Jaya Mashi

नेपालको एकीकरण भन्दा पुरानो रहेको ख्रीष्टियान मण्डली इतिहास

नेपालको एककीकरण र पृथ्वी नारायण शाह भन्दा अगाडी देखि नेपाली इतिहास भएको ख्रीष्टियानहरु वर्तमान समय सम्म आइपुग्दा १.७६ प्रतिशतको संख्यामा रहेको पछिल्लो तथ्याङ्कले देखाउँछ । राष्ट्रिय तथ्याङ्क विभागको २०७८ अनुसार नेपालमा १० वटा धर्महरुलाई मान्यता दिएको पाइन्छ । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये ८१.३ प्रतिशत हिन्दु, ८.२१ प्रतिशत बुद्धिष्ट, ५.०९ इस्लाम, ३.१७ प्रतिशत किरात, १.७६ ख्रीष्टियान, ०.४६ प्रकृति पुजक, ०.०४ प्रतिशत बोन, ०.०१ जैन, ०.०१ सिख, ०.०१ बहाई रहेको तथ्याङ्कले देखाउँछ ।

                        नेपालमा ख्रीष्टियानहरुको इतिहासलाई नियाल्दा सन् १४८२ सम्म पाइपुग्दा युरोपियनसँग सम्बन्ध सपना भई सकेको इतिहास पाइन्छ । नेपालमा ख्रीष्टियानहरु भित्रिएको इतिहास भनेको सन् १६२८ मा जेस्वीट् पादरी जुवान क्याब्रेल र उनका सहयात्रीहरु भारत हुदै नेपालको भ्रमण गरेको थिए । उनीहरुलाई तत्कालीन नेपालका मल्ल राजाले स्वागत गरेको थिए ।

 यसका साथै सन् १६६१ को समय अवधीकमा अरु २ जना जेस्वीट फादरहरु नेपालमा आएका थिए । उनीहरुले तत्कालिन समयका राजा प्रताप मल्ललाई भेटेका थिए  उनले ती मेसनरीहरुलाई नेपालमा बस्नको लागि अनुमती दिएका थिए ।

            सन् १७०४ मे महिनाको ६ मा यात्रा सुरु गरेर २ जना रोमन क्याथोलिकका केपुचिन फादरहरु इटालीबाट भारत हुदै तिब्बत नेपाल मिसनको लागि यात्रा सुरु गरेका थिए । सन् १७०७ मा काठमाडौँ प्रवेश गरेका थिए भने जुन १२ मा उनीहरु ल्हासामा पुगेका थिए । उनीहरुले नेपाललाई तिब्बत जाने बाटोको रुपमा मात्र प्रयोग गरेका थिए । सन् १७०७ मा इटालीबाट ६ जना मध्य एसियाको लागि निस्किएका थिए । उनीहरु समुन्द्रको बाटो हुदै एलेक्जेन्ड्रियासम्म र पैदलै प्यालेस्टाइन, पर्सिया र भारतको मुगल साम्राज्यसम्म आएका थिए । उनीहरुलाई उत्तरी भारत, नेपाल र तिब्बतमा सुसमाचार प्रचार गर्ने लक्ष्य थियो । यस क्रममा दुई बर्ष सम्म भोक प्यास र रोग लागेको कारण एक जना साथीको मृत्यृ भयो र २ जना आफ्नै देश फर्केका थिए । अब बाकीँ ३ जना भने भारतको बिहारको पटनामा आइपुगे र उनीहरु उनीहरुले नेपाल तिब्बतमा सुसमाचारको कार्य गरे ।

यस्तै सन १७०७ मा २ जना क्याथोलिक पादरीहरु तिब्बत जानको लागि भारतबाट काठमाण्डौँको बाटो हुदै अगाडी बढेका थिए । उनीहरु केही समय काठमाडौँमा बसको विश्वास गरिन्छ । उनीहरुले काठमाण्डौको राजाले अनुमति विना नै कुतिको बाटो भएर तिव्वत प्रबेश गर्न लागेको आरोप लगाई ठूलो रकम तिर्न वाध्य तुल्याएका थिए ।

