Jaya Mashi

अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो: पास्टर माइकल थापा

पास्टर माइकल थापा, नेपाली भाषी पहिलो भुटानी मण्डलीका पास्टर एटलान्टा जर्जिया, अमेरिका

जन्म र बाल्यकाल

मेरो जन्म सन् १९६९ सालमा भुटान देशमा भएको हो । साधारण कृषकको परिवारमा म जन्मिएको थिएँ । पहाडी गाउँमा हाम्रो परिवारमा ५ जना दिदी बहिनी र तीन दाजुभाइ थियौँ ।

येशूमा नयाँ जीवन

मैले येशुलाई त भुटानमा नै पाएको थिएँ । प्राथमिक विद्यालयमा पढ्दाखेरी नै विश्वको इतिहासहरू पनि पढ्नुपर्दथ्यो । त्यहाँ प्रभु येशुको जन्मको बारेमा लेखिएको थियो र त्यसै समयमा मलाई यो येशु प्रभु भन्ने व्यक्ति को होला भनि बुझ्न मन परेको थियो, मेरो मनमा खुल्दुली लागेको थियो । अर्को कुरा, मेरा सबै छिमेकीहरू ब्राहमण परिवारका पुरोहित र पण्डितहरू थिए । म पनि त्यसैमा प्रभावित थिएँ र मेरो परिवारहरू पनि छिमेकीहरू जस्तै धेरै नै धर्मकर्म गर्ने पाठ पूजा गर्ने थियो र सानैदेखि नै भगवानलाई आदर गर्नुपर्छ, भगवानलाई मान्नुपर्छ । त्यसैले सानैदेखि भगवानप्रति चाहिँ आस्था थियो ।

तर धेरै वर्षपछि मैले पास्टर सिलासबाट येशुका बारेमा जान्न पाएँ र त्यो समयमा भारतबाट अनलाइनमा र पत्रचारबाट परमेश्वरको बारेमा केही जान्ने मौका पाएँ । त्यसपछि मैले सन् १९८७ मा प्रभु येशु ख्रीष्टलाई व्यक्तिगत रुपमा ग्रहण गरें र केही समयपछि पास्टर सिलास थापा र फिलिप शर्माले पानीको बप्तिस्मा पनि दिनुभयो । मेरो घरको अलिक पर जंगलमा उहाँहरूले मलाई लगेर गाउँघर र देशको लागि रुँदै रुँदै प्रार्थना गर्नुभयो, यो देख्दा मलाई भित्री मनले भन्यो, “यिनीहरूले मानेको परमेश्वर सत्य परमेश्वर हो, त्यसैले उहाँमाथि विश्वास गर ।” त्यसपछि मैले उहाँहरूले अपनाएको परमेश्वरलाई नै मान्छु भनि त्यहाँबाट सबै कुरा छाडिदिएँ । त्यो समयमा नयाँ नियमको प्रेमको सन्देश भन्ने पुस्तिका मलाई दिनुभएको थियो । म त्यो पुस्तिका पढ्थें र प्रार्थना पनि दोहोर्याएर गर्थें ।

सन् १९८८ सालमा म भारतको बागडुग्रामा २ वर्षे कोर्षको बाइबल तालिमका लागि गएँ तर म ३ महिनापछि घर फर्कें किनभने मलाई अंग्रेजीबाट पढ्ने इच्छा थियो तर त्यहाँ सबै हिन्दीबाट पढाई हुन्थ्यो र म निरासा पनि भएँ । बाइबल तालिम बिचमा नै छोडेर घरमा फर्केर आउँदा त मेरो घरमा आमाबुबालाई अरु छिमेकीहरूले अप्ठ्यारो पारिसकेको रहेछ । कारण म घरबाट बाहिर भएकोले विशेष सरकारी गुप्तचरहरूले छोरालाई अरु कुनै राजनीतिका लागि पठायो भन्ने मनसायले मेरो बुबा आमालाई सताइरहेको रहेछ । त्यो समयमा मलाई परमेश्वरले नै त्यो बाइबल कलेज पढ्न मन नलाग्नुको कारण पनि मेरो परिवारमाथि भइरहेको सतावट हटाउनलाई रहेछ भन्ने अहिले म बुझ्दैछु । यदि म त्यो समयमा घरमा नपुगेको भए सरकारबाट ठूलो तनाव र सतावट आउने थियो ।

