Jaya Mashi

रेभ. तेज रोक्का

मेरो जन्म:

ओखलढुङ्गा जिल्ला, रङ्गनी गाउँमा भएको हो । पछि बसाइ सरेर सर्लाही जिल्लाको सरी हरिवनमा आयौँ । त्यही नै बाल्यकाल बित्यो । मेरो जन्म वि.सं. २०२८ साल भाद्र २ गते भएको हो ।

मेरो बाल्यकालः

म एक मध्यम वर्गको परिवारमा जन्मेको हुँ र मेरो बुवा आमा त्यति शिक्षित होइन, गाउँमै हुर्कनुभएको र मभन्दा अगाडि दुई तीन जना दाइहरू जन्मनुभारैछ तर कारणवस जीवित रहनुभएन र म चाहिँ बाँचे । सायद एउटा उद्देश्य थियो होला अनि अहिले म र मेरो भाइ दुई जना छौँ । ओखलढुङ्गाबाट एउटा असल भविष्यको खोजीमा बुवाआमाले हामीलाई लिएर सर्लाही जिल्लामा आउनुभयो । त्यहाँ आएपछि अकस्मात आमा विरामी हुनुभयो र दुई वर्षसम्म थलिएपछि अन्तमा उहाँ स्वर्गवास हुनुभयो । त्यसपछि हाम्रो जीवनमा निकै ठूलो समस्या भयो किनभने हामी सानो थियौँ । म त्यतिखेर पाँच/छ वर्षको थिएँ अनि भर्खरै पढाई सुरु गर्ने कुरा थियो तर अगाडि बढ्न सकेन । सबै कुराहरूमा एकदमै गाह्रो भयो, बुवा पनि जवान हुनुहुन्थ्यो अनि उहाँको पनि स्थिर मन भएन अब के गर्ने कसो गर्ने भनेर कहिले यता कहिले उता भौतारिरहनुहुन्थ्यो । त्यसो गर्दागर्दै अन्तमा मचाहिँ अब पढ्नुपर्छ भन्ने भएकोले कहिले शिक्षकको घरमा खाना पकाउँदै पढेँ, कहिले शिक्षककै घरमा बसेर उहाँको बस्तुभाउ चराएर जाँच दिन मात्र जान्थेँ । पछि त्यस्तै अवसर मिल्यो र मेरो बुवाले प्रेमदयाल प्रधानको सर्लाही नेत्रगञ्ज गाविस जुटपानीमा स्कूल खोलेर, व्यवसायहरू गरेर यस्तै प्रकारले अप्ठ्यारोमा परेको बालबालिकाहरूलाई ल्याएर पढाउन सुरुवात गर्नुभएको रहेछ र उहाँसँग हाम्रो बुवा काम गर्न लाग्नुभयो र त्यही सन्दर्भमा कसैले हाम्रो बुवालाई भनेर हामी पनि त्यो नवजीवन छात्रबासमा बसेर नवजीवन स्कूलमा पढ्ने अवसर मिल्यो । त्यहाँ गएपछि हाम्रो पढाईले निरन्तरता लियो र त्यही ठाउँमा नै एक प्रकारले प्रभु येशुको बारेमा सुन्ने अवसर मिल्यो । त्यहाँ चर्च पनि थिएन, बाइबल पनि थिएन तर कोही कोही साथीले भारतबाट पत्राचार गर्दा रहेछन्, जहाँबाट सानो किताबहरू आउँथ्यो अनि त्यहाँ प्रश्न उत्तरहरू हुन्थ्योे । त्यही हिसाबले मैले प्रभु येशुको विषयमा अध्ययन गर्ने मौका पाएँ । म त्यतिखेर दश वर्षको थिएँ । बाल्यकाल एक प्रकारले सजिलो भएन र एउटा सामान्य बालबालिकाले बिताउने र प्राप्त गर्ने अधिकारहरूको अनुभव गर्न पनि पाइएन । धेरै लथालिङ्ग नै भयो तर कसैको छत्रछाँयामा पढ्ने अवसर चाहिँ पाएँ ।

