Jaya Mashi

चेलापन भनेको के हो ?

परिचय

चेलापन के हो भनेर जान्नु अघि चेला भनेको के हो भनि जान्नु आवश्यक हुन्छ । साधारण शब्दमा चेला भनेको ‘शिष्य’ वा ‘सिक्ने व्यक्ति’ भनेर बुझिन्छ । हाम्रो बिषय अनुसार चेला भनेको उसको   येशूले चेलाहरुलाई भन्नुभयो, “यसकरण जाओ र प्रत्येक देशका जातिहरुलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाँउमा बप्तिसमा देओ ” (मत्ति २८ः१९)।

चेलापन भनेको येशू ख्रीष्टलाई चिन्नु , विश्वास गर्नु , प्रेम गर्नु र उहाँमा सर्मपित जीवन जीउनु हो । येशू ख्रीष्टलाई पछयाउने विश्वासीहरुको जीवनमा भइरहने निरन्तर प्रकृया नै चेलापन हो । ख्रीष्टियान चेलापन चाहिँ पवित्र आत्माको शक्तिमा बृद्धि हुने प्रकृया हो, जहाँ यस बर्तमान जीवनको उतारचढावलाई विजय गर्दै चरित्र र व्यवहारमा ख्रीष्ट जस्तै हुनु हो । चेलापन यस्तो प्रकृया हो, जुन निरन्तर रुपमा अघि बढिरहेको हनु छ । चेलापनले कुनै व्यक्तिलाई उस भित्रका खुवी वा वरदानलाई बाहिर प्रस्फुटन गर्ने काम गर्दछ । जब येशूलाई पछयाउने व्यक्ति चेला बन्दछ तब उसले आफैलाई होच्याई नम्र बनि परमेश्वरको बाटोमा विश्वासयोग्ताका साथ अघि बढ्छ र अरुलाई पनि चेलापनमा हुर्काउने काम गर्छ ।

ख्रीष्टियन चेलापन चाँहि पवित्र आत्माको शक्तिमा बृद्धि हुने प्रक्रिया हो, जहाँ यस वर्तमान जीवनको उतारचढावलाई विजय गर्दै चरित्र र व्यवहारमा ख्रीष्ट जस्तो हनु  हो । चेलापन चाहिँ शिक्षक र विद्यार्थी बीच निरन्तर चलिरहने सम्बन्ध र अन्तरक्रिया हो । साँचो चेला हुन त्यो व्यक्ति ख्रीष्टको वचनमा लागिरहनुपर्छ । ख्रीष्टलाई सबै भन्दा बढि प्रेम गर्नुपर्छ, आफैलाई इन्कार गर्नुपर्छ अनि आफ्नो क्रुसलाई दिनहुँ बोक्नुपर्छ । चेलापन मुक्ति पाएको प्रत्येक व्यक्तिको कर्तव्य हो । येशू प्रतिको पूर्ण भरोसा, नम्रता र आज्ञाकारीता पनि हो । परमेश्वरले सबै ख्रीष्टियानहरुलाई चेला हुनको निम्ति बोलाउनु भएको हो । हामीले जहिले पनि साक्षी दिनको निम्ति तयार हुनु पर्दछ । १पत्रुस ३ः१५, अनुसार “तर ख्रीष्टलाई प्रभु भनेर तिम्रो ह्रदयमा उहाँको श्रद्धा गर । तिमीहरुमा भएका आशाको बिषय कसैले सोधपुछ गरे त्यसको जवाफ दिन सधै तत्पर बस, तर त्यो काम नम्रता र श्रदासाथ गर ।” उहाको बाटोमा हिड्नु असल चेला हुनु हो ।

“चेलापन बिनाको इसाई जीवन ख्रीष्ट बिनाको इसाई जीवन जस्तै हो”        

            –डाईट्रिच बोनहोफर

             

अर्थ र परिभाषा

‘चेला’ शब्द ग्रीक भाषाको ‘माथेटेस’ बाट आएको हो जसको अर्थ ‘विद्यार्थी’, ‘छात्र’ वा ‘सिकारु’ भन्ने हुन्छ । वेभस्टार शब्दकोष अनुसार, चेला “जसले अरुबाट निर्देशन प्राप्त गर्दछ” त्यो चेला हो । चेला शब्दको अर्थ अर्को व्यक्तिलाई पछयाउने भन्ने हुन्छ । चेलाले सर्बप्रथम आफुले सिक्छ अनि मात्र अरु व्यक्तिलाई सिकाएर चेला बनाउछ । चेलाको परिभाषा अनुसार एक जो पछयाउने व्यक्ति जसले अरुको सिद्धानतलाई स्वीकार गर्दछ र त्यसलाई फैलाउने काम गदर्छ अनि ख्रीष्टको सुसमाचारलाई ग्रहण गर्दछ । त्यसैगरी “यस्तो नैतिक चरित्र भएको हो, जो सच्याइन चाहन्छ, सिक्छ अनि उसको दिमाग र ह्रदय सिक्ने कुराको लागि परिवर्तन हुँदै जान्छ।”

येशूको समय भन्दा पहिले पनि मानिसहरु ग्रीक र रोमी दार्शनिकहरु (गुरु) को चरणमा बसेर शिक्षा लिने गर्दथे । येशूको जीवनकालमा धेरै जना यस्ता मानिसहरु थिए जसले आफैलाई उहाँको चेला ठान्थे अर्थात विद्यार्थीहरुले शिक्षकको कुरा सुने जस्तो तिनीहरु उहाँको पछि लाग्थे अनि उहाँको वचन सुन्थे । कक्षा कोठामा दिइने शिक्षा भन्दा पनि गुरु र शिष्य बिचको संगठन र सम्बन्ध बढी महव्तपूर्ण मानिन्थ्यो । चेलाहरुले शिक्षक वा गुरुको शिक्षा र जीवनशैलीलाई आफ्नो जीवनमा पछ्याउने गर्दथे । बप्तिसमा दिने यूहन्नाको पनि धेरै चेलाहरु थिए पछि केही येशूको चेला बने । फरसी र यहूदी सम्प्रदायमा पनि चेलाहरु गूरुको चरणमा सभाघरमा शिक्षा लिने गर्दथे । पावल पनि गमलिएलको शिक्षामा हुर्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?