single page header banner

बाल सेवकाइको परिचय : एक

admin admin
बिहिबार, आश्विन 30, 2079
Social buttons loaded
समाचार सारांश
  • उद्देश्य ईसाई अगुवाहरुलाई बाल सेवकाईको निम्ति बाइवलीय सिद्धान्तहरु उपलब्ध गराउनु अनि यसको विकास र ससंरचनाको निम्ति व्यवहारिक सल्लाह दिनु ।
  • सिक्नुपर्ने१ ) बाल सेवकाइको निम्ति बाइवलीय र व्यवहारिक कारणहरु२ ) नानीहरुलाई उपलब्ध गराईनुपर्ने विभिन्न सेवकाइ क्षेत्रहरुको ज्ञान३ ) बाल सेवकाइ आयोजना गर्नको निम्ति व्यवहारिक सल्लाह४ ) बाल सेवकाइ अगुवामा हुनुपर्ने योग्यता र उसको जिम्मेवारीहरु५ ) लक्ष्य निर्धारणको निम्ति अगुवाईपरिचयनानीहरु मण्डलीको मुख्य भाग हुन् ।


उद्देश्य
ईसाई अगुवाहरुलाई बाल सेवकाईको निम्ति बाइवलीय सिद्धान्तहरु उपलब्ध गराउनु अनि यसको विकास र स
संरचनाको निम्ति व्यवहारिक सल्लाह दिनु ।
सिक्नुपर्ने
१ ) बाल सेवकाइको निम्ति बाइवलीय र व्यवहारिक कारणहरु
२ ) नानीहरुलाई उपलब्ध गराईनुपर्ने विभिन्न सेवकाइ क्षेत्रहरुको ज्ञान
३ ) बाल सेवकाइ आयोजना गर्नको निम्ति व्यवहारिक सल्लाह
४ ) बाल सेवकाइ अगुवामा हुनुपर्ने योग्यता र उसको जिम्मेवारीहरु
५ ) लक्ष्य निर्धारणको निम्ति अगुवाई
परिचय
नानीहरु मण्डलीको मुख्य भाग हुन् । उनीहरुलाई सिकाएर , हामीले ख्रीष्टको निम्ति भविष्य
निमाणर् गर्दछौं । (२ तिमोथी ३ः१५-१७ )
बाल सेवकाइमा नानीहरु बाहेक , बाल सेवकाइका अगुवा , शिक्षकहरु , सहयोगीहरु -नानीहरुसंग
काम गर्न चाहने कुनै पनि माता पिता , वा अरुहरु संलग्न हुन्छन् ।
यो पुस्तकमा साताको एक दिन , शनिबार अथवा आइतबार बिहान संचालन गरिने बाल सेवाबारे
लेखिएको भए पनि , यसले साताको अरु बेला सञ्चालन गर्न सकिने बाल कार्यक्रमलाई पनि सहयोग
पुर्‍याउन सक्छ

१. किन हामीले बाल सेवकाइ गर्नुपर्दछ ?

क. बाइबलीय नमूना

१. पुरानो नियममा, मोशाले इज्राएलीहरुलाई घरिघरि यही कुरो सम्झाए कि उनीहरुले आङ्खना नानीहरु
लाई परमेश्वरको व्यवस्था र उहा“ले गर्नु भएका महान कामहरुबारे सिकाइरहनु पर्दछ ( व्यवस्था ६ः७,४ः९ )
२ . येशूको सेवकाइमा नानीहरु पनि पर्दथे । उहा“ले घरिघरि नै उहा“को प्रेम तिनीहरुमा प्रकट गर्नुभयो ,
अनि उनीहरु अति महत्वपूणर् छन् भनेर जोड दिनुभयो ( मर्कूस ९ः३६-३७, १०ः१३-१४ ) ।

ख . व्यवहारिक विचारहरु

१ . कुनैपनि व्यक्तिले आङ्खनो उमेर अनुसारको स्तरमा सिक्ने मौका पाएन भने उसले प्रभावशालीरुपमा
बुΣन सक्दैन । नानीहरुले ठूलाहरुले भिन्दै पारामा जीवनबारे अनुभव गर्छन् । यसैकारण उनीहरुको
अद्धितीय खाचो“ पूरा गर्ने सेवकाइ हामीले योजनागत गर्नैपर्छ (१ कोरन्थी ३ः२ ) ।
२ . माता पिताले आफ्ना नानीहरुलाई सिकाउन मद्दत गर्नै पर्छ । माता पिताहरु आफ्ना नानीहरुको आत्मिकी
जीवनको निम्ति जिम्मेवारी भए पनि , कि , कुनै कारणबश उनीहरु यस जिम्मेवारीमा असफल बन्दछन् , कि
उनीहरु असक्षम बन्दछन् । आफ्ना नानीहरुलाई सिकाउन सफल बाल सेवकाइप्रति कृतज्ञ बन्दछन् ।