करिब  १७३७ को समय अवधीमा भादगाउँका राजा (भक्तपुर) ले भने मेसिनरीहरुलाई भक्तपूरमा बस्नको लागि लिखित अनुमती दिएका थिए  ।  उनीहरु करिब १७६९ बर्ष सम्म नेपालमा बसेको अनुमान गरिन्छ । उनीहरुले सेवाको क्रममा सन् १७६९ सम्ममा २ वटा चर्चहरु र नजिकै दफनका लागि चिहान पनि बनाएका थियो । उनीहरुले भादगाउँमा ४ तल्ले घरमा ठुलो क्रुस पनि राखेका थिए । उनीहरुले उपत्यकाका पहाडहरुमाथि विशाल क्रुसहरु खडा गरेका थिए । भादगाउँका राजाले धार्मिक प्रचार गर्न अनुमती दिएका थिए । “हामी, भादगाउँको राजा जय रणजित मल्ल, यो दस्तावेजको आधारमा युरोपियन फादरहरुलाई प्रचार गर्ने, शिक्षा दिने र धार्मिक शिक्षाद्वारा आर्कषण गर्न र त्यस्तै प्रकारले युरोपियन फादरहरुले पनि हाम्रो नियमहरु मान्न कुनै डर बिना अनुमति दिइन्छ । हामीबाट फादरहरुलाई उनीहरुको कामप्रति कुनै प्रकारको अवरोध र किचकिच हुने छैन । तर यो सबैको पालना बिना कुनै हिंसा र स्वइच्छाले गर्नुपर्ने छ ।”

About This Image:

This is an image of the frontispiece of “Satya Sakshi Parmeshvarya Mahima”, a treatise on monotheism composed in Newari in 1740 for King Ranajit Malla of Bhaktapur. It was written by Padre Vito da Recanati, a Catholic Capuchin missionary, with the assistance of his Newari language teacher in Bhaktapur, Brahman Balagovinda.

६ जना क्यापुचियन फादरहरु नेपालमा नै बसोबास गरेर सेवाकाई गरी उनीहरुको मृत्यु पनि यहाँ भएको थियो भन्ने विश्वास गरिन्छ । नेपालमा रहदा बस्दा उनीहरुले नेपालका शासक बर्गहरु, ब्राम्हणहरु र सबै जात जातिका मानिसहरुलाई सुसामाचार प्रचार गरेका थिए ।

 उनीहरुले सामान्य प्रकारको जीवन जिउथे । उनीहरु जहाँ बस्थे त्यहाँ ईशाई विश्वासको केन्द्र र नियमित परमेश्वरको आराधना गर्ने थलो बनाएका थिए ।

सन् १७४५ जनावरी ६ मा उच्च घरणाका नेपालीहरुले ख्रीष्टमा विश्वास गरेर ल्हासामा गईमा बप्तिस्मा लिए र उनको नाम माइकल भनेर राखको थियो भन्ने इतिहास भनिन्छ । माइकल नै नोपली जगतको पहिलो ख्रीष्टियान बनेको थियो । उनी ख्रीष्टिष्यान भएपछि उनलाई आफ्नै परिवार र आफन्तले  तल्लो तहमा गणना गरको थियो ।

त्यस समयमा भादगाउँका राजाले मेसिनरीहरुलाई सुसमाचार प्रचार गर्ने अनुमति दिएका थिए ।

