संस्थाहरू जन्मिए । ती सबैको उद्देश्यहरू एउटै जस्तो देखिएता पनि ती सबै संघसंस्थाहरू फरक फरक पृष्ठभूमि, परिस्थिति र उद्देश्यबाट अभिप्रेरित भई जन्मिएको तर यथार्थमा कसैले पनि पूर्ण रूपले नेपाल सरकारमा साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपले नेपाली राष्ट्रिय चर्च वा ख्रीष्टियान समुदायको संयुक्त प्रतिनिधित्व, नेतृत्व र एकता गर्न असमर्थ देखिन्छ । फलस्वरूप नेपाली चर्च तथा ख्रीष्टियान समुदाय झन विभाजित, अव्यवस्थित, अस्वस्थ प्रतिस्पर्धा, विरोध, आरोप प्रत्यारोपमा लागेका साथै कसैले पनि नेपाली चर्चको पूर्ण साथ र समर्थन जुटाउन सकेको देखिदैन । नेपाली चर्च तथा ख्रीष्टियान समुदायको एकता अपूर्ण, अव्यवस्थित र असुरक्षित भएर जाँदै गरेको, नेपाल सरकार तथा समग्र नेपाली समाजमा सम्पूर्ण नेपाली ख्रीष्टियान समुदायमा प्रतिकूल असर पर्नुको साथै नकरात्मक सन्देशहरु जाने गरेको देखिन्छ । नेपाली चर्च विभाजित र कमजोर भएर जानुका साथै विकृति फैलिने र फैलिदै जान सक्ने सम्भावना देखिएको साथै अगुवाहरु बीच केन्द्रमा एकता हुन नसक्दा जिल्ला तथा स्थानीय तहका चर्चहरुमा विभिन्न भ्रम, अन्यौलता सृजना हुनुको साथै चर्च तथा ख्रीष्टियान समुदाय बीच अस्वस्थ सम्बन्ध र विविध समूहमा विभाजित भई अव्यवस्थित, अनियन्त्रित र एकले अर्काप्रति नकारात्मक सोच विचार र व्यवहारहरू भएको वा गर्ने गरेको पाइन्छ । यसको परिणाम समाजको शान्ति, सुरक्षा, सदभाव र राष्ट्र निर्माण कार्यमा नेपाल सरकारलाई प्रभावकारी सहयोग पु¥याउन असहज अवस्था सिजना भएको देखिन्छ । ख्रीष्टियान समुदाय तथा चर्चको एकता, गवाही झन फितलो हुदै गएको, साथै समाज र राष्ट्रप्रति चर्चको जिम्मेवारी, प्रभाव कमजोर हुनुको साथै विभिन्न ख्रीष्टियान अभियानहरू पनि व्यवस्थित, नियन्त्रित, प्रभावकारी हुन नसकेको र परमेश्वरको स्रोत र साधनको सही सदुपयोग र प्रभावकारी रूपले परिचालन हुन नसकेको देखिन्छ । यथार्थमा यरुशलेमको पर्खालझै नेपालको धार्मिक, सामाजिक, आर्थिक र राजनीतिक पर्खालहरू कमजोर र भत्किएको अवस्था छ । यसको निर्माण गर्ने जिम्मेवारी र कर्तव्य नेपाल सरकारको मात्र नभई सम्पूर्ण नेपाली नागरिक, समाज, समुदाय, धार्मिक समुुहहरु, विज्ञ, बुद्धिजीवी, राजनीतिक पार्टीको साथै समग्र हामी सम्पूर्ण नेपाली ख्रीष्टियान समुदायको पनि हो । नेपाली चर्चलाई भुकम्प, कोभिड जस्ता राष्ट्रिय प्रकोप र संक्रमणहरुको कारण चार पर्खालको घेराबाट बाहिर निस्केर अवलोकन गर्दा चारै दिशाबाट चारै वटा पर्खालहरू निर्माण गन नेपाल सरकार, नेपाली जनतालाई साथ दिनु पर्ने आवश्यकताको महसुस गर्न थालिएको र चौतफी रूपमा विभिन्न अभियानहरू जस्तै आत्मिक, आर्थिक, सामाजिक र राजनीतिक अभियानहरू परिचालन भइरहेको देखिन्छ । यी चारै वटा पर्खालहरूको निर्माण गर्नको लागि नेपाली चर्चको पूर्ण एकता, सहकार्य तथा मिलाप अपरिहार्य छ । तसर्थ संयुक्त राष्ट्रिय नेपाली चर्च एकताको विकल्प रहेन ।