भुटानमा ख्रीष्टियनहरूलाई धेरै नराम्रो अपराधीको जस्तो दृष्टिले हेर्ने गरिन्थ्यो । सुसमाचार प्रचार गर्दा हामीहरूलाई धम्की दिइन्थ्यो र डर देखाइन्थ्यो तर पनि हामीले परमेश्वरबाट जे पाएका थियौँ, त्यो सुनाउन कहिल्यै पछि हटेनौं । गाउँघरका प्राय सबै साथीभाइहरूलाई येशुको बारेमा सुनाई नै रहें ।

देशबाट निकालाबास

सन् १९९२ साल जुन महिनाको कुरा हो । म २४ वर्षको थिएँ । विवाह गरेर श्रीमतीलाई घरमा मात्र भित्राएको थिएँ । विवाह भएको भोलिपल्ट नै नवविवाहित श्रीमतीलाई लिएर रातारात भुटान छोडेर भारतको बोर्डरमा जानुपर्यो । भुटान छोड्नुको मुख्य कारणचाहिँ नेपालीहरूमा ज्ञानको चेतना खुल्नु र आफूले पाउनु पर्ने अधिकारलाई खोजी गर्नु नै थियो, किनभने भुटान एउटा राजतन्त्र भएको देश थियो । भुटानको दक्षिणी भेगका नेपाली जातिले केही अग्रज नेतृत्वको अगुवाईमा विभिन्न जिल्ला र शहरहरूमा आफ्नो अधिकारको निम्ति लड्ने आन्दोलन चर्कियो । जताततै जुलुस र सभाहरू भइरहेका थिए । त्यो आन्दोलनमा सबै जनाले भाग लिनुपर्छ भनि जवर्जस्ति गर्न थालियो । त्यो समयमा धेरैजसो गाउँका जनताहरूलाई मानव अधिकार र राजतन्त्र भन्ने कुराहरू केही पनि थाहा थिएन, त्यसमा उनीहरू अन्जान थिए । अचानक गाउँमा अगुवाहरू पसेर जुलुसमा जानुपर्छ, भाग लिनुपर्छ र हामीमाथि लादिएको अन्यायको विरोध गर्नुपर्छ भनेर सबै जना उठेपछि हामी सबै जान बाध्य भयौं ।

जब यस प्रकारको क्रियाकलाप शुरु भयो । भुटान सरकारले राज्यको विरुद्धमा विद्रोह हुँदैछ भनेर थाहा पाएपछि विस्तारै नेपाली भाषा बोल्ने र त्यो अभियानमा भाग लिने जतिलाई अनुसन्धान गरेर सरकारबाट पाउनुुपर्ने जति पनि सुविधाहरू सबै बन्द गर्दै आयो । अनि जो मानिस त्यो आन्दोलनमा संलग्न भएका थिए, तिनीहरूलाई जागिरबाट निकालियो र विद्यार्थीहरू विद्यालयमा पढ्नबाट बञ्चित गरिए । केही समयपछि भुटान सरकारले आर्मीहरू लगाएर पुरुषहरू जतिलाई जेलमा लगे र महिला जतिलाई नराम्रोसँग दुव्र्यवहार गर्ने जस्ता कामहरू गर्न थाले । यो प्रकारको यातना र सतावट शुरु भएपछि त्यहाँ एक प्रकारको त्रास आयो । त्यसपछि आफू र आफ्नो परिवारलाई बचाउनको लागि नै भएपनि देश छोड्न बाध्य बने । किनभने त्यहाँका शासकहरूले अधिकार माग गरेको देख्न सकेनन् । हामीहरू दुबैतिरबाट त्रसित भयौं, हामी दोधारमा थियौँ । यदि हाम्रा नेपाली अगुवाहरूले गरेको कार्यक्रममा भाग नलिऔं भने पनि सबैले जवरर्जस्ति जानैपर्छ, भाग लिनै पर्छ, हाम्रो हक र आफ्नो अधिकार खोज्नै पर्छ भनेर कर गरिरहेका थिए भने उता भुटान सरकारद्धारा आन्दोलनमा जानेहरूमाथि यातना दिइरहेको थियो । यसरी उनीहरूको कुरा सुनेर जाँदाखेरी त्यहाँको शासकले हामीहरूलाई नराम्ररी अत्याचार र दमन गर्न शुरु गर्यो । यसरी हामीसँग भएको सबै सम्पत्ति, खेतको बाली नाली र दुःख गरेर बनाएको घर जग्गालाई सबै माया मारेर रातारात भाग्नु परेको थियो । हाम्रो पितापुर्खाले दुःखले जोगाड गरेको सम्पत्तिलाई रातारात छोडेर भाग्नु पर्यो ।