२. बाल सेवकाईलाई कसरी संचालन गर्ने
कति नानीहरु छन् , अनि कति सहकायक ठाउ“ उपलब्ध छन् , त्यसैमा तपाईले कसरी
बाल सेवकाइ संचालन गर्नुहुन्छ , त्यो भर पर्दछ ।
क ) आदर्श रुपमा भन्ने हो भने , नानीहरुको उमेर र खुबीअनुसार उनीहरुलाई झुण्डमा बा“ड्नु
पर्दछ ।
ख ) कति अवस्थामा, सहयोगीको अभाव , स्थानको कमी , वा नानीहरुको कम संख्याको कारण स
ंयुक्त झुण्ड पनि बनाउनु पर्ने हुन्छ ।
ग ) शिक्षक विद्यार्थी को अनुपात पनि मिलाउन सके राम्रो हुन्छ ।
१ ) शिक्षकहरुले खोजी गर्दा मनमा यो याद राख्नुहोस् कि ससाना नानीहरुलाई बढी ध्यान पुर्‍याउनु
पर्छ । कक्षामा कम संख्या भए वा धेरै सहयोयगीहरु भए , ध्यानपुर्‍याउन सजिलो पर्दछ ।
२ ) यदि निम्न सल्लाह अनुसार नानीहरुको झुण्ड बनाउनु भए, हरेक स्तरका नानीहरुले राम्ररी सिक्न
सक्ने थिए , अनि शिक्षकहरुको समस्या पनि घट्ने थियो ।
अ ) दुई देखि तीन वर्षका – हरेक ४ -५ नानीहरुको लागि एकजना शिक्षक
आ ) चार वर्षका – हरेक ५-६ नानीहरुको लागि एकजना शिक्षक
इ ) पाच“देखि एघार वर्षसम्मका -हरेक ६-८ नानीहरुको लागि एकजना शिक्षक यसै गर्न गाह्रो छ
तर प्रयास गर्न सके अति राम्रो हुनेछ ।

३ . बाल सेवकाइको निम्ति कस्ता सुविधाहरु चाहिन्छ ?

क ) नानीहरुको निम्ति चाहिने सुविधाहरु हुन् ः

१ ) सुरक्षा र हेरचाह (विशेष गरी अति सानाहरुलाई )
२ ) भुइ“मा प्रशस्त ठाउ“ हुनु ( ठूलाहरुलाई भन्दा बढी सानाहरुलाई चाहिन्छ )
३ ) नानीहरुलाई सुहाउ“दो टेबल कुर्सीहरु
४ ) प्रशस्त बत्ती
५ ) श्यामपट अनि नक्सा तथा चित्रहरुको निम्ति खाली ठाउ“
ख ) सौभाग्यवश नानीहरु जहा“ पनि रहन सक्ने अनि सिक्न सक्ने हुन्छन् । घरको कुना-काप्चा, प्र
योगहीन ठाउ“ , कसैको घर वा बाहिर पनि यस्ता ठाउ“हरु तयार पार्न सकिन्छ ।

४. नानीहरुको निम्ति सेवकाइको कुन क्षेत्रहरु उपलब्ध गराउनु पर्दछ ?

क ) ठूलाहरुमा झैं सानाहरुमा पनि उत्तिकै आत्मिकी खा“चो हुन्छ ः फरक चाही“ त्यसको पूर्ति कसरी गरिन्छ ।
नानीहरुको निम्ति सेवकाइको कार्यक्रम शुरु गर्नुहु“दा , निम्न सेवकाइहरु समावेश गर्न सकिन्छ, तर
ती सन्तुलित हुनुपर्छ ः
१ ) बाइबल शिक्षा — नानीहरुले बुΣन सक्ने र उनीहरु आकर्षक हुन सक्ने पाठहरु प्रस्तुत गर्नुहास् जसले
उनीहरुलाई आत्मिकी सत्य सिकाउ“छ
२ ) आराधना — नानीहरुलाई अर्थपूणर् गीत तथा प्रार्थना प्रस्तुत गर्नुहोस् ।
३ ) संगति —एकाअर्कास“ग भिन्नता बढाएर रमाइलो गर्न नानीहरुलाई कुनै सुपरिवेक्षकमार्फत प्रोत्साहन
गराउनुहोस् ।
४ ) सेवा — सक्षम नानीहरुलाई अरुको सेवा गर्ने काममा प्रोत्साहन गर्नुहोस् । ठूलाहरुको निम्ति गीत गाउने ,
आङ्खना साथीहरुसंग नास्ता खाने , आवश्यकतामा परेकाहरुको निम्ति प्रार्थना गरिदिने , अथवा कार्यक्रम
पश्चात सफाइ गर्ने , इत्यादि ।
५ ) सुसमाचारीय सेवकाइ — अविश्वासीहरुस“ग सुसमाचार प्रचार गर्ने कार्यक्रमहरु बनाउनुहोस् ।

