संगम श्रेष्ठ
डेविट मुखिया भारतको दाजलिंङमा जन्मिएका थिए । उनका माता पिता उनी जन्मनु भन्दा केही समय अधि नेपालको इलामबाट बसाई सराई गरी दाजलिङ पुगेका थिए । डेविट १ दाजु र ४ दिदिहरु थिए । दाजलिङमा नै रहदा बस्दा डेविटको परिवारले ईशाई धर्म माान्न सुरु गरे । स्कटिस् प्रवेटिरियन मण्डलीले उनीहरुलाई राम्रो प्रभाव पारेको थियो । डेविटल आफ्नो उमेरको ५ बर्ष मा आफ्नो बुबालाई र १२ बर्षको उमेरमा आमालाई गुमाउनु परेको थियो । डेविटलाई उनका काकाले कालिम्पोङ मा शिक्षकको निम्ति तालिम लिन पठाए । त्यही सुखिया पोखरीमा प्रेमी गुरुङलाई भेटेका थिए । सन् १९३५ मा विवाह भयो । विवाह पछि दई जना केही समय सम्म डा.सिसिल डङ्कन सँग मिसनको काम गरे । त्यस पछि जोगमुनीमा यी मिसनरी दिदि सँग मिलेर गरेको औद्यधी पसल र सुसमाचारको कामलाई छोडेर अब डेविट र प्रेमि मुखिया नैतनवा महिला मेसिनरीहरुसँग सेवा गर्न गए । उनीहरुले २० बर्ष सम्म नेपालका सिमाना क्षेत्रहरुमा काम गरे । १० बर्ष रक्सौलमा रहेर सेवाकाई गरे अनि १० बर्ष चाहिँ नैतनवामा रहेर सेवा गरे । रक्सौलमा रहेका सुरुको संगती गर्ने समुहका उनी पहिलो व्यक्ति भए । उनले दैनिक रुपमा १० बर्ष सम्म अस्पतालमा प्रार्थना संगती चलाए र वरिवरिका गाउँहरुमा सुसमाचार प्रचार गरे ।
सन् १९४१ मा डेविट र प्रेमि मुखिया नेपाली सुसमाचारि समुहमा प्रवेश गरे । उनीहरुको मुख्य काम सुसमाचार प्रचार गर्नु आइतबारको आराधना सँगतीलाई संचालन गर्नु साना बच्चाहरुको स्कूलमा काम गर्नु र क्निकका सहायता गर्नु थियो । वास्तवमा त्यो क्षेत्रको एक परिपक्व सेवकको रुपमा सेवाकाई गर्दै रहे । डेबिटको असल चरित्र उत्तरदायित्व बोध गर्ने स्वाभाव, प्रर्थानाका योद्धा जस्ता गुणहरुले गर्दा मेसिनरीहरु समेत उनीसँग प्रभावित भएका थिए । प्रभुमा विश्वास गर्नेहरु, मेसिनरीहरु र उनका चिनेजानेहरु समेत उनीकहाँ परामर्श लिनको लागि उनीकहाँ आउने गर्दथे । डेविट र प्रेमि मुखियाले सम्मान पूर्ण जीवन जिएका थिए । सन् १९५१ मा प्रजातन्त्रको स्थापना भयो तब सुसमाचारको ढोका खोलेको अनुभव भई पाष्टर डेविट मुखिया र प्रेमि मुखिया र उनका समुह नेपालको पोखरामा आए र सुसमाचार प्रचार गरे । चार जना नेपालीहरुले बिश्वास गरे र बष्तिस्मा लिए ।तत्कालिन समयको नेपाल सरकाले मिसनरीहरुलाई नेपालमा बसेर काम गर्ने अनुमत्ती दिए पछि अब पोखरामा नै बसेर सेवाकाई गर्ने निर्णय गरे । सन् १९५२ को नोभेम्बर महिनामा मिसनरीहरु र नेपालीहरु समुह मिलेर संगती सुरु गरे । तर यो संगतीमा पनि पाष्टर डेबिट नै अगुवा तथा पाष्टर भए । वास्तवमा उनले र उनका सम्हले नै नेपालमा सबै भन्दा पहिलो पटक नेपाली मण्डलीको स्थापना गरे । यस मण्डलीलाई “रामघाट मण्डली” भनेर नाम राखे । यो मण्डलीको निम्ति भवन निमार्ण गर्नलाई डेविटकै समुहका एक जना सदस्य बुद्धि सागर नाम गरेको व्यक्तिले मण्डली भवन निमार्णको लागि जग्गा दिए । नेपालको यो पहिलो मण्डलीमा गरिएको पहिलो संगती बासको झाङ्को छाहारी मुनी गरिएको थियो । पछि गएर सन् १९५५ मा बासले बारेर एउटा छाप्रो बनाउने काम भयो । त्यही छाप्रोमा धेरै बर्ष सेवाकाई गरे । सन् १९५९ मा मण्डली आसपासका गाउँबाट ८ जना मानिसहरुले प्रभुमा विश्वास गरे बप्तिस्मा लिए । सन् १९६० मा डेविट मुखियाको पहिलो अदक्ष भए । अब डेविट र प्रेमि मुखियालाई देश छोडि जानलाई धेरै तिरबाट बिभिन्न प्रकारका दवाबहरु आउन थाले । डेविटले कुनै एक समय तानसेनमा बप्तिस्माको कार्यक्रममा भाग लिन गएको कारण देखाई पक्राउ पूर्जी जारी भयो । तर केही समयको पछि सन् १९६९ मा फेरी उनीहरु पोखरामा फर्किए । डेविट र प्रेमि मुखियाको अनुपस्थितमा देबु सिंङले पाष्टरको सेवाकाई काम गरेको थिए । अब फर्किए आए पछि डेविटले नै निरन्तर रुपमा सक्रिय भएर सेवाकाई गरे । नेपाली मण्डली इतिहासमा डेबिट र प्रेमि मुखियाले प्रभुको लागि गरेको सेवाकाई आज सम्म पनि नेपाली इसाई जगतले भुल्नै नसकिने एउटा असल नमुना थियो । उनको मृत्यु सन् १९९१ मा भएको थियो ।