Jaya Mashi

यो कस्तो प्रेम ?

सिमियोन रोक्का । म त्यति बेला सुट लगाउँदै थिएँ । मलाई साथीको बिहेमा जानु थियो । विवाहको मौसम त थिएन, त्यै पनि मेरो साथीलाई बेमौसमे विवाह गर्नु परेको । साथीको बिहेमा जाने तैयारी गर्दै गर्दा ममीले जिस्काउँदै भन्दै हुनुहुन्थ्यो “आफ्नो लागि पनि हेर त्यता ।”

दिदीले मतिर इसारा गर्दै भनी, “ममी यसलाई हेर्न त केटीको आँखा फुटेको हुनुपर्छ । आँखा फुटेको केटीले मात्र यस्तालाई हेर्छ !” यति भनेर दिदी हास्न थाली ! मैले दिदीको कुरालाई त्यस्तो सिरिएस्ली लिइन कारण दिदी जहिल्यै मलाई त्यस्तै कुराहरूले गिज्याउँछे । म पनि उसलाई पुग्ने गरेर भन्दिन्छु “तेरो पनि त बाँदर्नी जस्तो अनुहार छ ! आफू चाहिँ कत्ति न विश्वसुन्दरी भन्ठान्या होला ! हाम्रो यस्तो चलिरहन्छ ! भित्र किचेनबाट ममी पनि जिस्काउने भावमा अझै भन्दै हुनुहुन्थ्यो, “तेरो सबै साथीहरूको धमाधम विवाह हुन थालिसक्यो । यसो आँखा घुमाउने गर् ! लाटी भएपनि कोही भेटिहाल्छस् कि ?”

अनि मैले दिदीतिर निसाना लगाउँदै भने, “पहिले दिदीको गर्दिनुस् न । घरमा यत्रो दिदी हुँदाहुँदै म कहाँ बिहे गर्छु र ? मलाई त अहिले बिहे गर्न मन छैन । अहिले मात्र होइन कहिले पनि बिहे गर्न मन छैन ।”

अचम्म लाग्छ, मान्छे बिहे किन गर्छन् ? सिङ्गल नै ठिक हुन्छ नि ! होइन र ?

विवाहप्रति मेरो यो बिकर्षण कुनै फिल्मी कथाले वा पारिवारिक तनाबले होइन । यो म आफैमा आएको ब्यक्तिगत सोंच मात्र सायद होला ! म साथीको विवाहको लागि निस्किएँ ।

नौलो नौलो लागिरहेको थियो, चर्चको माहोल ! म धेरै पछि चर्च जाँदै थिएँ । पढाईले अनि अलि अल्छिपनाले पनि होला धेरै भइसकेको थियो चर्च नगएको । भुकम्पले भत्काएको चर्चको पर्खाल पनि बनिसकेछ । अनि नयाँ रंगले लत्पतिएर चर्च त पुरै नयाँ र नौलो भएछ ।

मैले आफ्नो बाइकलाई पार्किङ गर्दै थिएँ । एक जना भोलिन्टियर कार्ड भिरेकी केटीले मेरो बाइक अलि भित्र हाल्ने हुकुम गरिन् । हुकुम नटेर्ने सोचले म बाइकबाट उत्रिएँ र त्यही नै बाइक राखी सरासर जान लाग्दै थिएँ । उसले म नजिकै आएर, “ओ दाई अलि भित्र राख्नुस् न !” भनेर खाउँला जस्तै गरेर थर्काइन् । हेर्दा म भन्दा बुढी देखिनेले मलाई दाई भन्दा रिस उठिरहेको थियो । मैले खिसिक्क हाँसेर ‘यही होस् न’ भनि म नटेरी अघि बढें ।