ख ) उपरोक्त क्षेत्रहरुमा सेवा पुर्‍याउन विभिन्न प्रकारका सेवकाई कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ ।
कतिपय कार्यक्रमले एक वा दुई क्षेत्रहरुलाई मद्दत पुर्‍याउन सक्छ ।

१ ) सण्डे स्कूल अथवा बाल सेवाहरु
२ ) नानीहरुको आराधना सेवा
३ ) साताभरि स्कूल पश्चात हुने कार्यक्रमहरु – जस्तै मण्डली वा घरमा हुने बाइबल क्लवहरु )
४ ) वर्षमा एकचोटि हुने कार्यक्रमहरु
अ ) भेकेसन बाइबल कार्यक्रमहरु
आ ) एक वा दुई दिने रिट्रटहरु
५ ) नानीहरुको ड्रामा अथवा कोएर झुण्डह
रु
नया“ कार्यक्रमहरु बनाउ“दा , स्थानीय मण्डली वा समुदायको खा“चोलाई ध्यानमा राखिनु पर्दछ ।

५. नानीहरुको सेवाकाइ कसले चलाउ“छ ?

क) नानीहरुको सेवकाइ चलाउनेको योग्यता के कस्तो हुनुपर्छ ?


१ ) येशू ख्रीष्टलाई व्यक्तिगत प्रभु र मुक्तिदाता भनी ग्रहण गरेको ।
२ ) परमेश्वरको वचन जान्दछ र राम्ररी अध्ययन गर्ने गर्दछ ।
३ ) उसको जीवनमा लगातार पवित्र आत्माको फल फलाउने गर्छ । ( गलाती ६ः१६-२६ )
४ ) नानीहरुलाई माया गर्छ अनि तिनीहरुलाई आत्मिक रुपमा बढेको देख्न चाहन्छ ।
५ ) केही तालिम पाएको छ । ( कसरी र के सिकाउने भन्ने बारेमा )
६ ) व्यवस्थापन ज्ञान छ ।
७ ) अरु मानिसहरुलाई सञ्चालन र प्रोत्साहन गर्न सिपालु छ ।

ख ) नानीहरुको सेवकाइ चलाउने अगुवाको जिम्मेवारीहरु

१ ) व्यवस्थापन , योजना र लक्ष्यहरु निर्धारित गर्नु ।
२ ) पाठ्यक्रम छनौट र विकासमा सुपरिवेक्षण ।
३ ) योग्य शिक्षक तथा अगुवाहरु भर्ना गर्नु । यस्ता अगुवाहरु भएमा विभिन्न प्रकारस“ग फाइदा लिन
सकिन्छ ।

