ललितपुर । सुनवल नगर इसाई समाज नगरपालिकाको आयोजना र किङडम भ्वाइस एफएम र उपहार टिभीको सहकार्यमा दुई दिने ‘मिडिया,मिसन र डिसाइपल मेकिङ’कार्यशाला सम्पन्न भएको छ ।
मिडिया कार्यशालामा उपहार टिभी र किङडम भ्वाइस एफएमका निलिमा कोइराला, कुमारसिंह विष्ट र सुनिलराज लामाले ‘मिसन, मिडिया र डिसाइपल मेकिङ’ विषयमा सिकाउनु भएको थियो ।
दुई दिने मिडिया कार्यशालामा नवलपरासी जिल्लाका ५७ जना मानिसहरु सहभागी भएका थिए । यो कार्यशाला कार्तिक २९ र ३० गते सुनवल नगरपालिका वडा नं.४ स्थित योन्सेई नेपाल ब्याप्टिस्ट सेन्टरमा संचालन भएको थियो ।