Jaya Mashi

येशूको ईश्वरत्व माथि बाइबलीय प्रमाण

डोल रोटन भन्छन्, “येशू परमेश्वर हुनुहुन्छ  अनि सधै जीवित हुनुहुन्छ । तर पनि इतिहासको कुनै एक निश्चित समयमा उहाँले मावन रुप लिनुभयो । अनि परमेश्वरको शक्तिद्धारा कन्या मरियमको कोखबाट जन्मिनु भयो । उहाँले एक पाप रहित जीवन जीउनु भयो ।”  वास्तवमा येशूको ईश्वत्वलाई ख्रीष्टियानहरुले स्वीकारको कारण यो हो कि धर्मशास्त्रले नै येशूको ईश्वरत्वको निष्कर्षमा पुराउँछ । बाइबलले स्पष्ट बताउँछ कि यदि हामीले येशूको ईश्वरुत्वलाई इन्कार गछौँ भने हामीहरुसँग पिता परमेश्वर पनि हुनहुन्न् । १ यूहन्ना २:२३ ले भन्छ, “पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न । जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ ।”

                यूहन्ना १:१ अनुसार “आदिमा बचन हुनुहुन्थ्यो, बचन परमेश्वर हुनुहुन्थ्यो, अनि बचन परमेश्वर हुनुहुन्थ्यो ।”  यहाँ बचन परमेश्वर हुनुहुन्थ्यो भन्नुको अर्थ हो कि येशू पनि परमेश्वर हुनुहुन्छ । यहाँ येशूलाई वचनको रुपमा प्रस्तुत गरिएको छ । यही बचन नै हाम्रो येशु ख्रीष्ट हुनुहुन्छ (यशैया ५५:११,प्रकाश १९:१३)। येशू कुनै संयोग वा आश्चर्यपूर्ण तरिकाले परमेश्वर हुनु भएको होइन तर उहाँलाई परमेश्वरको दर्जा बाइबलले नै दिने गर्दछ । तर यूहन्ना १:१ लाई यहोवाका साक्षीहरुले फरक तरिकाले व्यक्त गर्दछ । उनीहरुले यूहन्ना १:१लाई यसरी अनुवाद गरेका छन्, “सुरुमा वचन हुनुहुन्थ्यो अनि वचन परमेश्वरसित हुनुहुन्थ्यो र वचन ईश्वरीय हुनुहुन्थ्यो ।”  यूहन्ना १:१ पदको व्याख्यामा उनीहरु लेख्छन्,

यूहन्ना १:१ का यी शब्दहरुलाई विभिन्न अङ्ग्रेजी, फ्रान्सेली अनि जर्मन अनुवादहरुमा “ईश्वर,” “ईश्वरीय” वा “ईश्वरसमान” भनेर अनुवाद गरिएको छ किनभने यहाँ प्रयोग भएको ग्रीक शब्द थिओस, जुसको अर्थ हो परमेश्वर, त्यसको अगाडी ग्रीक शब्द “हो” छैन । तर यूहन्ना १:१ को अघिल्लो भाग अर्थात “वचन परमेश्वर सित हुनुहुन्थ्यो” भन्ने वाक्यमा भने ग्रीक अभिव्यक्ति “हो” थिओस ( ὁ Θεὸς ) प्रयोग गरिएको छ । ग्रीक भाषामा नामको अगाडी “हो” (ὁ) छ भने त्यसको व्यक्तिविशेष परिचय, व्यक्तित्वलाई बुझाउँछ अनि नामको अगाडी “हो” ( ὁ ) छैन भने त्यसको व्यक्तिविशेषको गुणलाई बुझाउँछ । तसर्थ यूहन्नाले वचन वा लोगोस “ईश्वर” वा “ईश्वरीय” वा “ईश्वरसमान” छ भन्नुको अर्थ वचन स्वयम् परमेश्वर हुनुहुन्छ भन्ने होइन । यूहन्नाले चलाएको शब्दले वचन वा लोगोसको एउटा खास गुणलाई मात्र बुझाउँछ तर वचन आफै परमेश्वर हुनुहुन्छ अथवा वचन र परमेश्वर एउटै हो भनेर बुझाउँदैन । 