अ ) धेरै काम गर्न सकिन्छ – धेरै नानीहरुलाई सिकाउन सकिन्छ ।
आ ) बाल सेवकाइ अगुवाइको जिम्मेवारी घट्नेछ, अनि अरुहरुले चाही“ ठूलो जिम्मेवारी महशुस
गर्नेछन् ।
इ ) एउटै व्यक्ति माथि भर नपरिएको हुनाले भविष्यमा यो सेवकाईको झन् ठूलो सफलताको
सम्भावना रहन्छ ।
बाइबलले यस प्रकारको सेवकाईलाई प्रभावशाली नमूना मान्दछ । मोशाले यहोशूलाई एलियाले
एशिलाई य्शूले १२ जना चेलाहरुलाई तालिम दिए । ( बढी जानकारी पाठ २ मा दिइएको छ )
४ ) बाल संगितका शिक्षकहरु प्रभावशाली हुनु हो भने उनीहरुलाई तालिम दिइनुपर्छ । यसर्थ शिक्षक
तालिमको व्यवस्था गरिनु पर्दछ । ( बढी जानकारी पाठ ३ मा दिइएको छ )
५ ) अरुलाई प्रोत्साहन दिनु
मानिसहरुको अगुवा भएको हुनाले , बाल सेवकाइ अगुवाले आङ्खना शिक्षक वा सहयोगीहरुलाई निम्निप्र
कारले सामथ्र्यवान र प्रभावशाली तुल्याउन सक्छ ः
अ ) उनीहरुप्रति घनिष्ट भएर , सहयोगी र उत्साही बनेर ।
आ ) शिक्षकहरुलाई चाहिएको थोक र सेवाहरु जुटाइदिएर ।
इ ) उनीहरुको सबल पक्ष र काम कुरालाई पहिचान गरेर , उनीहरु सफल हु“दा उनीहरुस“ग रमाएर ।
उनीहरुको प्रंशसा गरिएको वास्तविकता उनीहरुले थाहा पाउन् । (विभिन्न प्रकारले यसो गर्न
सकिन्छ )
ई ) उनीहरुसंग उनीहरुको निमित प्रार्थना गरेर (कक्षा अघि र पछि भेटेर प्रार्थना गर्नुहोस् ) स्मरण
रहोस् ः जुन शिक्षक र सहायकहरुलाई राम्ररी प्रेरणा दिइन्छ , उनीहरुले राम्रो काम पनि गर्छन्
अनि बाल सेवामा लामो समयसम्म रहन्छन् ।

६ ) आमा-बाबुहरु र मण्डलीका अगुवालाई सूचना दिनु

क ) बाल सेवाबारे विस्तृत रुपमा छलफल गर्न वर्षमा लगभग चार पटक अवश्य भेटघाट गर्नुहोस् ।
ख) आमा-बाबुहरुसित पनि भेटघाटको चा“जो मिलाउनुहोस् ।
ग ) बाल संगति चलिरहेको बेला पनि कहिले काही“ भेट्न वा हेर्न आउनुहोस् भनेर उनीहरुलाई
निमन्त्रणा दिनुहोस्। यसरी भिजिट गर्दा उनीहरुलाइ पनि यस सेवाकाइको निम्ति प्रोत्साहन
मिल्ला । यसद्धारा घरमा पनि ती पाठहरुवाट सिकाउनु उनीहरुलाई मन पर्ला ।
घ ) आमा-बाबुहरुको सहयोग माग्नुहोस् ।
उनीहरुले संगतिको लागि प्रार्थना गरुन् , सामाग्रीहरु दिउन् , खाजाहरु लिएर आउन् अथवा
कक्षा सुपरिवेक्षणमा सहयोग गरुन् भनेर अनुरोध गर्नुहोस् ।

७ ) मूल्यांकन
कार्यक्रम , सहयोगीहरु अनि आफ्नै कामकुरोको प्रभावशालीतालाई निरन्तर नापजोख गरिरह“दा , बाल
सेवाकाइको सुधार भइरहन सक्छ ।
६. बाल सेवकाइको लागि लक्ष्य निर्धारित गर्नु
क ) उद्देश्यलाई परिभाषा दिनुहोस्

