येशूको पुनरुत्थानको स्पष्टीकरणहरू तथा गलत सिद्धान्तहरू (Common Explanation of Jesus’ Resurrection)
येशू साँच्चै मृत्युबाट बौरी उठ्नुभएको हो ? यदि उहाँ त्यसो हुनु नभएको भए त? यदि येशू मृत्युबाट बौरी उठ्नुभएको होइन भने हामीहरुले उहाँमा गरेको विश्वास व्यर्थ हुन्छ भनेर पावल १ कोरिन्थी १५ः१४,१७ मा भन्छन् । यो कुरा ध्यान दिन आवश्यक छ कि धेरै जसो बाइबलीय विद्वानहरु यस कुरामा सहमत हुन्छन् कि नयाँ करारको लेखकहरुको मुख्य शिक्षाको केन्द्र्र बिन्दुको नै पुनरुत्थान हो । र साथै सुरुका मण्डलीहरु र ईसाइहरुका शिक्षाको सार पनि यही थियो । पुनरुत्थान ईसाई विश्वासको केन्द्र विन्दु पहिले पनि थियो र अहिले पनि छ । यसैले ख्रीष्टियान रक्षाशास्त्री सेअन् र जोन म्याकडोवेल दावी गर्छन् “येशू ख्रीष्टको पुनरुत्थान र इसाईत्व सँगै खडा हुन्छ अथवा सँगै लड्छ । एउटा अर्काे बिना सत्य हुन सक्दैन ।” तिनीहरु एकै सिक्का २ पाटाहरु हुन् । अझ महत्वपूर्ण गरी रोमी १०ः९ ले बताउँछ, परमेश्वरले येशूलाई मृत्युबाट पुनरुत्थान गरेको हो भन्ने कुरा विश्वास ग¥यौ भने हाम्रो उद्धार हुनेछ । जसले पुनरुत्थान र मुक्तिको बीचको ईश्वरशास्त्रीय सम्बन्धलाई प्रदर्शन गर्दछ । ग्यारी हेबर्मासले ठिकै भन्नु भयो कि पुनरुत्थान बिना सुसमाचारको प्रचार अपूर्ण हुनेछ ;यो बिना विश्वास, ईश्वरशास्त्र अथवा मण्डली हुने थिएन र ईसाइत्व नै निराधार र फलहिन हुनेछ । साथै नयाँ करारका विद्वान एन्.टी राईट भन्छन्, “येशूको जन्मको कथा हटाएमा तपाईंले मत्तीको २ अध्यायहरु र लूकाको २ अध्यायहरु गुमाउनु हुन्छ । पुनरुत्थानलाई हटाउनु होस् तपाईंले सबै नयाँ करार र प्रायः जसो दोस्रो शताब्दीमा मण्डलीका पिताहरु पनि गुमाउनु हुनेछ ।” यसैकारण पुनरुत्थान चाहिँ ईसाईहरुको विश्वासको मुटु हो ।
येशू ख्रीष्टको पुनरूत्थानमाथि विश्वास नगर्ने व्यक्तिहरू संसारमा धेरै रहेको पाइन्छ । जसले ख्रीष्टको पुनरूत्थान एक छदमको रूपमा रहेको कुरा विश्वास गर्दछन् । यसको लागि उनीहरूले विभिन्न सिद्धान्तहरूको विकास गरे । जसलाइ निम्त बुदाँहरूमा उल्लेख गर्न सकिन्छः
1.गलत चिहान सिद्धान्त (The wrong Tomb Theory)
यस सिद्धान्त अनुसार येशूका चेलाहरू र स्त्रीहरू येशूको वास्तविक चिहानमा नगएर अर्कै चिहानमा गएका थिए भन्ने तर्क गर्छन् । येशूका चेला तथा स्त्रीहरू अर्को चिहानमा हेर्न गएका थिए । भन्ने सिद्धान्त बनाएता पनि त्यो सिद्धान्त पूर्णरुपमा गलत छ । किनकी येशूलाई राखिएको चिहान यरुशलेमबाट १५ मिनेट मात्र टाढा र सबैले थाह पाउने अरमाथियाका योसेफको चिहान थियो। यदि स्त्रीहरूले दिएको गलत सुचनालाई चेलाहरूले सहमती दिने थिएनन् । यदी अर्को चिहान भएको भए येशूको लाश देखाउन सक्थे। अर्को चिहानमा गएको भए त त्यहाँ बेरिएको कपडा हुनेथिएन। त्यसैले यो सिद्धान्त गलत छ। मत्ती २८:६, यूहन्ना २०:१-७