एकता “एक” हुनु हो “दुई” या “तीन” हुन सक्दैन । आज नेपाली चर्च वा ख्रीष्टियान समुदायको एकता एक भन्दा बढी विभाजित एकता वा अनेकताको अवस्था छ । यी सम्पूर्ण विभाजित र अनेकतालाई एक ठाउँमा ल्याएर प्रार्थनामखी, दर्शनमुुखी, सहकार्यमुखी, सार्थक, कार्यगत पूर्ण परिणाममुखी एकता गर्नु परिषदको प्रमुख उद्देश्य रहेको छ । यो परिषदको दर्शन, विचार धेरै वर्ष अगाडि देखिको पूर्वज तथा अग्रजहरूको प्रार्थना, राष्ट्रिय तथा अन्तरास्ट्रिय नेपाली चर्च र ख्रीष्टियन समुदायप्रतिको सकारात्मक सोंच सहित नेपाल देशमा शान्ति, समृद्धि, सुशासन र धार्मिक सदभाव प्रेम, मिलापसहित असल राष्ट्र र समाजको निर्माण र सृजना गर्न प्रार्थना, चिन्तन र चर्च एकताको चाहनाको साथै हालै गृह मन्त्रालय सिंहदरबारमा गृह मन्त्रालयले आयोजना गरेको अन्तरधार्मिक सदभाव कार्यक्रमबाट अभिप्रेरित भई कर्तव्य, जिम्मेवारी, बोझ, र चुनौतीको महसुस गरी चिन्तन मनन, छलफल र विचार विमर्श भइरहेको प्रयासलाई अगाडि बढाउन एकताको प्रयासलाई ठोस निर्णय तथा मुर्त रुप दिन अहिले उपयुक्त, परिपक्व र उचित समय भएको र परिषद निर्माणको लागि एक प्रमुख प्रेरणाको स्रोत बनेको थियो । उक्त अन्तरधार्मिक सदभाव कार्यक्रम सफल, प्रभावकारी रुपले आयोजना गर्न सफल हुनु भएकोमा सम्पूर्ण राष्ट्रिय तथा अन्तर्रािष्ट्रय नेपाली चर्च तथा ख्रीष्टियन समुदायको तर्फबाट नेपाल सरकारलाई, विशेष गरेर गृह मन्त्रालयलाई सम्माननीय उप–प्रधानमन्त्री तथा गृहमन्त्री, गृह सचिव र सम्पूर्ण कर्मचारी, सुरक्षा निकाय र अन्तरधार्मिक समुदायलाई नेपाली चर्च तथा ख्रीष्टियन समुदायको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौं । त्यस अन्तरधार्मिक सदभाव कार्यक्रम मार्फत नेपाली चर्च तथा ख्रीष्टियान समुदायको तर्फवाट त्यस प्रकारको अन्तरधार्मिक सभा, अन्तरक्रिया कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्नुपर्ने सुझाव सहित धार्मिक सहिष्णुता, सदभाव जगाउँदै राष्ट्र निर्माण तथा राष्ट्रका नीतिनियम, योजना तथा रणनीति निर्माणमा अन्तरधार्मिक समुदायलाई पनि सक्रिय सहभागी गराई भविष्यमा राष्ट्रिय धार्मिक सदभाव, प्रेम, मिलाप र शान्ति सहित राष्ट्रमा दिगो शान्ति फैलाउन सदभाव कायम गर्नका लागि अन्तरधार्मिक आयोगको माग सहित सुझाव व्यक्त गर्न चाहन्छौं ।

प्रस्तुत आलेख संयुक्त राष्ट्रिय नेपाली चर्च परिषद United National Nepali Church Council (UNNCC) को घोषणा सभामा परिषदका राष्ट्रिय तथा केन्द्रीय संयोजक भव घलेले प्रस्तुत गर्नुभएको घोषणापत्रवाट साभार गरीएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?