                 यहन्नाले येशूलाई “बचन” ग्रीक मा (लोगोस) भनी सम्बोधन गर्दै आफ्नो सुसमाचार सुरु गरेका छन् । ख्रीष्टका निम्ति यो पदवी प्रयोग गरेर यूहन्नाले उहाँलाई परमेश्वरको व्यक्तिगत बचनको रुपमा प्रस्तुत गरेका छन् ।  तर के यहोवाका साक्षीहरुले भने जस्तै यूहन्ना १:१ ले येशूको ईश्वरत्वलाई इन्कार गरेको हो र ? यूहन्ना १:१ Θεὸς ἦν ὁ Λόγος यहोवाका साक्षीहरुले  “the Word was God”  लाई “the Word was a god“ भनेर अनुवाद गर्दछ । यसको अर्थ येशू एक देव वा विभिन्न अरु देवहरु मध्ये एक देव जस्तै हो तर परमेश्वर चाहिँ होइन भन्ने गर्दछन् । यहोवाका साक्षीहरुले भनेको वाक्य “ग्रीक भाषामा नामको अगाडी हो (ὁ) छ भने त्यसको व्यक्तिविशेष परिचय, व्यक्तित्वलाई बुझाउँछ अनि नामको अगाडी हो ( ὁ ) छैन भने त्यसको व्यक्तिविशेषको गुणलाई बुझाउँछ ।” भन्ने ठिक हो तर यसको लागि वाक्यको संरचनालाई पनि ध्यान दिनु पर्दछ । Θεὸς ἦν predicate noun। Λόγος  यहाँ जुन रुपमा Θεὸς को प्रयोग भएको छ त्यसको निम्ति ( ὁ ) को आवश्यकता पर्दैन किनकि ग्रीक भाषाको नियम अनुसार Subject and Object ( ὁ ) चाहिन्छ तर predicate noun लाई ( ὁ ) चाहिदैन ।   तसर्थ यहोवाका साक्षीहरुले वचन वा लोगोस “ईश्वर” वा “ईश्वरीय” वा “ईश्वरसमान” छैन भन्नु अज्ञानता र ग्रीक भाषाको अल्पज्ञान बाहेक अरु केही हुन नै सक्दैन । यसैगरी Θεὸς को वाक्य संरचना प्रयोग पद यूहन्ना १:२, ६,१२, १३ मा पनि प्रयोग गरिएको छ ।

यूहन्ना २०:२८ येशूका बाह्र चेला मध्ये एक चेला थोमाले येशूलाई “मेरो प्रभु र मेरो परमेश्वर” भनी सम्बोधन गरेका छन् । यसको अर्थ यही हुन्छ कि थोमाले येशू ख्रीष्टलाई परमेश्वर नै हुनुहुन्छ भनी थाहा पाए र भने । मेरो परमेश्वर भन्नुको अर्थ यो पनि हो कि मेरो जीवनको मालिक । थोमाले स्पष्ट रुपमा थाहा पाए कि उहाँ साच्चै परमेश्वर नै हुनुहुन्छ । यहोवाका साक्षीहरुको पुस्तक Should You Believe in the Trinity ? ले यूहन्ना २०:२८ का दुईवटा व्याख्याहरु दिन्छ:

१.“थोमाका लागि येशू एक देव” तुल्य हुनुहुन्थ्यो, विशेष गरी उहाँका घोषणाहरुलाई उत्प्रेरित गर्ने आश्चर्यकर्ममय स्थितिहरुमा ” ।