2. दृष्टिभ्रम वा डर को सिद्धान्त (The Hallucination Theory)
प्रेरितहरू तथा अन्य स्त्रीहरू येशूको मृत्युले धेरै आत्तिएर डरले गर्दा दृष्टि भ्रम भई आवेगमा बोलेका हुन्। अथवा उनीहरूले येशूको आत्मालाई मात्र देखेका हुन भनी प्रेतको सिद्धान्तको आरोप समेत छ। त्यसै गरी आतुर थिए, येशू बौरी उठ्नुहुन्छ भनी विचारेका थिए। उनीहरूले सोही कुरा कल्पना पनि गरेका हुन्। तर यो गलत आरोप र सिद्धान्त हो किनकि फरक-फरक समय, व्यक्ति र स्थानमा देखिएको येशू शरीरमा पनि हुनुहुन्थ्यो। त्यसैले उहाँले खानुभयो ,छ’न सकियो र दोहोरो कुराकानी गर्नुभयो। यदि भ्रम नै भएपनि एकदुई जनालाई मात्र हुनसक्छ। तर सबैलाई हुँदैन। त्यसैले पनि यो सिद्धान्तलाई स्वीकार्न सकिन्नँ। लूका २४:३९,४३
3.बेहोस हुने सिद्धान्त (The swoon ( Faint) Theory)
येशू खाली मूर्च्छा मात्र परेको थियो किनभने सिपाहीहरूले मारेका थिएनन् । येशू मर्नुभएकै थिएन भने बौरी उठ्ने कुरै भएन । उहाँ बेहोस मात्र भएको आरोप । अनि चिसो र सुगन्धित द्रव्यले उहाँको होश फर्काइदिए अनि उहाँले फेरि जीवन प्राप्त गर्नुभयो । तर यसको ठीक उल्टो ती सुगन्धित द्रव्य मसलादार अत्तर विषयुक्त थिए, जसले तत्कालै उहाँको मृत्यु हुनेथियो । रोमीका सेनाहरू मृत्युदण्ड दिने कुरामा खप्पिस थिए । क्रूशमा झुण्डाएपछि बाच्ने आशा नै हुँदैन । त्यो चिहानको ढोकाको मोहर कसैलाई छुने अधिकार थिएन । करिब ४० किलो मसला लगाई, खानु न पिउनु त्यो गह्रौ ढुंगा हटाउन सकिने अवस्था पनि थिएन । मर्नु भयो की भएन भनी पक्का गर्न कोखामा भालाले घोचेको छ । उहाँ वास्तवमै मर्नुभई बौरी उठ्नुभएको थियो । बरु कति चेलाहरूले त विश्सास समेत गर्न गाह्रो भएको देखेर येशूले हप्काउनु भयो । लूका २४:२५
4. उहाँको शरीर चोरी भएको सिद्धान्त (The Stolen Body Theory)
उहाँको शरीर चोरी भएको सिद्धान्त : येशूको शरीर चेला तथा येशूका अनुयायीहरूले चोरी गरेर पुनरुत्थान भएको भनी प्रचार गर्दै हिडेका हुन् भन्ने सिद्धान्त संसारमा फैलियो । तर जुन चोरीको आरोप लगाउने सिद्धान्त प्रतिपादन भए त्यो सरासर झुट छ । किनकि रोमी सेनाहरूको बलियो र थुप्रै फौज पहरेदारमा खटिएकाथिए । त्यहाँमाथि पनि चिहानको ढोका ठूलो र सिलबन्दि थियो । सबै चेलाहरूलाई येशू तीन दिनमा बौरी उठ्ने कुरा थाह हुँदाहुदै चोरी राख्नुपर्ने नै थिएन नी। यदि चोरैकै भएपनि आइतबार नै पर्खनुपर्ने पनि थिएन । यदि चोरेकै भएता उहाँलाई बेर्हेको कपडा मिलाएर नै किन राख्थे र – चोर्न आउदा हतियार सहित बसेका सेनाहरूसँग युद्ध भएको हुनुपर्ने, कोही-कोही मरेको वा घाइते भएको हुनुपर्ने। यो सबै भएको छैन। विचरा चेलाहरू प्रार्थना र शोकमा बसीरहेका थिए । मत्ती २८:११-१५
