Jaya Mashi

सामाजिक एकता पार्टीमा व्यापक फेरबदल : महासचिवमा विदुर अधिकारि

श्रावण १ आइतवार, काठमाण्डाै । सामाजिक एकता पार्टिकाे स्थायी समिति वैठक सम्पन्न भएकाे छ । केन्द्रीय अध्यक्ष सि. बि. गहतराजको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा सम्पन्न उक्त वैठकले पार्टिका महत्वपुर्ण पदाधिकारी लगाएतका जिम्मेवारीहरुमा परिवर्तन गरेकाे छ । महासचिव डा. बि. पी. खनालको ठाउंमा सहमहासचिव विदुर अधिकारीलाई पदाेन्नत गरि महासचिवकाे जिम्मेवारी दीइएकाे छ । त्यस्तै एक जना वरिष्ठ उपाध्यक्ष पछि थप गर्ने गरि वरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर कार्की र थलु प्रसाद (रोशन) खतिवडा लाई नियुक्त गरीत्एकाे छ भने उपाध्यक्षमा रमिला शर्मा आचार्य, सचिवमा शान्ति लामा, दामोदार श्रेष्ठ राम बहादुर पाठक (रूबेन), कोषाध्यक्षमा हिराकाजी महर्जनकाे ठाउंमा डिल्ली ब. तामाङ, विनय लामालाई सहकोषाध्यक्ष र प्रवक्तामा मुरारी पाण्डेलाई जिम्मेवारी दीइएकाे छ । यस्तै विभिन्न विभागहरुमा पनि जिम्मेवारी फेरवदल गरीएकाे छ । जसअन्तर्गत संगठन विभागमा सिवि गहतराज, अनुशासन विभागमा देवी प्रसाईं, सुरक्षा विभाग प्रमुखमा ध्रुव श्रेष्ठ (तुलसी), उद्योग वाणिज्य विभाग प्रमुखमा चन्द्रमाया श्रेष्ठ, पर्यटन विभाग प्रमुखमा रमिला शर्मा आचार्यलाई तोकीएकाे छ । त्यस्तै विधान संशोधन गर्नको लागि रोशन खतिवडाको संयोजकत्वमा विधान संशोधन सिफारिश कार्यदल गठन गरिएकाे छ ।

सामाजिक एकता पार्टी सामाजिक न्यायसहितको उन्नत लोकतन्त्रलाई वास्तविकतामा परिणत गर्दै संस्थागत गर्ने लक्ष्यमा अगि बढेको दावी गर्दै महासचिवकाे जिम्मेवारीमा रहेर यी सवै कार्यभारहरु पूरा गर्न आफू सक्रिय हुने उनले वताए ।

काे हुन नवनियुक्त महासचिव विदुर अधिकारी

नवनियुक्त महासचिव विदुर अधिकारी पार्टीका निवर्तमान सहमहासचिव हुन । उक्त पार्टीको स्थायी समितिले सर्वसम्मतिमा पदोन्नति गरेपछि महासचिव बनेका अधिकारी मोरङकाे वेलवारी नगरपालीकामा जन्मीएका हुन । विगत दशकदेखि एक अभियन्ता, मानव अधिकारकर्मी राजनीतिक विश्लेषक हुँदै २०२० देखि दलीय राजनीतिमा सक्रिय रूपमा संलग्न भएका अधिकारी दशकबढी अंग्रेजी विषय शिक्षकका रूपमा क्याम्पस/कलेजहरूमा अध्यापन गराएका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि .ए. अनि अंग्रेजी साहित्यमा एम.ए. सम्मकाे अध्ययन गरेका छन् । नागरिक स्वतन्त्रता र सम्प्रभुताको प्रखर पक्षधर भएकाे दावि गर्दै गर्ने उनी हरेक व्यक्तिको जीवनको सुरक्षा गर्नु नै राज्य र सरकारको दायित्व हो भन्छन् । उनी अझ अगाडि थप्छन बहुलवाद र विविधताभित्र सहभागितामूलक र समानुपातिक प्रतिनिधित्वद्वारा मात्रै सबै अल्पसंख्यक र सीमान्तकृत वर्ग र समुदायलाई समतामूलकलढंगले न्याय दिलाउन सकिन्छ ´ ।अल्पसंख्यक धार्मिक समुदायबाट आए तापनि राज्य स्वयंको भने कुनै धार्मिक वा साम्प्रदायिक चरित्र र पहिचान हुनुहुँदैन भन्ने उनको मत छ । `धार्मिक आस्था व्यक्तिको निजी स्वतन्त्रता हो, सार्वजनिक रूपमा व्यक्त गर्न, प्रचारप्रसार गर्न पाउनुपर्छ´ भन्ने उनको धारणा रहेको छ । सामाजिक एकता पार्टी सामाजिक न्यायसहितको उन्नत लोकतन्त्रलाई वास्तविकतामा परिणत गर्दै संस्थागत गर्ने लक्ष्यमा अगि बढेको दावी गर्दै महासचिवकाे जिम्मेवारीमा रहेर यी सवै कार्यभारहरु पूरा गर्न आफू सक्रिय हुने उनले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
5
+1
1
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?