मेरो गाउँमा हामीहरू १३ घर परिवारहरू थियौं र हामीलाई पनि देश छोड्नु पर्छ नत्र सरकारबाट कारबाही गरिनेछ भन्ने आदेश जिल्ला प्रशासनबाट हुकुमी भएपछि म पत्नीलाई लिएर रातारात नै भुटान छाडेको थिएँ । एउटा अकल्पनीय क्षण सपना झैं जस्तो लाग्छ । भुटानबाट रातरात भागेर हामी भारतको आसाममा आइपुग्यौं । कहाँ जाने थाहा थिएन । जीवन अन्यौलताले भरिएको थियो । मुस्किलले आसाममा एक रात बिताएपछि, त्यहाँबाट पनि शरण खोज्दै नेपालको मोरङको पथरीमा आएर बसोबास गर्न थाल्यौं । नेपालका ठाउँहरूको बारेमा त्यति ज्ञान थिएन । त्यो समय जुन महिना थियो । हामी भुटानको पहाडी भेगमा अलिक ठण्डामा बसेको कारण मोरङको गर्मी सहन निकै मुस्किल भयो तर पनि बिस्तारै त्यो गर्मीलाई पनि हामीले पचाउन थाल्यौं । जंगलको बिचमा बाँसको टहरा बनाएर बस्न लाग्यौं । शुरुमा के खाने र कसरी गुजारा गर्ने होला भन्ने चिन्तामा बाँच्नु परेको थियो । नव विवाहित श्रीमतीलाई बाँसको छाप्रोभित्र राख्नुपरेको थियो ।

नेपालमा हामी सन् १९९२ को जुन महिनामा आयौं । त्यो समय एक सपना जस्तै लाग्छ । मोरङको पथरीमा आएर बस्दा संगतिको चाहना भयो र संगतिको खोजी गर्दा पथरीको एउटा नमूना मण्डली थाहा भयो र त्यहाँ जान थालें । त्यो मण्डली हामी बसेको ठाउँबाट केही टाढा थियो । हामी टाढा ठाउँमा संगति गयौं भने हामीले संगति गरेको कसैले पनि देख्नेछैनन् र अरु छिमेकीहरूको आत्मा जित्न सकिन्न भन्ने सोंच लिएर हामीले त्यही टहरामा नै संगति शुरु गर्ने निर्णय गर्यौं । यस ठाउँमा नै परमेश्वरको जनहरूका निम्ति आराधना सेवाको खाँचो छ भन्ने मनसायले हामीले जुलाई महिनाबाट नै हाम्रै सानो छाप्रोमा संगति शुरु गर्न थाल्यौं ।

