Jaya Mashi

“९० जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी” पुस्तक विमोचन

ललितपुर । लेखक, शिक्षक साथै ख्रीष्टयान रक्षाशास्त्री कमल अधिकारीकाे सम्पादनमा नब्बे जना ख्रीष्टियान वैज्ञानिकहरुको जीवनी समेटिएको पुस्तक विमोचन भएको छ ।  ठैबस्थित आवाना होटलमा अाज शनिबार (२३ मंसिर) मा उक्त पुस्तक विमाेचन गरिएको हाे । उक्त पुस्तक विमोचन समारोहमा रेभ.पा. गोपाल रेग्मी, पा. गजेन्द्र तामाङ,पा. चेतनारायण श्रेष्ठ र राजेन्द्रप्रसाद पौडेलले पुस्तकको सामूहिकरुपमा विमोचन गर्नुभएकाे थियो ।

उक्त पुस्तक नेपालका १८ जना लेखकहरुले लेखका लेख्नुभएकाे हाे, जसमा संसारका महान ख्रीष्टियान ९० जना वैज्ञानिकहरुको जीवनी समावेश गरिएकाे छ । पुस्तक लेख्ने लेखकहरुमा समयकुमार रम्तेल, अर्जुन डुलोस, अशोक वि.सी.सुनिल,अशिष् पुन,केविन श्रेष्ठ, दिपेन श्रेष्ठ,नबिन श्रेष्ठ,नरेन्द्र मगर,राजन थामी,रामबहादुर चौधरी, संगम श्रेष्ठ,सबिन पन्त,सरल कार्की, सारा कार्की,सुबास मसिही,सुमन राई,सुरज एस.के. र हरि वि.क. रहेका छन् ।

पुस्तकमा जम्मा जम्मी ६ भागहरू रहेका छन् । पहिलो भागमा १८ औं शताब्दी अगिका ख्रीष्टियान वैज्ञानिकहरूकाे जीवनी समावेश गरिएको छ । दाेस्रो भागमा १८ औं शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरू बारेमा लेखिएको छ । तेस्रो भागमा १९ औं शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूकाे जीवनी समावेश गरिएको छ । चाैथो भागमा २० औं शताब्दीकाे ख्रीष्टियान वैज्ञानिकहरूकाे जीवनी, पाचाैँ भागमा २१ औं शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरूकाे जीवनी सारंसमा समावेश गरिएको छ भने अन्तिम भागमा हात जिवित रहेका प्रसिद्ध वैज्ञानिकहरूको बारेमा लेखिएको छ ।

उक्त पुस्कतकमा १२ औं शताब्दी देखी हाल सम्म जीवित रहेका ख्रीष्टियान वैज्ञानीकहरुको जीवनी र उनीहरूले पुर्याएका योगदानकाे विषयमा चर्चा गरिएको छ । वैज्ञानिकहरू पनि कसरी परमेश्वर माथि भराेसा गर्थे र किन उनीहरूले परमेश्वरको अस्तित्वलाइ स्वीकार गरेका थिए भन्ने बारेमा पनि उल्लेख गरिएको छ । जब वैज्ञानिकहरू खोज तथा अनुसन्धानमा गहिरिदै जान्थे उनीहरूले परमेश्वरको काम अझै प्रस्छ सँग देखिदै गएको गवाही यस पुस्तक भित्र समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?