Jaya Mashi

NCFN र NCS को आयोजनामा LGBTQIA+ वारे सचेतना कार्यक्रम सम्पन्न (तस्विरहरु)

बेथ-शालोम चर्च, पुतलीसडक, काठमाण्डौमा आयोजित “LGBTQIA+ सम्बन्धी सचेतना कार्यक्रम” करिव १०० जना पास्टर अगुवाहरुको सहभागितामा सम्पन्न भएकाे छ । विभिन्न सम्प्रदाय, सञ्जाल, आन्दोलन, पार्टीहरू र सञ्चारक्षेत्र वाट सहभागी प्रतिनिधिहरुले यस महत्वपूर्ण र गम्भीर नैतिक मुद्दामा साझा समझदारी बनाउनु पर्ने कुरामा जाेड दिएका छन ।

एनसीएफएनका मासचिव शेर एसीले सञ्चालन गर्नुभएकाे कार्यक्रमको प्रारम्भमै वहाँले एजेन्डाको वास्तविकता र गम्भीरतालाई स्पस्ट पार्नुभयो, त्यसपछि एनआईएम ललितपुरका पास्टर घनश्याम दाहालले सुरुवाति प्रार्थनाको नेतृत्व गर्नुभयो, लगत्तै एनसीएफएन अध्यक्ष हनोक तमाङ्गले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । सहभागी तथा वक्ताहरुलाइ स्वागत गर्दै वहाँले समलिङ्गी विवाह र LGBTQIA सम्बन्धी धेरै कार्यक्रम र प्रेस विज्ञप्ति आए पनि NCFN र NCS द्वारा आैपचारिक रुपमा यस विषयमा सार्वजनिक रूपमा सम्बोधन गरेको यो पहिलो पटक भएको टिप्पणी गर्नुभयो । त्यसपछि NCS का अध्यक्ष ओमप्रकाश सुब्बाले नैतिक मुद्दामा संक्षिप्त टिप्पणी गर्नुभयो, २०१० मा पनि आफुहरुले यस मुद्दामा समुदाय र सरोकारवालाहरुको ध्यानआकर्षण गरेको स्मरण गर्दै अध्यक्ष सुव्वाले आफुहरु यस मुद्दामा गम्भिर रहेको र सिंगो समुदाय नै गम्भिर हुनुपर्ने वताउनुभयो ।

त्यस्तै कार्यक्रमका मुख्य वक्ता डा केवि रोकायाले समलैंगिकता विषयको विश्वव्यापि अवस्था, यसको विगत वर्तमान र भविष्य र यसको नेपली सन्दर्भलाइ प्रश्ट पार्दै यो विषयमा मण्डलीहरु वेलैमा सचेत र जागरक हुनु पर्ने वताउनुभयो । कार्यक्रमलाइ रोमन क्याथोलीक चर्चका फादर र हिन्दु धर्मका अगुवालेपनि सम्वोधन गर्नुभएको थियो । अन्तमा विशप गोपाल खड्काले प्रार्थना गरेर कार्यक्रम समापन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
0
+1
0

छुटाउनुभयो कि ?