अलि अगाडि बढ्ने बित्तिक्कै म टक्क अडिएँ । सारीमा सजिएकी सुन्दर अनुहारले मलाई welcome गर्दै थिइन् । निहुरिएर मलाई धेरै नै विशिष्ट ब्यक्ति नै आएको सरह जय मसिह भन्दै मेरो नजिक आई । सानो रातो flower मेरो कोटमा लगाइदिंदै गर्दा मैले अनायसी उनको अनुहारमा हेर्न पुगें । नयाँ अनुहार मैले देख्दै थिएँ । हुन त म आफै चर्च नआएको धेरै भएर पनि होला, यो भन्दा अगाडि मैले उनलाई चर्चमा कहिल्यै पनि देखेको थिइन । केही सिंगारहरू पोतिएका उनको अनुहार र उनी मेरो नजिक पर्दा उनीबाट आएका अत्तरका बास्नाहरूले मलाई के भयो भयो । उनले मेरो पहिरनमा आफ्ना हातले फूल लगाइदिंदै मेरो पहिरनलाई पूर्ण बनाउँदै थिई । फूल लगाउँदै गर्दा उनले अनुरोध गरेर भनी, “आफ्नो बाइक चाहिँ अलिकति भित्र राखीदिनुस् न है !”

म अक्क न बक्क भएँ । फरक्क फर्कें र लम्केर आफ्नो बाइकलाई ठेगानमा राखें । अघि भर्खर रुखो बोल्ने त्यो केटीले पनि धन्यवाद भनी । म उनलाई हेर्दै भित्र छिरें ।

हुन त विवाहमा सबै जना राम्रा राम्रा भएर नै आउँछन् । तर उनमा केही खास थियो । आउने बित्तिक्कै वा भनौ गेटमा नै यति सुन्दर अनुहार देखिएला भनेर मैले सोचेको थिइन । मैले उनलाई उनका हरेक कृयाकलापहरूलाई विवाह समारोहभरि नै निङ्गाली रहें । उनको मुस्कान मेरो आँखामा बस्यो । आफ्ना नजरहरू उबाट लुकाउँदै मैले उनलाई टाढाबाट हेरिरहें ।

मलाई उनको नाम पत्ता लगाउनु थियो । तर मैले विवाहको त्यो माहोलमा केही गरे पनि पत्ता लगाउन सकिन । अफसोस म रित्तै घर फर्किएँ । मैले दिदीलाई उनको बारेमा बताएँ ।

“लामो कपाल, सुन्दर अनुहार, हसिलो बोली, अगाडि दारा जस्तो देखिने दाँत । जसले उनको मुस्कानलाई पूर्ण मुल्यवान बनाएको थियो । मलाई केटीको तारिफ गर्न आउँदैन । आउँथ्यो भने म उनको सुन्दरताको बखान गरेर काव्य लेख्थें । दिदीले त्यस्ती राम्री केटी त चर्चमा छैन होला भन्दै अनुमानका भरमा नामहरूको पूर्ण तालिका नै बनाउन थाली । शायद पुनम होली तर उसको त लामो कपाल छैन त ! सायद रुपालाई देखिस् होला तर उसको त ….

अन्तमा पर्सीको शनिवार दिदी भाईसँगै नै चर्च जाने भयौं । मैले दिदीलाई देखाइ दिने र दिदीले उसको नाम पत्ता लगाइदिने निधो भयो । मैले उनलाई सम्झिरहें । साँझ बिहान, रातहरूमा ! आँखा बन्द, खुल्ला जे सुकै भए पनि उ आउँथी मेरा यादहरूमा ! मलाई त्यस बेलादेखि नै शनिवार कहिले आउला भनेर आतुरी भइरहेको थियो ।

शनिवार आयो । विहानदेखि नै केही बिशेष लाग्दै थियो । मैले आफैले कफी बनाएर दिदीलाई लगिदिएँ । दिदीले कुरा बुझ्नु भयो । मलाई जिस्काउँदै भन्नुभयो, “मस्का मार्दै छस् ?” मैले हाँस्दै दिदीलाई भने, “मेरो काम गरिदेन पहिला, यस्तो कफी दिन दिनै बनाएर खुवाउँछु ।” अनि अब त चर्च पनि रेगुलर जाने होला, होइन ? मैले लामो इस्माइल मात्र दिएँ ।

दिदीले अलि गम्भीर भएर भन्नुभयो, “चर्च केटीको लागि मात्र जाने होइन । केटीको लागि मात्र चर्च जान्छस् भने त नगए कै बेस !” दिदीको यस्तो प्रतिक्रियाले मलाई कता कता नराम्रो लाग्यो । मैले पनि धेरै कुरा बुझेको छु । चर्च केटीको लागि मात्र जाने होइन भनेर । चर्च जानु र परमेश्वरलाई शुद्द हृदयले आराधना गर्नु पर्छ भनेर धेरै अगाडि जानेको हो ।