तर यो व्याख्या विश्वासलाग्दो छैन, कारण थोमाले येशुलाई “तपाई एक देव जस्तै हुनुहुन्छ” भनेनन् तर उहाँलाई “मेरो परमेश्वर” भने । ग्रीक मूलपाठमा उहाँ निश्चित उपपद छ (यसलाई ‘एक देव’ भनी अनुवाद गर्न सकिदैन) अनि यो सुस्पष्ट छ: ho theos mou भनेको ‘मेरो एक देवता’ होइन तर ‘मेरो परमेश्वर’ हो ।

२. प्रस्तुत गरिएको व्याख्या यस्तो छ,“थोमाले उदेकको एउटा भाबुक उद्गार मात्र व्यक्त गरेका थिए, जो येशूलाई सम्बोधन गरिएको थियो तर परमेश्वरतिर लक्षित थियो ।” 

हिब्रू १:३ लाई अध्ययन गर्ने हो भने येशू नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा प्रस्ट हुन्छ । येशु पूर्ण रुपमा परमेश्वर हुनुहुन्छ भन्ने पदहरु मध्ये यो पनि एक बिशेष पद हो । हिब्रूको लेखकले ख्रीष्ट परमेश्वरको स्वभाव, अस्तित्वमा यस्तै हुनुहुन्छ भन्ने कुरा उल्लेख गर्छन । पिता परमेश्वरमा जस्तो स्वभाव, गुण, चरित्र, अस्तित्व र शक्ति छ त्यस्तै येशु ख्रीष्टमा छ भन्ने कुरा प्रस्ट पार्दछ । तीतस २:१ ले पनि येशु ख्रीष्टलाई परमेश्वर भनिएको छ । २ पत्रुस १:१ मा हाम्रा परमेश्वर र मुक्तिदाता येशु ख्रीष्टको भनिएको छ । यसको अर्थ पनि यहि हुन्छ कि येशु नै परमेश्वर हुनुहुन्छ । यशैया ९:६ ‘किनभने हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । …..शक्तिशाली परमेश्वर… कहलाईनुहुनेछ ।’ पुरानो करारमा पनि येशूलाई परमेश्वर भनी सम्बोधन गरिएको छ । यहाँ येशु ख्रीष्ट लाई शत्तिलशाली परमेश्वर भनी भनिएको छ । रोमी ९:५ मा येशू ख्रीष्टलाई सर्बोच्च परमेश्वर भनिएको छ । यशैया ४०:३ मा पनि येशुलाई  परमप्रभु भनिएको छ । बाइबलमा उल्लेख भएका पदहरूले येशू ख्रीष्ट परमेश्वर हुनुहुन्छ भनेर बताउँछ यसैले यहोवाका साक्षीहरुले गरेको तर्क बेतुक र कुनै अर्थ र बाइबलीय शिक्षा नै नबुझेका हो भन्ने अर्थ हुन्छ । येशू ख्रीष्टको इश्वरीय गुण र उहाँको स्वभावलाइ नै इन्कार गर्नेहरूले येशू ख्रीष्टको इश्वरत्वको बारेमा कहिल्यै वकालत गर्न सक्दैन । किनकि तिनीहरू मति भ्रष्ट भएर शैतानका पासोमा परेका छन् ।

