Jaya Mashi

एनसिएफ नेपालको ६२औं राष्ट्रिय महाधिवेशन चितवनमा शुरु

नेपाली ख्रीष्टियन समुदायकै जेठो संस्था एनसिएफ नेपालको ६२औं ऐतिहासिक राष्ट्रिय महाधिवेशन देशभरिबाट सहभागी प्रतिनिधिहरुको सहभागितामा आजबाट चितवनमा शुरु भएको छ ।

आज सम्पन्न भएको उद्घाटन सत्रमा चितवनको भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दिप प्रज्वलन गरेर एनसिएफ नेपालको महाधिवेशन तथा ६२औं साधारण सभालाई औपचारिकरुपमा समुद्घाटन गर्नु भएको हो । टाडीस्थित स्टार होटल तथा ब्याङ्केटमा आयोजना गरिएको भव्य समारोहमा एनसिएफ नेपालका अध्यक्ष रेभ. पास्टर सूर्य बहादुर बल (हनोक) तामाङले देशभरबाट करिब १२ सय जना प्रतिनिधिहरू सहभागी भएको जानकारी गराउनुभयो । साथै उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले उक्त कार्यक्रममा एनसिएस नेपाल, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल र एनसिएफ नेपालका पदाधीकारीहरू एक साथ एकै मञ्चमा भेला भएको हुनाले एनसिएफ नेपालको ६२औं साधारण सभा ऐतिहासिक भएको बताउनुभयो ।

एनसिएफ नेपालको ऐतिहासिक मानिएको महाधिवेशनमा प्रमुख अतिथि भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरी लगायत अन्य विशिष्ठ अतिथिहरू सामाजिक एकता पार्टीका अध्यक्ष सि.वि. गहतराज, राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका कार्यवाहक अध्यक्ष डा. फिलेमोन क्षेत्री, नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्लीराम पौडेल लगायतकाले एनसिएफ नेपालको ६२औं साधारण सभा तथा महाधिवेशनको सफलताको शुभकामना मन्तब्य दिनुभएको थियो ।

पर्सी विहिबारसम्म चल्ने एनसिएफ नेपालको यस ६२औं अधिवेशनमा विभिन्न विषयमाथि बन्द सत्र चल्नेछ भने अन्तिम दिन पर्सी विहिबार अध्यक्ष सहितको नयाँ कार्य समिति समेत चयन गर्नेछ ।

स्मरण रहोस् यस ६२औं साधारण सभा तथा महाधिवेशनको आयोजना एनसिएफ नेपालका उपाध्यक्ष पास्टर बीर बहादुर कार्कीको संयोजकत्वमा भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?