मण्डलीमा सतावट

जब हामीले शिविरको टहरामा संगति शुरु गर्यौं तब विश्वासीहरू दिनदिनै थपिन थाले । परमेश्वरले थोरै समयमा नै धेरै आत्माहरू पठाउनुभयो । हामीले कहिलेकाहिँ त हप्तामा अनि १५ दिनमा पनि विश्वासीहरूलाई पानीको बप्तिस्मा दियौं । विश्वासीहरूलाई सेवा गर्न स्वतन्त्रताको महशुस भएपछि नयाँ मानिसहरूको आगमन भयो । यसरी मण्डलीमा दिनदिनै विश्वासीहरू थपिएको र बढेको चाल पाएपछि समाजमा अरु मानिसहरूलाई चासो बढ्न थाल्यो । अब हाम्रो परम्परा रीतिथिति भुल्ने रहेछ भन्ने त्यो प्रकारले बन्देज गर्न लाग्यो र नयाँ विश्वासीहरूलाई जवर्जस्ति पुरानै धर्ममा फर्काउने र चन्द्रायिनी वा शुद्विकरण गराउने गाईको गहुत खुवाउने र बाहुन पढाउने जस्ता धेरै सतावटहरू आयो । तिमीहरू जति जना छौं, त्यति मात्र भेला हुने र अरु कसैलाई पनि प्रचार प्रसार गर्न पाउदैनौं र यदि गरेको थाहा पाएमा हामीहरूलाई ठिक पार्छौं भनि समाजबाट नै धम्की समेत दिइएको थियो । तर पनि हामी कत्ति पनि निरास भएनौं किनकि प्रभु येशुले सहनु भएको कष्टमा हाम्रो त्यो केही पनि थिएन । उहाँको निम्ति कष्ट भोग्न हामीले गर्व ठान्यौं ।

त्यसै समयमा एउटा घटना घट्न पुग्यो । एक जना नयाँ भाइले विश्वास गर्नुभएको थियो । उहाँको अरु परिवारले विश्वास गरेको थिएन र बाधा पनि थिएन तर गाउँ समाजले चाहिँ एकदमै सताउन थाल्यो । जवर्जस्ति समाजमा लगेर चन्द्रायिनी वा शुद्विकरण गराउन थाले । नयाँ विश्वासीहरूलाई धेरै सतावट र मानसिक तनाव समाजबाट आउन थाल्यो । त्यही दवाव र मानसिक तनावमा परेर त्यो भाइ एकदमै निरास र अचेत भयो । जब यो खवर हामीले सुन्यौं, तब हामी सबै विश्वासीहरू मिलेर बेलुका भाइकोमा गएर प्रार्थना गरी घर फर्कियौं । यसरी हामीले नयाँहरूलाई विश्वासमा बलियो हुनलाई भेटेर हौसला दियौँ ।