पृथ्वी नारायण शाहको उदय र ख्रीष्टियानहरु प्रति क्रुरता

            जब गोरखाका राजा पृथ्वी नारायन शाहले सन् १७६९ म काठमाण्डौँलाई राजधानी बनाएर नेपाल एकिकरण गर्ने  कामलाई सार्थक बनाएको कुरा प्रमाणित गरे । उनी नयाँ नेपाल र शाह बंशको संस्थापक बने त्यस पछि पृथ्वी नारायण शाहले मेसिनरीहरुलाई नेपालमा बस्न नदिने नियमहरु बनाए र क्याफूचियन फादरहरुलाई देश निकाला गर्ने निणर्य गरी नेपाली ख्रीष्टियानहरुलाई नराम्रो व्यवहार गरे । जसको कारणले नेपाली ख्रीष्टियानहरु छिमेकी देश भारतमा शरनार्थी भएर जीवन विताउँन बाध्य भए । शाहले सन् १७६९ फ्रेब्रुवरीमा मा एक फादर र करिब ६० जना भन्दा बढी नेपाली ख्रीष्टियानहरुलाई नेपाल छोड्न बाध्य तुल्याए । उनीहरु  भारतको उत्तर भाग बेतिया भन्ने स्थानमा गई बसोबास गर्न थाले । पादरी गंगा प्रसाद प्रधानलाइ पनि देश निकाला गरिएको थियो ।

फोटोः पादरी गंगा प्रसाद प्रधान

            सोही समयमा मुसलमानहरुलाई पनि देश निकाला गरेका थिए । उनीहरु पछि देश फर्के अनुमती दिइका थियो भने ख्रीष्टियानहरुलाई भनी फेरी देशमा प्रवेश गर्न निषेद गरियो ।

            उनीहरुलाई देश निकाला गरेपनि परमेश्वरकोबाट कहिल्यै पनि बहकिएनन् । उनीहरु परदेशी भएर पनि परमेश्वरको काम निरन्तर गरि नै रहेकोले करिब १८७० को दशक तिर दार्जलिङमा पहिलो नेपाली मण्डलीको स्थापना भयो । यो मण्डलीमा पहिलो नेपाली विश्वास भिम दल देवान थिए भन्ने गरिन्छ । यस समयमा नेपालमा सुसमाचार प्रचार गर्न र कुनै पनि ख्रीष्टियानहरुलाई बसोबास गर्न पूर्ण रुपमा निषेध गरिएको थियो । यसरी पृथ्वी नारायण शाहको शासन देखि राणा शासनकालसम्म करिब २०० बर्षसम्म नेपालमा कुनै सुसमाचारको कार्य भएन । 

 बि.सं. २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भयो । राजा त्रिभुवनलाई राष्ट्रिय पिता भनि सम्मान गरियो । राणा शासनको अन्त्य भयो । प्रजातन्त्रको उदयसँगै नेपालमा ख्रीष्टियानहरुको प्रवेश र प्रचारको काम भएको पाइन्छ । जसको फलस्वरुप नेपालको पहिलो चर्च पोखरामा स्थापना भयो । नेपालको पहिलो चर्चको रुपमा रामघाम चर्च पोखरा हो । उक्त मण्डलीको नेतृत्व डेविड मुखिया र प्रेमी मुखियाले गरेका थिए ।

प्रजातन्त्रको उदयसँगै नेपालमा चर्चहरुको स्थापना हुने काम पनि भयो । प्रजातन्त्रको उदय भएतापनि खुल्ला रुपमा येशूको बारेमा सुसमाचार प्रचार गर्ने अवसर भने थिएन । सुरुवाती अवस्थाहरुमा धेरै जना अगुवाजनहरुले जेल जीवन, दुःख कष्टको सामना गर्नु परेको थियो ।

नेपाल राष्ट्रिय ख्रीष्टियान महासंघ अनुसार हाल नेपाल भरी करिब १२ हजार चर्च र करिब ३० लाख ख्रीष्टियानहरुको जनसंख्या रहेको दाबी गर्दै आइ रहेका छन् यधपी यो कुनै आधिकारी तथ्याङ्क भने होइन । The National Christian Community Survey (NCCS)    ले सन् २०२२ मा निकालेको तथ्याङ्क अनुसार देश भरी ६ लाख ८३ हजार २ सय ६१ जना ख्रीष्टियानहरु र देशभरी ७ हजार ७ सय ५८ वटा चर्च रहेको तथ्याङ्क प्रकाशन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?