ख्रीष्टियानहरुले विश्वास गर्ने केही मुख्य कुराहरु
१. हामी विश्वास गछौँ त्रिएक परमेश्वर पिता, पुत्र र पवित्र आत्मा परमेश्वरमा (१यूहन्ना ५ः७,८, १ यूहन्ना २ः२२, २ कोरिन्थी १३ः१४, मत्ती २८ः१९,२ पत्रुस १ः२)
२.हामी विश्वास गछौँ सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाद्धारा मानविय हातद्धारा लेखिएको हो । (२ तिमोथी ३ः१६, २पत्रुस १ः२१)
३.हामी विश्वास गछौँ विश्वासद्धारा हामीले सित्तैमा परमेश्वरको अनुग्रहद्धारा मुक्ति पाउँछौँ । (एफिसी २ः८, यूहन्ना ३ः१८, १ पत्रुस १ः५, रोमी ८ः१, रोमी ८ः२९,३०)
४.हामी विश्वास गछौँ येशू ख्रीष्ट पवित्र आत्माको शक्तिद्धारा कन्या मरियमको गर्भबाट जन्मनुभयो र उहाँ यस संसारमा रहनु हुदाँ पूर्ण रुपमा मानिस र पूर्ण रुपमा परमेश्वर हुनु भयो र उहाँले कुनै पनि पाप गर्नु भएन । (यशैया ७ः१४, मत्ती १२ः२३, फलिप्पी २ः६,७, १ पत्रुस २ः२२)
५.हामी विश्वास गछौँ येशू ख्रीष्ट हामी पापको निम्ति त्रुसमा मर्नु भयो र तेस्रो दिनमा मरेकाहरुकाट जिवित उठ्नु भयो र ४० दिन पछि करिब ५०० जना मानिसहरुले देख्ने गरी स्वर्गरोहन हुनु भयो र अहिले उहाँ मध्यस्त भई काम गर्दै हुनुहुन्छ ।
६. हामी विश्वास गछौँ कि येशू हामीलाई दुलहीको रुपमा लिन फेरी आउँनुहुनेछ । (१ थेसलोनीकि ५ः१–६, १ कोरिन्थी १५ः५१–५२, प्रेरित १ः११, २ पत्रुस ३ः१०–११, यहूदा १५) ।
७.हामी विश्वास गछौँ कि शैतानको अस्तित्वमा र हजार बर्षको राज्यपछि सदाको लागि त्यो र त्यसका सबै दूतहरुले दण्ड भोग्नेछन् । (यशैया १४ः१२–२३, २ कोरिन्थी ४ः४, प्रकाश २०ः१०)
८.हामी विश्वास गछौँ मण्डली २ वटा बिधी मात्र छन् बप्तिस्मा र प्रभुभोज । (मत्ती २८ः१९, १ कोरिन्थी ११ः१७–२६)
९.हामी विश्वास गछौmँ बाइबलमा उल्लेख भएको चिन्ह, चंगाईं र आश्चर्यकर्महरुमा (यर्मिया ३२ः२०, २ कोरिन्थी १२ः१२) ।
१०.हामी विश्वास गछौँ कि येशूले हामीलाई संसारमा गएर सुसमाचार सुनाउँ भन्नु भएको छ । (मत्ती २८ः१९, रोमी १ः१६)
११. हामी विश्वास गछौँ कि परमेश्वरको शक्तिद्धारा र धर्मीजनको विश्वासको प्रार्थनाले रोगीहरु चंगाई हुनेछ । (याकूब ५ः१४–१६)
१२. हामी विश्वास गर्दछौँ कि येशू परमेश्वर हुनुहुन्छ र येशू परमेश्वर पिता भन्दा सानो हुनुहुन्न् । (यूहन्ना १ः१,३,१०)
१३. हामी विश्वास गछौँ कि परमेश्वरले अधिकार पूर्ण रुपमा दिनुभएको पुस्तक बाइबल मात्र हो । (२ तिमोथी ३ः१६)
१४. हामी विश्वास गछौँ कि येशू ख्र्रीष्टमा विश्वास गर्नेले अनन्त जीवन प्राप्त गर्नेछ । (यूहन्ना ३ः१६, १०ः१०)