हामी दिदी भाई नै चर्च गयौं । त्यो दिन मेरो लागि चर्च बिशेष हुँदै थियो । मैले उनलाई टाढैबाट देखें र दिदीलाई इसारा गर्दै देखाएँ । दिदीले मुख बिगार्दै, “मीना ?” दिदीको मुखबाट निस्केको मीना भन्ने शब्दले मैले थाहा पाएँ कि उसको नाम मीना रहेछ । दिदीले मलाई सोध्नुभयो, “तँलाई यो केटी मन परेको ?” म चुपचाप भएँ, “तँलाई आफू भन्दा अलि बढी उमेर जस्तो लागेन ?” दिदीको भनाइले म निःशब्द भएँ । मैले उसको उमेरको कुनै अड्कल गरेको थिइन । दिदीले भन्नुभयो, ‘यो तेरो दिदी भन्न सुहाउँछ ।’ मेरो अनुहारमा अघि भर्खरसम्म आइरहेको चमक एकैछिनमा हराएर गयो । मैले उनको उमेरका बारे सोच्न थालें । त्यस्तो उमेर भएकी जस्तो त देखिन्न थिई । खैं, दिदीले किन त्यसो भनेको हो, मैले थाहा पाउनै सकिन ।

दिदीले भन्नुभयो, “उसको नाम मीना हो । केही महिना अगाडि मात्र आएको । नयाँ विश्वासी हो ।” उहाँले अझै भन्नुभयो “मेरो पनि खासै कुरा भको छैन, नाम मात्र थाहा छ । तर त्यो मेरै उमेरको हो लाटा !” मलाई उमेरसँग कुनै गुनासो भएन । मलाई उ मन पर्यो । मन पराउनलाई मनले उनको कुनै उमेर पनि सोधेन र सोचेन पनि । मैले दिदीलाई भनें “दिदी नम्बर सोध्नु न, म पानी पुरी खुवाउँछु ।” दिदीले सस्तो पानी पुरीसँग महत्वकांक्षी नम्बर ल्याउने सम्झौता गरिनन् । “तेरो पानी पुरी तैँ खाइराख् ।” मात्र यस्तो जवाफ पाएँ । चर्चभरि म उसलाई नै हेरिरहेको थिएँ । मेरा नजरहरू उनीतिर नै थिए । मैले उनलाई मन मनै मन पराएँ जस्तो लाग्यो । उनलाई हेर्दै आफैलाई आफैमा हराए जस्तो लाग्यो । त्यो शनिवार पनि बितेर गयो ।

दिदीले उसको नम्बर ल्याउनु भएन । मसँग अर्को शनिवार कुर्ने बाहेक अरु कुनै उपाय रहेन । मैले उनको नामले फेसबुकहरूमा खोजें, फेसबुकमा कहाँ पाउनु थर बिनाको मीना, त्यति मात्र पर्याप्त थिएन । मैले दिदीलाई उनको थर सोधें । दिदीले उसको नाम बाहेक अरु केही थाहा नभएको बताउनुभयो । म तड्पिएँ, छटपटिएँ । तर जति नै भए पनि मसँग शनिवार कुर्ने बाहेक अरु कुनै बाटो रहेन ।

मलाई अझै पनि याद छ । त्यो दिन, मैले देखेको सपनाले म आफै झस्किरहेको थिएँ । सपनाहरू पनि कस्ता कस्ता देखिन्छन् । मैले मेरो काखमा कुनै अपरिचित व्यक्तिको लासलाई लिइरहेको थिएँ । म त्यसको निम्ति आँसु खसालेर रुँदै थिएँ । त्यो कसको मृत शरीर अथवा कस्को लास थियो, मलाई थाहा छैन । तर त्यसको निम्ति छाती पिटेर रुँदै थिएँ । म त्यसलाई चिन्दिन । मैले त्यो मान्छेलाई अझसम्म देखेको छैन । तर एउटा लास मेरो काखमा छ र म त्यसको लागि रोइरहेको छु ।

