Jaya Mashi

के त्रिएक परमेश्वरको रहस्य कहिल्यै बुझ्न सक्दैनौ ?

परमेश्वर सदा सवर्दा तिन व्यक्तिको रुपमा अस्तित्वमा हुनुहुन्छः पिता, पुत्र र पवित्रआत्मा अनि हरेक व्यक्ति पुर्ण रुपले परमेश्वर नै हुनुहुन्छ र परमेश्वर एउटै हुनुहुन्छ ।

जे.रोड म्यान विलियमले त्रिएकलाई इसाई विश्वासको सबै भन्दा ठुलो रहस्य भनि भनेका छन् । बाइबलमा त्रिएकको बारेमा हामी स्पष्ट रुपमा पाउँदैनौँ तर परमेश्वर एक हुनुहुन्छ र उहाँ तिन व्यक्तिमा हुनुहुन्छ भन्ने कुरालाई हामी स्पष्टरुपमा पाउँछौँ । हामी बाइबलमा त्रिएक शब्दलाई कतै पनि पाउँदैनौँ । तर त्रिएकको विचारलाई हामी धेरै ठाउँमा पाउँछौँ । त्रिएकको अर्थ त्रि–एकता अथवा तिन व्यक्तिमा एक परमेश्वर हो । यसलाई अझै छोटकरीमा भन्नुपर्दा, परमेश्वर तिन व्यक्ति हुनुहुन्छ तर उहाँ एक परमेश्वर हुनुहुन्छ । परमेश्वर तिन व्यक्तिहरु हुनुहुन्छ तथापी उहाँ एउटै परमेश्वर हुनुहुन्छ भन्ने धर्मशास्त्रको शिक्षालाई सांराशीत गर्न यो शब्द प्रयोग गरिन्छ । परमेश्वर अनन्त देखी नै तिन व्यक्तिमा हुनुहुन्छ पिता, पुत्र र पवित्रआत्मा र उहाँहरु हरेक व्यक्ति पूर्ण परमेश्वर हुनुहुन्छ र उहाँ एक परमेश्वर हुनुहुन्छ ।

विगतमा गरिएका त्रुटिहरुद्धारा हामी सचेत हुनुपर्छ । ती सबै त्रुटिहरु त्रिएकत्व सम्बन्धी सिद्धान्तहरुलाई सरल बनाउने प्रयत्नहरुबाट उत्पन्न भए । हामी कहिल्यै यसो गर्न सक्दैनौँ । तथापि यो भन्नु सहि होइन कि हामी त्रिएकत्व सम्बन्धी धर्म सिद्धान्त बुझ्नै सक्दैनौँ । परमेश्वर तिन व्यक्ति हुनुहुन्छ, हरेक व्यक्ति पूर्ण रुपले परमेश्वर हुनुहुन्छ, अनि उहाँ एउटै परमेश्वर हुनुहुन्छ, भन्ने हामी निश्चय नै बुझ्न सक्छौँ ।  वास्तवमा परमेश्वरको अस्तित्व हामीले बुझ्न सक्ने भन्दा धेरै महान छ भनि खुलस्त रुपमा स्वीकार गर्नु हाम्रो निम्ती आत्मिक रुपले स्वस्थकर हुन्छ । यसले हामीलाई परमेश्वरको सामु विनम्र तुल्याउँछ अनि कुनै दुविधा बिना उहाँको उपासना गर्न आर्कषित गर्दछ ।

तर यो पनि बुझ्नुपर्छ कि बाइबलले हामीलाई विरोधाभासको कुरालाई विश्वास गर्न लगाउँदैन । विरोधाभास यस्तो कुरा हुन सक्छ, “परमेश्वर एउटा हुनुहुन्छ अनि परमेश्वर एउटा हुनुहुन्न” । अनि “परमेश्वर तिन व्यक्ति हुनुहुन्छ अनि परमेश्वर तिन व्यक्ति हुनुहुन्न” । अनि यो पनि हुन सक्छ कि “परमेश्वर तिन व्यक्ति हुनुहुन्छ अनि परमेश्वर एक व्यक्ति हुनुहुन्छ” । तर “परमेश्वर तिन व्यक्ति हुनुहुन्छ अनि परमेश्वर एउटै हुनुहुन्छ भन्ने विरोधाभास होइन” । यो यस्तो तथ्य हो जो हामी बुझ्दैनौँ । यसकारण यो एउटा रहस्य हो र धर्मशास्त्रले हामीलाई स्पष्टरुपले यसका रहस्यको विभिन्न पक्षहरु नसिकाए सम्म यसले हामीलाई विचलित बनाउनुहुन्न । किनकी जब सम्म हामी सर्वशक्तिमान परमेश्वर नभएर सिमित प्राणीहरु रहन्छौँ तब सम्म सदैव यस्ता कुराहरु हुनेछन् जसलाई हामी पूर्ण रुपले बुझ्न सक्दैनौँ । 