मेरो युवा अवस्थाः

संघर्षपूर्ण तरिकाले स्कूल सिध्याएँ । क्याम्पस पढनलाई सहयोग गर्ने त्यस्तो कोही थिएन, आमा गुमाएको कारणले आफन्तहरूले हेर्ने दृष्टिकोण पनि अलिक फरक थियो । त्यही क्रममा भौतारिएर पहिलोपल्ट वि.सं. २०४९ सालमा काठमाडौं आएँ । खोज्दाखोज्दा कतैबाट आफ्नै फुपू भेटियो, त्यतिखेर उहाँ पनि विश्वासी भइसक्नुभएको रहेछ र लाजिम्पाटको नविन चर्चमा जानुहुँदोरहेछ । त्यस समयसम्म मैले पनि ग्रहण गरिसकेको थिएँ र त्यहाँ आएपछि बप्तिस्मा लिएँ र बप्तिस्मा लिएर चर्चमै बसेर पास्टरलाई चर्च सञ्चालन, घरेलु संगति र चर्च सरसफाईमा सघाएँ । त्यसरी एक प्रकारले युवा अवस्था चाहिँ संघर्षशील भयो अनि सजिलोसँग पढ्न पाइन । त्यतिखेर एक महिनाको चेलापन तालिम लिने मौका मिल्यो र त्यसपछि एक महिनाको लागि सुसमाचार प्रचार गर्न सिन्धुलीतिर गएका थियौँ । त्यो तालिमले मलाई परिवर्तन गर्यो र त्यसपछि म सन् १९९३ देखि पूर्णकालिन सेवकाइमा लागेँ । त्यसपछि १९९४ मा क्याम्पस क्रुसेडबाट सञ्चालित तीन महिने तालिम पोखरामा लिने मौका पाएँ । अनि त्यो तालिम पछि चाहिँ सुरुमा केही वर्ष क्याम्पस क्रुसेडमा रहेर क्याम्पस पढ्दै विद्यार्थीहरुको माझमा सेवकाइ गरेँ, त्यसपछि चर्च स्थापनातिर लागेँ । १९९४ मा पहिलो चर्च काठमाडौंको क्षेत्रपाटीमा सुरु गरेको थिएँ अनि त्यो चर्च अहिले पनि मित्र मण्डलीको नाममा छ । पछि बाइबल कलेज जाने कुरा भयो तर कता जाने भनेर ठेगाना थाहा थिएन र सहायता कसले गर्छ भनेर पनि थाहा थिएन । तर पनि जाने भनेर कोशिस गरेर दुई चार जनालाई भनेँ तर केही भएन । नभएपछि अब म के गर्ने भन्दा फेरि प्रार्थना गरेँ । त्यसपछि सन् १९९७ मा धुम्बाराहीमा अर्को संगति सुरु भयो, जसबाट हाँगाहरू फैलिएर अहिले पनि अस्तित्वमा छ, जसलाई सारा चर्च भनिन्छ । अनि त्यही साल सारा चर्च सुरु भएको वर्ष केरलामा जि.एफ.ए.को बाइबल कलेजमा पढन गएँ । मेरो परिवारले पैसा पठाएर सहायता गर्यो अनि मैले पनि आंशिक समय काम गरेँ र यसरी बाइबल कलेज पढेर सिध्याएँ । २००१ मा एक प्रकारले म अझै समर्पित भएर तालिम, बाल आश्रम र चर्चलाई बढाउने कुरामा अघि बढें । अहिले आएर सारा सेवकाइ र सारा चर्चहरू नेपालभरि पूर्वदेखि पश्चिमसम्म सानो र ठूलो झुण्डहरू गरेर ४५ देखि ५० वटा छ । अहिले बाल आश्रम पनि छ र ५५ जना नानीहरू चार स्थानमा राखेर हेरिँदैछ भने २५ जना जतिले स्कूल सकेर कलेज पढी हामीलाई सहायता गरिरहेका छन् भने कोही चाहिँ आफ्नो स्थानमा काम गरेर चर्चमा सेवा गरिरहेका छन् । अनि २००७ देखि ५०० भन्दा बढी व्यक्तिहरूलाई पाष्टरीय तालिम पनि दिइयो, अनि धेरै जनाले चर्च स्थापना गरी पाष्टरीय सेवकाई नै गर्दै हुनुहुन्छ र ४० जना जतिलाईआफ्नै हातले अभिषेक गरेर कोही हाम्रै झुण्डमा सेवा गर्दैछन् भने कोही चाहिँ स्वतन्त्ररुपले सेवा गरिरहेका छन् ।