शिविरमा बाँसको चिमको घर भएको कारण सानो आवाजमा कुरा गरेको पनि वरिपरिका मानिसले सुन्थे र विश्वासीहरूका सबै कुराहरू थाहा पाउँथे । त्यसैले जो हाम्रो विरोधी थिए, तिनीहरूले हाम्रो खेदो गरिरहेका थिए र सताउने र कुट्ने योजना पहिलादेखि नै बनाइरहेका थिए । यसरी एक रात हामी प्रार्थना गरेर घरमा पुगेर घुँडा टेकी प्रार्थना गर्न लागेका मात्र थियौं, एक्कासी ठूलो आवाज आयो । त्यो आवाज थियो, “यसलाई हान्नै पर्छ, यसलाई मार्नै पर्छ ।” एकजना मेरो घरभित्र आएर मलाई बाहिरको भिडमा लग्यो र पिट्न थाल्यो । मेरी श्रीमतीको गर्भमा जेठो छोरा थियो । उनी र मेरो भदाई भएर बिरोधीहरूको कुटाइबाट मलाई जोगाए । राती नै मलाई शिविरको जेलमा लगेर थुने । म र मण्डलीका अगुवा दाइहरूलाई तीन दिनसम्म प्रहरीले थानामा राखे । राती बाँसको भाटामा बसेर रात बिताउनु पर्दथ्यो । हाम्रो फैसला गर्नको लागि क्याम्पको कार्यालयमा लगियो । जहाँ हामीले बयान दिनु पर्दथ्यो, हामीले बयान दियौं । जुन व्यक्तिले मलाई कुटेको थियो, त्यसले मैले कुटेको होइन भन्न थाल्यो । मानिसहरूले पिटेको देखेको कारण गल्ती प्रमाणित भयो । यसरी झगडा गर्नु भन्दा बरु मिलेर बस्नु नै असल हो भनि सोचें र मैले भने, “तपाईंहरूलाई म बदला लिन चाहन्न तर तपाईंलाई प्रेम गर्न चाहन्छु ।” यसरी मलाई पिट्नेहरूलाई पनि मैले क्षमा दिन सकेँ । तीन दिनको जेल जीवनपछि हामी छुटेर घरमा आयौं । फेरि पनि संगति शुरु गर्यौं, मण्डली बढ्दै गयो । सतावटको बिचमा पनि परमेश्वरले मण्डली बृद्धि गर्नुभयो । अब विश्वासीहरू बढेको कारण मण्डलीको लागि ठूलो ठाउँ चाहियो । त्यसपछि क्याम्पका व्यवस्थापक आर.सी. सरकारसँग मण्डली बनाउन पाउँ भनि अनुरोध गर्यौं तर पनि हामीले अनुमति पाएनौं । हामीले निराश नभई मण्डली भवन बनाउनका लागि परमेश्वरसँग निरन्तर प्रार्थना गरिनै रह्यौं । फलस्वरुप केही समयपछि नेपाल सरकारबाट आर.सी.ले नापी गरेर पहिलो पटक शिविरमा मण्डली स्थापना भयो । परमेश्वर आफ्ना जनहरूको प्रार्थना सुन्नुहुने परमेश्वर हुनुहुन्छ ।

अमेरिका प्रस्थान

मलाई सन् १९९८ मा नै अमेरिकाको लागि निमन्त्रणा आएको थियो तर त्यतिबेला मैले ट्राभलिङ्ग डकुमेन्ट निकाल्न नसकेको कारण आउन सकिन । मैले परमेश्वरसँग प्रार्थना चाहिँ गरिरहेको थिएँ । सन् २००६ मा नेता टेक बहादुर रिजालको नेतुत्वमा हामीलाई भुटान नै फर्काइ पाऊँ भन्ने विषयमा धर्ना बस्ने भनेर म पनि एक महिना काठमाडौंमा धर्ना बसें । त्यहाँ दुबै पक्षका मानिसहरूलाई भेटाएँ । एक पक्षका मानिसहरूले भने, “तेस्रो मुलुकमा गएर हाम्रो र छोराछोरीहरूको भविष्य बनाऔं, अर्को पक्ष होइन आफ्नै देश भुटानमा नै फर्किनुपर्छ ।” म पनि आफ्नै देशमा फर्की गएर परमेश्वरको राज्य विस्तार गर्ने सोचमा थिएँ । तेस्रो मुलुकमा जाने वा स्वदेश फिर्ता जाने भन्ने कुनै राजनैतिक निकासा मैले देखिन । भविष्य अन्धकारतिर धकेलिएको जस्तो लाग्यो । म एउटै कुरामा खुशी थिएँ, त्यो केवल मण्डली शुरु भएकोमा मात्र खुशी थिएँ । त्यसपछि एक जना मेरो विदेशी साथीसँग चिनाजानी भयो । मैले उहाँलाई ईमेल गरें र भनें, “हाम्रो यो नेपालमा भविष्य छैन र म अमेरिका आउन चाहन्छु, त्यसको लागि मैले के गर्नुपर्छ ।” उहाँले मेरो कुरालाई सहमति जनाउनुभयो । उहाँले मेरो परिवारलाई अमेरिकामा जानको लागि सहयोग गर्नुभयो र हामी सन् २००७ मा मेरो सबै परिवार धार्मिक (religious)  भिसामा अमेरिका पुग्यौं । त्यो बेलासम्म कुनै पनि भुटानका नेपालीहरूलाई अमेरिकामा ल्याउने काम भएको थिएन ।