मेरा वरपर सबै जना छन् । सबैले मलाई घेरेर अनि हेरेर बसेका छन् अनि सबै जना हाँस्दै छन् । मेरो दिदी पनि, “भाई, तँ किन रोएको ?” भन्दै खित्का छोडेर हाँस्दैछिन् । तर म भने एउटा लासलाई लिएको छु । हाँस्न कसरी सक्थें ? म उसको लागि रुँदै थिएँ, एउटा अपरिचित मृत शरीरको लासका निम्ति ।

एकै छिनमा मैले त्यहाँ मीनालाई देख्छु । उ पनि झन् खित्का छाडेर हाँसिरहेकी छे । त्यो लासको शीरमा एउटा टोपी छ । मैले त्यो टोपी निकाल्छु । टोपी निकाल्दै गर्दा मीना झन् हाँस्छे । तर म झन् डाको छाडेर रुन्छु, छाती पिटेर रुन्छु । त्यो लासको लागि, त्यो अपचित लासको लागि । म झसङ्ग भएर बिउझें । मेरो शरीरभरि पसिनै पसिना भएको हुन्छ । मैले आत्तिदै ममीलाई बोलाउँछु । रातको साँढे एक बजेको छ । मेरो सपनाको अर्थ खोलिदिने म सहारा खोज्दै छु । ममी र दिदीले प्रार्थना गर्दिनुहुन्छ तर म त्यो रात निदाउन सक्दिन । त्यो मेरो रात अनिदो बित्यो ।

बिहान सिमसिम पानी परिरहेको थियो । म त्यही सपनाकोबारे सोच्दै थिएँ । मलाई कता कता डर लागिरहेको थियो । शुक्रबारको बिहानी दिदीले अनायसी “भाई, मलाई चर्चसम्म पुर्याइदेन” भन्नुभयो । मैले अचम्म मान्दै दिदीलाई सोधें, “आज शुक्रबार, किन नि ? के छ र आज ?” दिदीले “पास्टर बुवाले बोलाउनु भको छ, त भित्र छिर्नु पर्दैन, गेटसम्म मात्र छोड्देन ।” भन्नुभयो ।

सिम सिम पानी परिरहेको प्रहर, मैले दिदीलाई चर्चको गेटसम्म पुर्याइदिएँ । दिदीले भन्नु भयो, “त भित्र गइराख्नु पर्दैन । घर गएर आराम गर् !”

दिदीले मलाई कहिले पनि यसरी भन्नु भएको थिएन । मलाई कता कता के के शंका लाग्यो । मैले धेरै जना चर्चभित्र जाँदै गरेको देखिरहेको थिएँ । “के रहेछ चर्चमा आज ?” मलाई कौतुहलता लाग्यो । मैले दिदीको कुरा मानिन र बाइक चर्चभित्र नै बढाएँ । चर्च भित्रको माहोल अलि फरक थियो । मैले के भै राछ बुझ्न सकिरहेको थिइन ।

सबै जना झुण्ड झुण्ड बनाएर गफ गर्दै थिए । म दिदीको पछि पछि चर्चभित्र नै छिरें । मैले जुत्ता खोल्दै गर्दा भित्र मान्छे रोइरहेको सुनिरहेको थिएँ । मैले एकछिनमा नै यस्तो माहोल देखें कि म चकित भएँ ।

जुत्ता खोलेर ढोकामा मात्र के पुगेको थिएँ, मैले मीनालाई रुँदै गरेको देखें । अगाडि कसैको लास थियो । यति बेलासम्म दिदी मीनाको नजिक पुगिसकेकी थिइन् । केही केटी मान्छे र आन्टीहरू मीनालाई सम्झाउँदै थिए । मैले चर्चको एक जना दाजुलाई घटनाका बारे सोधें, कामको सिलसिलामा कतार गएको मान्छे बाकसमा फर्की आएछ । म चकित त त्यति बेला भएँ, जति बेला त्यो अगाडि भएको मृत शरीर मीनाको श्रीमानको हो भनेर थाहा पाएँ । त्यो माहोल, कस्तो थियो । म आफै कल्पना गर्न सक्दिन ।