                कलस्सी १:१६“किनकी उहाँमा नै (येशु ख्रीष्टमानै) सबै थोक सृष्टि भएका थिए । स्वर्गमा र पृथ्वीमाथि भएका अदृश्य थोकहरु, चाहे सिंहासनहरु, चाहे प्रभुत्वहरु, चाहे प्रधानताहरु चाहे अधिकारहरु सबैथोक उहाँद्धारै र उहाँकै निम्ति सृजिएका हुन् ।”  रोमीको ९:५ ले येशू सर्बोच्च परमेश्वर हुनुहुन्छ भनी पावल उल्लेख गर्छन् । परमेश्वर भएता पनि शरीर अनुसार जन्मनु भयो यसैकारण सर्बोच्च परमेश्वर येशुको युगानयुग स्तुति होस् भनी भनेका छन् । यस्तै १ यूहन्ना ५:२० मा येशु परमेश्वरको पुत्र हुनुहुन्छ जो सत्य हुनुहुन्छ, उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ र अनन्त जीवन दिनुहुन्छ । बाइबलका यी खण्डहरुको तथ्यले यही कुरा बताउँछ कि, येशु परमेश्वर हुनुहुन्छ । उहाँद्धारै नै सबै थोक बनिएको थियो यसैले येशू वास्तविक रुपमा र स्यमं परमेश्वर हुनुहुन्छ । यसैले उहाँले सबै कुरा जान्नुहुन्छ, ।

येशू परमेश्वर हुनुहुन्छ भनेर येशूका चेलाहरुले स्वीकार गरेका थिए, सुरुका मण्डलीहरुले येशूको नाममा प्रार्थना र आराधना गर्ने गर्थे, नासरियन परिषद्ले झुटा शिक्षाहरुलाई जवाफ दिनको लागि येशू परमेश्वर हुनुहुन्छ भने र अहिले पनि करोडौँ मानिसहरुले येशू परमेश्वर हुनुहुन्छ भनेर विश्वास मात्र गर्दैनन् तर उहाँको निम्ति मर्न पनि तयार हुन्छन् । यसैले येशू परमेश्वर हुनुहुन्छ भन्दा यहाँ २ कुरा मात्र हुन्छ, पहिलो कि त यो पूर्ण झुट हो वा कि त यो पूर्ण रुपमा सत्य हो । तर हामीलाई बाइबलले यो कुरा स्पष्ट रुपमा सिकाउँछ कि येशू परमेश्वर नै हुनुहुन्छ । येशू परमेश्वर होइन भन्ने जति प्रमाण संसारमा छन् ती भन्दा धेरै प्रमाण येशू परमेश्वर हुनुहुन्छ भन्ने बाइबलीय प्रमाण छ  यसैले आफ्नो बुद्धिले परमेश्वर महानतालाई व्याख्या गर्न खोज्नु र सूर्यलाई हत्केलाले छेक्न खोज्नु उही हो ।

…उहाँ सिद्ध परमेश्वर पनि हुनुहुन्छ । उहाँलाई कसैले परमेश्वर बनाएको होइन, तर उहाँ परमेश्वर नै हुनुहुन्छ । येशू सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, उहाँले तपाईं र मलाईं बनाउनुभयो । पापमा डुबेर नाश हुन लागेका मानिसहरुका मुक्तिदाता बन्न उहाँ आउनुभयो । उहाँ मर्नुभयो, तर मृत्युलाई जितेर उहाँ फेरि जीवित हुनुभयो । उहाँको कुनै चिहान छैन । किनकि ईश्वरको चिहान हुँदैन, ईश्वर मर्दैनन् । (https://www.promisetvnepal.com/येशू-सिद्ध-ईश्वर-र-मानिस/)

ईश्वरशास्त्री लेविस चाफर लेख्छन्, “पृथ्वीमा कसैलाई पाप क्षमा गर्ने अधिकार छैन न त उसको हैसियत नै छ । कसैले क्षमा दिएको पापले उहाँलाई बचाउँन सक्दैन जसको विरुद्धमा सबैले पाप गरेका छन् । जब येशूले निश्चित रुपमा पापको क्षमा दिनुभयो उहाँले मानवीय अधिकारको अभ्यास गर्दै हुनुहुन्थेन । परमेश्वरले मात्रै पापको क्षमा दिन सक्ने भएकोले निष्कर्षमा यो प्रस्ट छ कि ख्रीष्टले पापको क्षमा गर्नुभएकोले उहाँ परमेश्वर हुनुहुन्छ । उहाँ परमेश्वर हुनुभएकोले अनन्त हुनुहुन्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?