मेरो पढाईः

मैले सेकुलर र थियोलजीमा मास्टर गरें । केहि वर्षअघि थियोलजीमा डाक्टर अफ मिनिस्ट्री गरि सिध्याएको छु ।

मेरो विवाहः

मेरो विवाह काठमाडौंमा सन् १९९६ मा नविन चर्चमा हुँदा भएको हो । हाल श्रीमती र छोराको साथमा बुढानिलकण्ठ नगरपालिका, कपनमा बस्छु ।

सेवकाइ र समाजसेवाः

समाजसेवामा स्वभाविक रुपमा पास्टर भएपछि विभिन्न रुपमा सार्वजनिक सम्बन्ध भइहाल्छ । सार्वजनिक सम्बन्ध भएपछि त्यो समाजमा विभिन्न समस्याहरू उत्पन्न हुने कुरालाई टुलुटुलु हेरेर बसिरहन नसक्ने र केही न केही गर्नैपर्छ । अनि त्यसै क्रममा आमा बुवा गुमाएका असहाय गरीब बालबालिकाहरूलाई पढाउने, उत्साह दिने काम सन् २००२ बाट नै सुरु गरियो । त्यसबाहेक नेपालमा विभिन्न प्रकोपहरूमा राहत बाँडने, पुर्नस्थापना गराउने कुरामा अभिप्रेरित भयो । दुःखमा परिरहेका मानिसहरूको बिचमा सिड मनि जुटाएर सहायता पुर्याउने, आर्थिक स्तर उकास्ने, समुदायमा स्वास्थ्य सम्बन्धी शिविर आयोजना गरेर, सरसफाईको अभियान चलाएर, विभिन्न किसिमको तालिम दिएर समाज सेवामा लागि परेको छु । हालै कोभिड १९ को महामारीको प्रकोपले गर्दा समस्यामा परेका मानिसहरुलाई सहायता पनि पुर्याउँदै आएको छु । अनि यी सबै कुराहरू गर्दैगर्दा सेवाको दायरा चर्च समुदायभन्दा बाहिर पनि विस्तार हुन थाल्यो । र यो क्रम जारी छ, यसमा आफूलाई आनन्दको अनुभूति भइरहेको छ ।

मेरो सेवकाइः

सन् १९९३ देखि कहिले प्रचारक, कहिले क्याम्पसको विद्यार्थीहरू विचमा र त्यसपछि १९९४ देखि चाहिँ पास्टरीय सेवकाइमा आबद्ध हुँदै आएको छु । मैले १८ वर्ष चर्चमा बिताएँ, घरेलु संगति जाने, बाइबल अध्ययन गराउने, प्रार्थना गर्ने, गोष्ठीमा सहभागी हुने कुरामा समय बिताएँ । तर गएको केही वर्षदेखि मैले स्थानीय पास्टरलाई जिम्मा दिएर स्थानीय विश्वासीहरूको सरोकारको कुराहरूदेखि अलिक बाहिर निस्केर आफ्नो चर्चहरूमा घुम्ने, कन्फ्रेन्स गर्ने, तालिम दिने, प्रचार गर्ने, चेला बनाउने साथसाथै अरू सामाजिक कामहरू पनि चर्चभित्र र चर्च बाहिरका दुवै नेतृत्वहरूसँग एक प्रकारले सम्बन्ध निर्माण गर्ने विषयमा बढी समय दिइरहेको छु । त्यस बाहेक सेवामा सहभागी हुने विधि बिधानमा म अहिले पनि समर्पित छु । अहिले म अग्रज नेतृत्वको जिम्मेवारी पुरा गर्दैछु, त्यसपछि सारा सेवकाइमा रेडियो, टिभीमा सन्देशहरू बाँडछु । पर्चा, पुस्तकहरू पनि छपाउँछौँ र चर्चहरूलाई उपलब्ध गराउँछौ अनि दीर्घकालिन पास्टर तालिम सञ्चालन गर्ने जस्ता कार्यमा व्यस्त छु र विभिन्न जिल्लाहरूमा तीन चार दिने तालिमहरू चलाउँछौँ । श्रोतसाधनहरू जुटाउने कुराहरूमा पनि म सम्लग्न छु । सेवकाइमा पहिलाको भन्दा धेरै नै व्यस्त छु तर अहिले स्थानीय भन्दा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा सम्लग्न छु ।