मैले भर्खर मन पराउन लागेकी मेरी मीना, जो विवाहित रै छ । उनको श्रीमानको मृत्युमा उ रुँदै थिई, अनि म अन्यौलतामा । ममाथि आकाशले नै थिचे झै लाग्यो, जब मेरो प्रश्न, “अनि मीनाको को पर्ने हो र ?” जवाफमा ‘उसको श्रीमान, विवाह गरेको केही महिना पनि भको छैन’ भनेर दाजुले भन्नु भयो । उहाँले अझै थप्नु भयो ‘केही समय अगाडि मात्र लभ म्यारिज भको रे ! पेटमा २ महिनाको बच्चा छ रे ! बिचरी !’ उसलाई मैले देखिरहेको थिएँ । उनी छाती पिटेर आँसुका धाराहरू बगाउँदै थिई । कहिले होसमा रुन्थी त कहिले बेहोसीमा ! उसको रुवाइका आवाजहरूले मन यसरी टुक्रियो कि म बयान गर्न सक्दिन ।

त्यो चर्चको बन्द कोठाको परिधीमा म बस्नै सकिन । बाहिर आएँ, भित्तामा अढेस लगाउँदै थुचुक्क बसें । आफैमा टुक्रिएँ, आधा मीनामा टुक्रिएँ आधा मीनाको लागि टुक्रिएँ ।

म आफैमा अन्यौलता छाइरहेको थियो । अफसोस र प्रश्नका पहाडहरूले थिचिरहेका थिए । एक प्रहारको पिडा महसुस गरिरहेको थिएँ । एकै छिनमा याद गरें, मेरो पिडा त के हो ? सयौं गुणा पिडा यति बेला मीनालाई परेको छ । मैले त के नै गुमाएँ र उसले त सब चिज गुमाएकी छे । एक छिनमै एउटा शव बहान स्पिडमा भित्र छिर्यो । शव बहानबाट दुई तीन जना केटाहरू झरे ! यी सबै कुराहरूमा मैले केही चासो दिइरहेको थिइन तर त्यहाँ गाँइगुई हल्ला हुन थाल्यो । ती मध्य दुई जना मीनाको देवर र जेठाजुहरू रहेछन् । एक जना रुँदै चिच्याएर भन्न थाल्यो, “मेरो दाईको अन्त्येष्टी मेरो रीतिअनुसार गर्छु । हेरौं, कसले रोक्दो रैछ ।”

यत्तिकैमा पास्टर बुवा निस्कनु भयो र उहाँलाई सम्झाउन लाग्नुभयो । यति बेलासम्म मैले बुझि सकेको थिएँ कि उनीहरू आफ्नो दाईलाई हिन्दु संस्कारअनुसार अन्त्येष्टि गर्न चाहन्छन् । म पास्टर बुवा नजिक नै पुगें ! उहाँ भन्दै हुनुहुन्थ्यो, “विशालले प्रभुमा विश्वास गरेको छ । उसको अन्त्येष्टिको चिन्ता नगर्नुहोस् । हामी असल प्रकारले गर्नेछौं ।’

यति भनि नसक्दै भित्रबाट आवाज आयो । “ओई हात लगाउन आइज !” त्यो मान्छे पास्टर बुवालाई घचेड्दै विशालको शव उठाउनतिर लाग्यो । ३ जनाले सकिनसकी विशालको शवलाई बाकसबाट निकालेर शव बहानमा राखे । हामी चर्चका सबै जना मुखपात्र भएर मात्र हेरिरह्यौं । पास्टर बुवा र हामी त्यसै मुखामुख गर्दै बसिरहेका थियौं । हामी केही गर्न सक्ने थिएनौं । कारण त्यो शवमा परिवारको निर्णय महत्वपूर्ण हुन्थ्यो । एकै छिनमा चर्चकै एक जना दाजुले भन्नुभयो, “ठिकै छ, विशालको बप्तिस्मा पनि भएको थिएन ।”

यो भनाइले ममा एक प्रकारको आक्रोश पैदा भयो । हाम्रै मण्डलीभित्र पनि अनेक सोच भएका मानिसहरू छन् । त्यति बेला त्यो दाजुसँग मतभेद र विवाद गर्ने समय थिएन । मेरो आँखा मीनातिर पर्यो । उ बेहोसिएकी थिई । एक जना दाजुले आफूसँगै शव बहानमा जान अनुरोध गर्दै थिए । शव बहानको इन्जिन स्टार्ट भयो । दुई जना गाडी भित्र छिरे ।

