Jaya Mashi

जन जागरण र सामाजिक एकता बिच भोली शनिबार एकिकरण घोषणा हुँदै

काठमाडौं । लामो समयको प्रार्थना, जनचाहाना, कसरत र छलफलपछि अन्ततः जन जागरण पार्टी र सामाजिक एकता पार्टीबीच एकिकरण हुने भएको छ ।

सामाजिक एकता पार्टीका अध्यक्ष सि.वि.गहतराजले दुई पार्टीबिच भएको पटक–पटकको छलफल र संवादपछि अन्नतः दुई पाटीं एकीकरणको विन्दुमा पुगेको वताउनु भएको छ । उहाँले नेपाली इसाई समुदायको चाहानाअनुरुप दुई पार्टीबीच एकिकरण प्रार्थनाको प्रतिफल भएको प्रतिक्रिया दिनु भयो ।


नागरिक समाजका अगुवाहरुको अभिभावकिय उपस्थितमा भोली शनिबार दुई पार्टीबिच एकिकरण हुन लागेको कुरा जन जागरण पार्टीका अध्यक्ष डा.वि.पि खनालले तुरहीलाई बताउनु भयो ।
सामाजिक एकता पार्टीका महासचिव प्रेम कार्कीका अनुसार दुई पार्टीबीचको एकिकरणपछि पार्टीको नाम \’सामाजिक एकता पार्टी\’ रहने सहमती भएको छ । 


एक विश्वस्त श्रोतका अनुसार दुई पार्टीबीच एकिकरणपछि सामाजिक एकता पार्टीको अध्यक्षमा सि.वी गहतराज, वरिष्ठ उपाध्यक्षमा सुनिल मजर्हन,महासचिवमा डा.वि.पि खनाल रहने सहमती जुटेको छ भने त्यसैगरि कोषाध्यक्षमा हिराकाजी महर्जन रहने जनाइएको छ ।

दई पार्टीबीचको एकिकरण घोषणा सभा भोली शनिबार अपराह् दुई तिस बजे संखमुलको ए–वान पार्टी प्यालेसमा आयोजना हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?