भावी दिनमा मः

सन् २०२० भित्र ७७ जिल्लामा १५० जना जतिलाई चर्च स्थापनाको तालिम दिने र तिनीहरूबाट एक दुईवटा नयाँ चर्च हरेक जिल्लामा सुरु गर्ने लक्ष्य छ । अनि त्यही चर्चहरूलाई सामर्थी बनाउन प्रार्थनाका झुण्डहरू सुरु गर्नेछौँ । अहिले पकिनि १० वटा प्रार्थनाको झुण्डहरू प्रार्थनामा सक्रिय छन् । अनि दक्षिण एसियाको ग्लोबल एडभान्स सार्क इनिसिएटिभमा रहेका आठवटा देशहरू र त्यसमा बर्मालाई सहभागी गरी एउटा सञ्जाल बनाएर कसरी चर्च स्थापना गर्ने, चेला बनाउने र एक अर्कालाई अभिप्रेरित गर्ने भनेर हामी बेलाबखत कहिले नेपाल, भारत र श्रीलङ्कामा भेट्ने गर्छौं । चेलापन निर्माण र मण्डली विस्तारमा बढीभन्दा बढी प्राथमिकता दिने अभियानमा लागिरहेको छु ।

अन्तमाः

अहिले पछिल्लो समयमा देखिरहेको छु कि नेपालमा प्रभुको काम एकदम बढेको छ । मानिसहरू प्रभुको सुसमाचार सुनेर आउने क्रम पनि छ । त्यो हिसाबले हेर्दा धेरै अगुवाहरूको आवश्यकता पनि पर्छ अनि बाइबलीय हिसाबले अगुवाहरू भनेको चाहिँ खास पास्टर र एल्डर नै हो । तर अहिले पास्टरप्रति हेर्ने दृष्टिकोण बढी नकारात्मक प्रकारले सम्प्रेषण गर्न खोजिएको हो कि जस्तो छ । यदि त्यस्तो हो भने राष्ट्र र ख्रीष्टियन समुदायलाई नै फाइदा गर्दैन । एउटा व्यक्तिले कहिले काहीँ गल्ती गर्न सक्छ तर त्यसले गर्दा समग्र पास्टरीय सेवकाइ नै खराब छ भन्ने खालको सन्देश कुनै पनि दिशाबाट हामीले दिनु हुँदैन । अनि सेवकाइ समर्थन, प्रतिवेदन लिएर हामीले त्यसलाई बिगार्नु हुँदैन किनभने जसको प्रायोजन र दर्शन छ, त्यसले त बाँड्छ नै र श्रोतहरू ल्याएर उसले आफ्नो दर्शन त बढाउने नै छ र यो अन्तराष्ट्रिय मान्यता नै हो । पास्टरको जुन जिम्मेवारी छ, हामीले त्यसलाई कायम राखौँ र त्यसलाई हामी एउटा व्यक्तिको प्रवृत्तिलाई हेरेर सबैलाई एउटै संगालोमा राख्ने कुरालाई न्यूनिकरण गरौँ । पास्टरले पनि मेरो बोलावट के हो र मेरो सिमा के हो, मैले के गर्नुहुन्छ र गर्नुहुँदैन भनि ख्याल गरी गर्नु पर्ने काम गर्यौं भने सायद जुन चर्च प्रभुले हामीलाई दिनुभएको छ, प्रभु आउँदा त्यसलाई एउटा प्रशंसाको योग्य, चाउरी नपरेको, एकदम प्रभावशाली, आश्चर्यकाम गर्न सक्ने चर्चको रुपमा हामी प्रस्तुत गर्न सक्छौँ । त्यसैले हामी सबैजना यो काममा लागौं भनि म उत्साह दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2233

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2237

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2243

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2247

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2251

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2255

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2260

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2264

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2269