            यस बिषयमा Berkhof  ले बुद्धिमानी तरिकाले भन्नुभएको छ,

“त्रिएकत्व एउटा रहस्य हो… मानिसले यसलाई बुझ्न सक्दैन र यसलाई बोधगम्य बनाउन सक्दैन । यसका केही सम्बन्धहरु र प्रकटीकरणका तरिकाहरुमा यो बोधगम्य हुन्छ, तर यसको आधारभूत स्वभावमा यो अबोधगम्य छ ।… वास्तविक कठिनाई परमेश्वरका व्यक्तिहरुको परमेश्वरीय सत्त्वसँग र एक अर्कासँग हुने सम्बन्धमा रहेको छ, यो यस्तो कठिनाई हो जसलाई मण्डलीले हटाउन सक्दैन, तर शब्दावलीको समुचित परिभाषाद्धारा यसको समुचित अनुपातसम्म घटाउने प्रयास मात्र गर्न सक्छ । मण्डलीले त्रिएकत्वको रहस्यलाई कहिल्यै पनि व्याख्या गर्ने प्रयास गरेको छैन तर त्रिएकत्वसम्बन्धी धर्मसिद्धान्तलाई यसरी सूत्रबद्ध गर्ने प्रयास ग¥यो कि यसलाई जोखिममा पार्ने भुलहरुदेखि यसलाई बचायो । ”

‘बिशेष गरी परमेश्वरीय सत्त्वसँग तीन व्यक्तिहरुको सम्बन्धबारे हामीले मनन गर्दा मात्र सबै उपमानहरु असफल बन्छन् र हामी यो तथ्यबारे गहन प्रकारले सचेत बन्दछौँ कि त्रिएकत्व हाम्रो समझ बाहिरको रहस्य हो । यो परमेश्वरको अबोधगम्य महिमा हो ।’

            हामीलाई थाहा छ परमेश्वर एक मात्र हुनुहुन्छ तर कसरी त्रिएक परमेश्वर हुन सक्छ भनी हामी सोच्न सक्छौँ । यो स्वभाविक कुरा हो । किनकि हामीलाई यो थाहा छ कि परमेश्वर एक मात्र हुनुहुन्छ तर कसरी त्रिएक परमेश्वर माथि विश्वास गर्ने ? परमेश्वर एक मात्र तत्व हुनुहुन्छ । उहाँ एउटै परमेश्वर हुनुहन्छ तिन व्यक्तिमा प्रकट हुनुहुन्छ ।

त्रिएक परमेश्वर एक रहस्य हो । यसलाई हामी पूर्ण रुपमा बुझ्न र व्याख्या गर्न सक्दैनौ यसैले उडब्रिज र लिन्डसेलले भनेका छन् ‘त्रिएकत्वलाई पूर्ण रुपमा बुझ्न खोज्नेले आफ्नो मानसिक सन्तुलनलाई गुमाउनेछ । तर जसले त्रिएकत्वलाई इन्कार गर्छ उसले आफ्नै आत्मालाई गुमाउनेछ ।’

लेखक अल्बान डग्लस  भन्छन्, ‘यो एक रहस्य हो अनि प्रभुलाई महिमामा नभेटेसम्म यो एक रहस्य नै रहनेछ । भन्नुको अर्थ, हामीले यसमा विश्वास गर्न सक्दैनौ भनेको होइन । हामीले यसमा विश्वसा गनैपर्छ । परमेश्वर हामीभन्दा एकदमै भिन्न हुनुहुन्छ । उहाँ एक आत्मा हुनुहुन्छ भने हामी त केवल सिर्जिएका प्राणीहरु हौँ । यस सिद्धान्तमा विश्वास गर्दा नै परमेश्वरलाई महिमा पुग्छ अनि उहाँ खुशी बन्नुहुन्छ भन्ने विश्वास म गर्दछु’

            ऊडवर्थ सी. फ्लोवाइड लेख्छन्, ‘हाम्रो मानविक अनुभवमा, हामीसँग एकतामा त्रित्व र त्रित्वमा एकताको तुलना गर्नसक्ने केही थोक पनि छैन । हामीलाई यो थाहा छ, कि कुनै पनि तीन मानसिक व्यक्तिहरुमा एक अर्काले के गरिरहेका र के बिचार गरिरहेका छन् भन्ने पूरा ज्ञान हुदैन । प्रत्येक व्यक्तिलाई आफैलाई गोप्यपनको बाधाले घेरिरहेको हुन्छ । कुनै पनि मानवमा परमेश्वरको जस्तै तीन बेग्ला बेग्लै व्यक्तित्व हुदैन । मानिसहरुले आफ्नो ज्ञान र मानविक अनुभवको आधारमा त्रित्व सम्बन्धी भएको शिक्षालाई साधारण रुपमा बुझ्नसक्दैन् ।’

वर्तमान समयमा हामीले त्रिएक परमेश्वरको रहस्यलाइ पुर्ण रूपले बुझ्न नसके पनि एक दिन जब हामी परमेश्वरको सामु हुने समयमा पूर्ण रूपमा बुझ्ने छौँ । किनकि बाइबलले भन्दछ, ‘अहिले हामी ऐनामा धमिलोसँग देख्छौँ, तर त्यस बेलाचाहिँ मुखा मुख, अहिले म केही मात्र जान्दछु, तर त्यस बेलाचाहिँ जसरी म अहिले चिनेको छु, त्यसैगरी म प्रष्टै चिन्ने छु (१ कोरिन्थी १३:१२)।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?