पहिले सुनेको अमेरिका भन्दा मेरो जीवनको अनुभव भिन्नै थियो । अमेरिकामा त आइपुग्यौं तर त्यहाँ नेपालीहरू थिएनन् । हामीलाई एक किसिमले निराशा पनि भयो । पछि केही नेपालीहरूलाई भेट्यौं र सन् २००७ को अन्ततिर सबै नेपालीहरूलाई भेला पारेर पहिलो नेपाली ख्रीष्टमस मनायौं ।

सन् २००८ बाट मात्र बिस्तारै भुटानी नेपालीहरूलाई अमेरिका ल्याउन थालियो । त्यसपछि मात्र नेपालीहरू धेरै भयौं र अमेरिकामा पनि नेपालीभाषी विश्वासीहरूको संख्या बढ्न थाल्यो । शुरुमा त संगति गर्न पनि हामीलाई गाह्रो भयो । आराधना संगति २ बजे शुरु हुन्थ्यो तर १०/११ बजे नै घरबाट निस्केर सबैलाई घर घरमा गएर बटुल्नु पर्दथ्यो । मानिसहरूसँग आफ्नो गाडी थिएन । एउटा अगुवा बन्नु सहज थिएन । एक दिन वा हप्ता मात्र होइन महिनौं र वर्षौंसम्म पनि यसरी सेवा गर्दा हामीलाई दुःख पनि भएको थियो र पनि हामीले प्रभुको लागि भनेर हरेस खाएनौं ।

अमेरिकामा मण्डलीको बृद्धि

हामीले सोचेको र मागेको भन्दा बढी परमेश्वरले आशिष दिनुभयो । हामीले एकै पटकमा ३६ जनालाई समेत बप्तिस्मा दियौं । अहिलेका विश्वासीहरू सजिलो भएको कारण मण्डली आउँछन् तर त्यो बेला धेरै चुनौतीहरू भएर पनि मण्डली आउँथे । शुरुको समयमा मानिसहरूमा परमेश्वरप्रति गहिरो भोक र प्यास थियो । अहिले अमेरिकामा आएर जन्मेका नानीहरूलाई प्रचार प्रसार गर्न गाह्रो छ किनकि उनीहरूलाई नेपाली आउँदैन र अंग्रजीबाट नै सुसमाचार गर्नु पर्ने चुनौतीहरू पनि बढिरहेका छन् । मण्डलीमा परमेश्वरले अद्भूत रीतिले बृद्धि गर्नुभयो ।संसारका अन्तिम छेउसम्म

हामीले कहिले पनि नसोचेको एउटा अद्भूत काम परमेश्वरले गरिरहनुभएको म देख्दछु । साधारण मानिसहरूलाई परमेश्वरले असाधारण रीतिले प्रयोग गरिरहनुभएको देखेर म अचम्मित हुन्छु । अग्रजहरूको आँसु परमेश्वरले देख्नुभयो । अमेरिका आउनु हाम्रो सपना थिएन तर परमेश्वरको योजना थियो । अब हामीहरू संसारको अन्तिम छेउसम्म पुग्ने लक्ष्यतिर प्रभुले हामीलाई डोर्याउँदै हुनुहुन्छ । हाम्रो सेवकाइको पाल परमेश्वरले तन्काउँदै हुनुहुन्छ । आज आएर हाम्रो संगति अष्ट्रेलिया, नेपाल, भारत, र भुटानमा पनि बिस्तार भएर गइरहेको छ । परमेश्वरले हामीहरूलाई आशिषित हुन मात्र होइन तर आफ्ना ख्रीष्ट बिना हराइरहेका पुस्ताहरूको निम्ति पनि आशिषको कारण बन्न प्रयोग गरिरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?


Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2233

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2237

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2243

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2247

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2251

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2255

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2260

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2264

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2269

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2233

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2237

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2243

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2247

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2251

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2255

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2260

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2264

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2269

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2233

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2237

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2243

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2247

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2251

Notice: Trying to get property 'post_status' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2255

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2260

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2264

Notice: Trying to get property 'ID' of non-object in /home/jayamash/public_html/wp-admin/includes/template.php on line 2269