उद्देश्य बनाएर लेखिराख्दा भविष्यमा बाल सेवकाइको मूल्याड्ढन गर्न र अरु योजना बनाउन मद्दत
मिल्दछ । यसोगर्दा यस्तो प्रश्न गर्नुहोस्ः किन हामीलाई बाल सेवकाइ चाहियो ? कुन साधारण उद्देश्य
हामी पूरा गर्न चाहन्छै ?
उदाहरणः
नानीहरुले बाइबलबाट सिकेको, इसाई सम्बन्ध निर्माण गरेको, अनि येशू ख्रीष्टको प्रेम अनुभव गरेको
देख्न चाहन्छौ ।
ख) तपाईको उद्देश्यलाई पूरा गर्ने सुहाउ“दिलो लक्ष्यहरु निर्धारित गर्नुहोस्
कुनै पनि बाल सेवकाइको मुख्य लक्ष्य नानीहरुसित परमेश्वरको प्रेम बा“ड्नु , उनीहरुको येशू ख्र
ीष्टसित व्यक्तिगत सक्बन्ध बढाउन सहयोग गर्नु , अनि उहा“लाई सेवा दिनु हुनेछ । यो भन्दा बढि
चाहिं यस्तो प्रश्न गर्नुहोस् , व्यापक रुपमा अरु के हासिल भएको हामी देख्न चाहन्छौं ?
उदाहरण ः
१ ) उमेर सुहा“उदो , बाइबल आधारित शिक्षा दिने जसले प्रयोगलाई जोड दिन्छ ।
२ ) मुक्तिको निम्ति परमेश्वरको योजना प्रस्तुत गर्नु ।
३ ) नानीहरुलाई परिपक्व इसाई जीवनशैली र परमेश्वरको सम्बन्ध प्रदर्शन गराउनु ।
४ ) आङ्खना साथीहरु र शिक्षकहरुसित संगति र मनोरञ्जनको लागि समय उपलब्ध गराउनु ।
ग ) तपाईका लक्ष्यहरु हासिल गर्न विशेष कार्यक्रम गर्नुहोस्
माथि भनिएको प्रत्येक लक्ष्य हासिल गर्न कस्तो विशेष कार्यक्रम गर्न आवश्यक छ भनी विचार
गर्नुहास् ।
अ ) उमेर अनुसारको बाल कक्षाहरु सञ्चालन गरिनु ।
आ ) सण्डे स्कूल अथवा बाल संगतिको बेला , खेलकूद ,सामुहिक कार्यक्रमहरु र चिया नास्ताको
समय छुट्याएर एकअर्कामा अन्र्तक्रिया गर्ने समय छुट्यानुहोस् ।
इ ) नानीहरुको लागि प्रत्येक वर्ष कम्ति दुईवटा सामाजिक कार्यक्रमहरु आयोजित गर्ने ।
ई ) नानीहरुले अन्र्तक्रिया गर्न मिल्ने र सम्बन्ध बढाउन सक्ने किसिमका कार्यक्रम गर्न सकिने नया“
विचारहरु सोच्ने सहयोगी र शिक्षकहरुलाई पनि अह्राउनुहोस् ।

छलफल प्रश्नहरु

१ ) किन नानीहरुकै निम्ति विशेष सेवकाई गरिनु आवश्यक छ ? ठूलाहरुकै सेवामा राखे हुन्न र ?

२ ) बाल सेवकाइमा अप्नाइनु पर्ने चार क्षेत्रहरु के के हुन् ?
३ ) किन उमेर अनुसार नानीहरुलाई सिकाउनु अति राम्रो हुन्छ ?
४ ) किन विद्यार्थी – शिक्षक अनुपात अति आवश्यक हुन्छ ?
५ ) बाल सेवकाइ अगुवाका सात मुख्य जिम्मेवारीहरु के के हुन् ?
६ ) बाल सेवकाइ अगुवाले अरु मानिसहरुमा भएको बरदान र योग्यता चिनेर किन उनीहरुलाई पनि
बाल सेवकाइको निम्ति तालिम दिनु आवश्यक पर्दछ ?

single post banner after comment
after comment ad baner in single post page

प्रतिक्रिया

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
इमानुएल जव्दी मण्डली बारबर्दियाको नवनिर्मित भवन उद्घाटन तथा अर्पण सम्पन्न
सच्चाइ केन्द्रकी  ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ
सच्चाइ केन्द्रकी ‘धर्म गुरू’ योगेन्द्रकुमारी घर्ती पक्राउ
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
इस्टर सन्डे तथा पुनरुत्थान उत्सवको अवसरमा पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघिय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारीको सम्वोधन ।
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
मसिह पार्टीको केन्द्रीय पदाधिकारी वैठक सम्पन्न , पार्टी एकता बारे गम्भिर छलफल
सामाजिक एकता पार्टीको चुनाव चिन्ह गिटार
सामाजिक एकता पार्टीको चुनाव चिन्ह गिटार
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
भोली देशव्यापि राष्ट्रको लागी उपवास प्रार्थनामा सहभागि हुन भव घलेको अपिल
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
के रवि लामिछानेले पनि हिन्दु रास्ट्रवादकै वाटाे समातेका हुन ?
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
येशूको पुनरुत्थान तथा ईस्टरका अर्थहरू
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
इकानको भावी कार्ययोजना : ख्रीष्टियन विश्वविद्यालयको स्थापना र सातै प्रदेशमा सम्मेलन भवन निर्माण गर्ने
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार  ख्रीष्टको लागि शहीद भए
मिसनरी ग्राहम स्टेन्स र उनका परिवार ख्रीष्टको लागि शहीद भए
singel post sidebar 3adbanner
singe post page sidebar2
single post sidebar 1
होम