Jaya Mashi

ख्रीष्टियान वैज्ञानिक जर्ज फ्रान्सिस रेनर को जीवनी

जर्ज फ्रान्सिस रेनरको जन्म ख्रिष्टाब्द १९३९ मा दक्षिण अफ्रिाकामा भएको थियो । उनी दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयको गणित बिषयमा प्रोफेसर हुन् । यसैले उनी गणितीय विभागको प्रोफेसरको रुपमा काम गर्दै आइ रहेका छन् । उनले ख्रिष्टाब्द १९६० मा Cape Town विश्वविद्यालयबाट भौतिक विज्ञानमा स्नातक गरेका थिए भने १९६४ मा क्याब्रिज विश्वविद्यालयबाट प्रयोगात्मक गणित र सौद्धान्तिक भौतिकशास्त्रमा पी.एच.डी गरेका थिए । सोही विश्वविद्यालयमा १९६५ देखि १९६७ सम्म अनुसन्धनको क्षेत्रमा रहेका काम गरेका थिए भने १९७० मा प्रयोगात्मक गणित र सैदान्तिक भौतिकशास्त्रका लेक्चरर (व्याख्याता)को रुपमा पनि काम गरेका थिए ।  उनको व्यावसायिक अनुसन्धानका बिषय भनेको सापेक्षताको सिद्धान्त, ब्रह्माण्ड विज्ञान र मानिसको मष्तिष्कको अध्ययन गर्ने रहेको छ ।

उनी क्याम्ब्रिज विश्वविद्यालयको लेक्चरर, इन्टरनेशनल स्कूल अफ एडभान्स्ड स्डडीजमा ब्राह्मण्डीय भौतिकशास्त्रको प्रोफेसरका साथै विश्वका विभिन्न विश्वविद्यालयमा प्रोफेसको रुपमा कार्य गर्ने गर्दछन् । सापेक्षताक सिद्धान्त र ब्रह्माण्ड विज्ञानको बिषयमा ३०० भन्दा बढी आफ्ना लेखहरु प्रकाशन गरि सकेका छन् ।

जर्ज बिशेषगरी विज्ञान र धर्म बिषयमा बढ रुची राख्ने वैज्ञानिक हुन् । विज्ञान र धर्म भन्ने बिषयमा उनले कलम चलाएका थिए जस स्वरुप उने टेम्पलटन नामक पुरस्कार पनि प्राप्त गरेका थिए ।  जर्जले ब्रह्माण्डको उत्पत्ति र अन्तरिक्ष र समयको प्रकृतिको बारेमा अत्याधुनिक सिद्धान्तहरूमा काम गरेका छन् । ब्रह्माण्डलाई नियन्त्रित गर्ने भौतिक नियमहरू भएजस्तै ब्रह्माण्डको नैतिक जग पनि छ भनी तिनी प्रस्ताव गर्छन् ।

ख्रिष्टाब्द १९७३ मा द लार्ज स्केल स्ट्रक्चर अफ स्पेस–टाइम नामक पुस्तकको लेखक स्टीफन हकिङसँग मिलेर सह–लेखकको रुपमा पुस्तक लेखेका थिए । यो पुस्तकलाई ब्रह्माण्ड विज्ञानको विश्वको अग्रणी सिद्धान्त मध्ये एक मानिन्छ ।  १९८९ देखि १९९२ सम्म उनी the International Society on General Relativity and Gravitation.  को  अध्ययको रुपमा काम गरेका थिए ।  उनी International Society for Science and Religion पुर्व अध्यक्ष पनि थिए ।  उनलाई सन् १९९९ मा नेल्सन मण्डेलाबाट अर्डर अफ द स्टार अफ साउथ अफ्रिकाबाट सम्मानित गरिएको थियो । मे १८, २००७ मा उनी ब्रिटिस रोयल सोसाइटीमा पनि चुनिए । यो सोसाइटीको भुमिका भनेको विज्ञान र यसको फाइदाहरू प्रवर्द्धन गर्दै, विज्ञानमा उत्कृष्टतालाई मान्यता दिँदै, उत्कृष्ट विज्ञानलाई समर्थन गर्दै, नीति, शिक्षा र सार्वजनिक संलग्नताको लागि वैज्ञानिक सल्लाह प्रदान गर्दै र अन्तर्राष्ट्रिय र विश्वव्यापी सहयोगलाई बढावा दिन हो ।

उनले एनिसोट्रोपिक ब्रह्माण्डविज्ञान (anisotropic cosmologies) र इनहोमोजेनियस ब्रह्माण्डहरू ( inhomogeneous universes) र ब्रह्माण्ड विज्ञानको दर्शनमा काम गरेका छन् ।

उनका प्रसिद्ध पुस्कहरु मध्ये बिफोर द बिगिनिङः कस्मोलोजी एक्सप्लेन, अन द मोरल नेचर अफ युनिभर्स (थेयोलोजि एण्ड द साइन्स), फर फ्युचर युनिभर्स हुन् ।

            जर्ज फ्रान्सिस रेनर वैज्ञानिकका साथै एक असल ख्रीष्टियान पनि हुन् । उनले इसाइमतको समर्थनमा विभिन्न पुस्तकहरु लेखी पुरस्कार पनि प्राप्त गरेका छन् । परमेश्वरमा माथि विश्वास र विज्ञानलाई सँगसगै लाने वैज्ञानिकहरु मध्ये उनी पनि एक हुन् । उनली येशू बारेमा लेख्नछन्, “परमेश्वरको प्रकृति नासरतका येशूको जीवन र शिक्षाहरुमा सबैभन्दा उत्तम रुपमा प्रकट भएको छ…”

सन्दर्भ सामाग्री

Ellis, F. R.,  George – Wikipedia,” accessed June 25, 2023, https://en.wikipedia.org/wiki/George_F._R._Ellis.

“Prof. George F. R. Ellis FRS | Faraday,” accessed June 25, 2023, https://www.faraday.cam.ac.uk/about/people/prof-george-f-r-ellis-frs/.

“Ellis, F. R. George. Science and Hope | The On Being Project,” accessed June 25, 2023, https://onbeing.org/programs/george-f-r-ellis-science-and-hope/.

Gibbs, W. W. (1995). “Profile: George F. R. Ellis – Thinking Globally Acting Universally”. Scientific American273 (4): 50–55

“George F. R. Ellis – Wikipedia,” accessed June 25, 2023, https://en.wikipedia.org/wiki/George_F._R._Ellis.

“Royal Society – Wikipedia,” accessed June 25, 2023, https://en.wikipedia.org/wiki/Royal_Society.

Does god exist? – scientists and God – George Francis Rayner Ellis – 2nd quarter 2022. (n.d.). https://doesgodexist.org/Journals-2022/2ndQtr22/George_Ellis–Scientists-2ndQtr22.html

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?