अघिसम्म बेहोसीमा भएकी मीना कति खेर दौडिएर गाडी अगाडि आई र ड्राइभरलाई समाएर बाहिर निकालेर र भन्न थाली, “मेरो विशाललाई बाहिर निकाल् ! मेरो श्रीमानलाई बाहिर निकाल् ! मेरो मुटुलाई बाहिर निकाल् । उनी रुँदै चिच्याउन थालिन्, “मेरो मायालाई बाहिर निकाल”

आन्टीहरू सबै जना मीनालाई समाउन पुगे । मीनाले कसैको सहारा नलिई विशालको मृत शरीर बाहिर निकाल्नलाई तान्न खोजी । उनको देवरले उनलाई सम्झाउन लाग्दै थियो तर मीनाले आफ्नो छाती पिट्दै भनी, “यो विशाल मेरो हो । मेरो आफ्नो श्रीमान् । जहाँ सुकै लैजा जान्छु तर उसको शरीर माथि कसैले हात नलगा ! उसको अन्त्येष्टि मैले चाहे जस्तो गर्छु । यसमा मेरो अधिकार छ ।” उनको आँसु र रोदनसँगै निस्किएको यो वाक्यांशले त्यहाँ सबै जना चुप भए । मैले मनदेखि उनलाई सलुट गरें ! यदि यो खुशीको पल थियो भने म आफ्ना तालीहरू पिट्थें होला ।

हामी सबैले मिलेर हात लगायौं र फेरि विशालको मृत शरीरलाई चर्चभित्र नै लगेऔं ! मीनाको रोदन रोकिएको थिएन तर केही विजय पाए जस्तो लागिरहेको थियो । त्यसपछि हामी विशालको अन्त्येष्टिको तैयारीमा लाग्यौं । मेरो सपनाले मलाई बिहानदेखि नै केही नराम्रो कुराको संकेत गरिरहेको रहेछ । तर अफसोस त्यहाँ म थिइन ।

स्मृति सभामा मीनाले सबैलाई धन्यवाद भन्दै भनी, ‘मैले प्रेम पाएँ, त्यो संसारमा क्षणिक थियो, जो मसँग अहिले छैन तर अनन्तको प्रेमको लागि म उसलाई एक दिन भेट्नेछु । उ मरेरे गयो, मलाई पनि मारेर गयो तर भेट्ने आशा छाडेर गयो । म उसँगै मर्न सक्थें, मेरो निम्ति बाँच्ने अड्को पारेर गयो ।”

यति भनेर उनका आँखाबाट आँसु खसे, उनले अझै भनिन् “मेरो विशाल तिमी मेरो चिन्ता नगर ! म येशुमा छु, सुरक्षित छु, जीवनमा छु, प्रेममा छु ! तिम्रा यादहरू र तिम्रो नासो मसँग छ ।” यति भन्दै उ रुँदै थुचुक्क बसी । आन्टीहरूले उनलाई सम्हाल्नुभयो । अनायासी मेरा आँखाबाट आँसु झर्यो ।

कसैका लागि येशुमा भएको जीवनले कति महत्व राख्दो रैछ । मैले थाहा गरें । त्यो दिनबाट म रेगुलर चर्च आइरहेको छु ।

यी घटनाको महिनौपछि चियाको गिलास लिदै मीनाको नजिक गएँ । उनको शारीरिक बनावटमा पनि परिवर्तन आएका थिए । कमजोर देखिएकी उनी, उनको नजिक जाँदै, जय मसिह भन्दै चिया थमाएँ र कस्तो हुनुहुन्छ भनेर सोधें । उनले हाँस्दै ठीक छु भनी !

मलाई थाहा छ, चुनौति र प्रश्नहरू धेरै छन् । परिवार र मण्डलीले कसरी लिन्छन् तर त्यो दिन म घर गएँ अनि ममी र दिदीलाई भनें, “म विवाह गर्छु !’

दिदीले अचम्म मान्दै सोध्नुभयो, “को सँग ?” मैले भनें, “मिनासँग !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?


Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2233

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2237

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2243

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2247

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2251

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2255

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2260

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2264

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2269

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2233

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2237

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2243

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2247

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2251

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2255

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2260

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2264

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2269

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2233

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2237

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2243

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2247

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2251

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2255

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2260

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2264

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2269