५. दृष्टिभ्रम वा डर को सिद्धान्त (The Hallucination Theory)
प्रेरितहरू तथा अन्य स्त्रीहरू येशूको मृत्युले धेरै आत्तिएर डरले गर्दा दृष्टि भ्रम भई आवेगमा बोलेका हुन्। अथवा उनीहरूले येशूको आत्मालाई मात्र देखेका हुन भनी प्रेतको सिद्धान्तको आरोप समेत छ। त्यसै गरी आतुर थिए, येशू बौरी उठ्नुहुन्छ भनी विचारेका थिए। उनीहरूले सोही कुरा कल्पना पनि गरेका हुन्। तर यो गलत आरोप र सिद्धान्त हो किनकि फरक-फरक समय, व्यक्ति र स्थानमा देखिएको येशू शरीरमा पनि हुनुहुन्थ्यो। त्यसैले उहाँले खानुभयो ,छ’न सकियो र दोहोरो कुराकानी गर्नुभयो। यदि भ्रम नै भएपनि एकदुई जनालाई मात्र हुनसक्छ। तर सबैलाई हुँदैन। त्यसैले पनि यो सिद्धान्तलाई स्वीकार्न सकिन्नँ। लूका २४:३९,४३
6.काल्पनिक तथा छलकपटको सिद्धान्त (The Imagination/Fiction Theory)
काल्पनिक तथा छलकपटको सिद्धान्त यो सम्पूर्ण कथा एउटा धोखा हो। जानी-जानी रचेको एउटा ढोंग हो भनी मानिसहरूले भने तर इतिहास अनि धर्मशास्त्रले यस्तो हाँसउठ्दो सिद्धान्तलाई सफसँग अस्वीकार गर्छ।
त्यसैगरी यो एउटा काल्पनिक कथा हो जसलाई पूर्वज्कहरुले हामीलाई विश्वास गर्न लगाएका हुन्। भन्ने तर्कसँग हामी सम्झौता गर्दैनौं। यो सिद्धान्त सत्य पनि होइन। बाइबलका जम्मै मौलिक पाण्डुलिपीले यस सिद्धान्तलाई झूटो ठहराउँछ। प्रेरित २:४
येशूको पुनरुत्थानको महत्व – Importance of Jesus’ resurrection )
इसाई मत मात्र एउटा यस्तो मत हो जसका जन्मदाता अहिलेसम्म जीवित छन् । ख्रीष्टिय विश्वासको मौलिकता र विशेषता चाहिँ यसको संस्थापक येशूको कन्याद्वारा जन्म र शारीरिक पुनरुत्थान हो। व्यक्तिगत मुक्तिको लागि पुनरुत्थान हुनु भएको ख्रीष्टमाथिको विश्वास अति आवश्यक छ। रोमी १०:९ पुनरुत्थानले येशूख्रीष्र्टर् इश्वर अनि प्रभु हुनुहुन्छ भनी पुष्टि गर्दछ। १को.१५:५७, प्रेरित १६:३१, रोमी १:४ उहाँको सम्पूर्ण उपाधि “प्रभु येशू ख्रीष्ट” उहाँको पुनरुत्थान नभई भएन । बौरी उठ्नु नभएको भए उहाँको नैतिक अनि शास्त्रीय शिक्षाहरू बेकारका हुनेथिए । पुनरुत्थान विना पेन्टिकोस्ट, नयाँ नियम, मण्डली विस्तार हुनेथिएन। प्रेरित १:१-८, हाम्रो पुनरुत्थान हुने कुरामा हामी विश्वस्त हुन सकिदैन थियो। पुनरुत्थानको शक्ति र प्रभावलाई देखेर पिता,पुत्र र पवित्रआत्मा परमेश्वरलाई महिमा दिन सक्यौ। संसारको शक्तिशाली विजयता मृत्यु हो, अझ त्यो भन्दा महाशक्तिशाली पुनरुत्थान हो। किनकि येशू मृत्युमाथि पनि विजय हुनुभयो।
