Jaya Mashi

मानव जीवनको मुख्य समस्या के हो ?

पा. प्रवजन शाही, संस्थापक, गुड न्युज नेपाल

मानव जीवन सुख र दुःखको मेल हो । यहाँ सुख पनि छ र दुःख पनि । तर हाम्रो जीवनको एउटा मूल समस्या पनि छ । त्यो मूल समस्या भनेको हाम्रो पाप र अधर्म नै हो । हाम्रो पाप र अधर्मका कारणले गर्दा हामीले जीवनमा प्रशस्तताको अनुभव गर्न सकिरहेका छैनौं । बाइबलले बताउँछ कि, ‘सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् ।’-रोमी ३:२३

हाम्रा दिनभरिका काम, बोलि र व्यवहारलाई विचार गर्ने हो भने हामीले चाल पाइहाल्छौं, कि कतिपय हाम्रा चालचलन र हाम्रा व्यवहार अति नै घिनलाग्दा, पापी र अधर्मले पूर्ण हुन्छन्। बिहान उठेदेखि बेलुका नसुतेसम्म हामीले धेरै पाप गरी नै रहेका हुन सक्छौं । पाप सम्बन्धी मानिसको एउटा गलत धारणा के छ भन्दा ठूलै हत्या, हिंसा, चोरी, लुटपाट र व्यभिचार गर्नेले मात्र पाप गरेको हुन्छ । त्यो गलत धारणालाई हामी प्रत्येकले आफ्नो मन मस्तिष्कबाट पूर्णरुपमा हटाउनु जरुरी छ । कतिपटक हामीले कसैलाई बोलिद्वारा होच्याउन पुग्छौं, अरुको मन दुख्ने गरी तीखो शब्दका वाणको प्रयोग गरी हृदयमा प्रहार गछौं, कतिलाई रुवाउँछौं, कतिको विरुद्धमा झुटो कुराहरु बोल्छौं, कतिको पछाडि कुरा काट्ने गछौ, त्यति मात्र होइन हामीले हाँसोमजाक गर्दा पनि पापकै साहारा लिएका हुन्छौं । हाँसीमजाक गर्नु आफैमा पाप होइन, तर हाँसी मजाकको नाममा अर्को व्यक्तिलाई रुवाउनु उसको मन दुखाउनुचाहिँ अवश्य नै पाप हो । यतिमात्र नभै पवित्र शास्त्र बाइबलमा त नराम्रो काम गर्नुमात्रै पाप नभै नराम्रो सोच्नु पनि पाप हो भनिएको छ । यी सबै कामकुराको आडमा हामीले परमेश्वरले सृष्टि गर्नुभएको सुन्दर जीवनमा नै नसुहाउँदा पाप गरिरहेका हुन्छौं, जुनचाही हामी मानव जातिको मुख्य समस्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?